जनयुद्ध, भाग्यवाद र नेपाल

राजनीति र साहित्य अन्र्तसम्वन्धित विषय नै हुुन । त्यसैले यहाँ लेखको जनयुद्ध,भाग्यवाद र नेपाल विषय छनोट गरेर सामान्य छलफल गर्ने प्रयास गरिएको छ । आजको विश्व र नेपाल नयाँ परिचय सहित उपस्थित छ । संघीय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य व्यवस्थाको एक स्थानीय इकाइको रुपमा कृयाशिल रहेको छ । अवश्य पनि यसको पछाडि माओवादी जनयुद्धको महत्वपूर्ण निर्णायक योगदान रहेको छ । जनयुद्धमा नेपाली जनताले गरेको त्याग तपस्या र वलिदानको भूमिका छ । तर पनि प्रश्न उठाईरहेको छ । प्रायः नकरात्मक टिप्पणी हुने गरेको छ । जनयुद्धले समस्यामा परेका र तल झरेर वेहाल भएकाहरुलाई अभागी र समस्या समााधान गरेर माथि उठाएर मालामाल भएकाहरुलाई भाग्यमानी ठानिदैछ । वास्तवमा हाम्रो समाजको विकासको वाधक र जनताका समस्याको कारकको रुपमा भाग्यवाद रहेको छ । जसमाथि जनयुद्धले प्रहार गरेर समाजलाई अग्रगति दिएको थियो । तर जनयुद्धको अपूर्णताले गर्दा भाग्यवाद झन वलियो हुन पुगेको छ ।

मानिसलाई कमजोर वनाउदै लिएको छ । साँच्चै जनयुद्धकालीन निस्वार्थ वलिया मान्छे अहिले छैनन् । आफुलाई लागेका र चित्त नवुझेका कुराहरु गर्न हिच्किचाइरहेका छन । जनताहरु निरीह वन्दै गएका छन । त्यसैले कुनै न कुनै रुपमा जनताका भावना चाहाना ,आवश्यकता र विचारहरु वाहिर आउन खोजिरहेका छन । जसलाई वाहिर निकाल्नु र समस्याको समाधान दिन जरुरी छ । यहि विषयमा केन्द्रीत भएर लेख्न आवश्यक छ । संम्भवत: यस्तो लेखाई नै जनसाहित्य हुन्छ । वहुचर्चित येनान गोष्ठीमा माओले कला साहित्य जनताका लागि र जनताले बुझ्ने हुनु पर्छ भनेर भनेकै छन । अतः अव हामी विषय केन्द्रीत छलफल अगाडी वढाऔं ।

जनयुद्ध र भाग्यवाद

हाम्रो समाजको विकास र प्रगतिको वाधक भाग्यवाद माथिको प्रहार र प्राप्त सफलता जनयुद्धको एक सकरात्मक महत्वपूर्ण उपलव्धि थियो । किन भने भाग्यवाद भनेको अदृश्य काल्पनिक भगवानको अस्तित्व स्वीकारेर मानिसको जीवन त्यही भगवानले निर्धारण गर्दछ भनेर विश्वास गर्ने अवैज्ञानिक विचार हो । यस्तो अवैज्ञानिक विचार र विश्वास विरुद्ध संघर्ष गरेर क्रमशः भगवानको स्थान मानिसले लिनु भनेको असत्य र अज्ञानताको ठाउँमा सत्य र ज्ञानलाई स्थापित गर्नु थियो । जसले समाजलाई सकरात्मक रुपान्तरणमा अग्रगति दिएको थियो । त्यो एक महान उपलव्धि थियो । अव हामी त्यसको व्यवहारिक उदाहरण तिर लागौं ।

वि.स.२०५२ साल फागुन १ मा नेपालमा जनयुद्ध सुरु भयो । २०५३ को मंसिरमा चितवनमा भएको विद्यार्थीको राष्ट्रिय भेलामा प्रहरीले हस्तक्षेप गर्यो । जुन भेलामा भाग लिन कालिकोटवाट म गएको थिए । प्रहरी हस्तक्षेपको खवर घरमा पुगेपछि वुवाले नजिकैको वगाने खोला गएर मलाई केही नराम्रो नहोस भन्ने भाकल गरेर कुखुरा काट्नु भयो । जुनकुरा म घर फर्केपछि वुझेर भेलामा जादा रिसाएको विर्सिदिएर भाकल गर्ने वुवालाई सम्झेर मनमनै चुम्वन गरे । यसको अर्थ भाकल प्रतिको विश्वास होइन कि मेरो यात्रामा सहयोग हुने विश्वासको अभिव्यक्ति थियो । जव म पछिको भाई दुरदर्शि (धीर वहादुर वम ) लाई वुवाले गहिरो आस्था र विश्वास राख्ने देख्थ्य । देउता र भगवानले वचाउन सकेनन् । उ शहिद भयो । तव वुवाले जनसत्ताले गरेको देउताका थान भत्काउने निर्णयलाई खुसीका साथ कार्यन्वयन गर्नु भयो । एक चोटी घरमा भेटघाटमा जाँदा मलाई वुवाले सुनाउनु भयो कि “वाहुनको घर खाना खादा मलाई रुघा लाग्यो तर दमाईको घरमा खाना खादा केही भएन । भगवानले जात वनाएको अन्धविश्वास रहेछ” । साथै के पनि थाहा भयो भने मुमाले छुई गोठमा वस्न छोड्नु भएको छ । यसरी वुवा जनयुद्धमा आफ्नै जीवन भोगाई र व्यवहार द्धारा देवि देवता र भगवान नभएको सत्य वाट प्रशिक्षित हुदै जानु भयो । मेरो वुवा जस्तै अधिकाँस मानिसहरु देवि देवता र भाग्यवादको भ्रामक जन्जाल वाट मुक्त हुदै गए । जुन कुराले समाजको क्रान्तिकारी रुपान्तरण र मानिसको विचारमा भएको क्रान्तिलार्ई अभिव्यक्त गरेको छ ।

२०५२ साल फागुनमा नेपालका सवै ठाउँमा कुनै ठुला घटना भएनन् । तर मसाल जुलुस निस्किए, वन्दुक पट्किए । भोलिपल्ट मानिसहरु जिज्ञासु भए र प्रश्न गरे । वन्दुक किन पट्किए ? के भयो ? के हुन लाग्यो ? विस्तारै उनीहरुले माओवादीले जनयुद्ध सुरु गरेको थााहा पाए । तर माओवादी कस्ता हुन्छन ? कसैलाई थााहा थिएन । त्यसपछि माओवादी कस्ता होलान ? चासो वढयो र उनीहरुलाई मानिस भन्दा अलग रहस्यमय शक्तिको रुपमा वुझियो । अनि चर्चा हुन थाल्यो । माओवादी त उड्छन रे । गरिव जनता सर्वहारालाई केही गर्दैनन् । जनविरोधी, जाली, फटाहा र अन्याय गर्ने लाई मात्र कार्वाही गर्छन रे । यस्ता अनुमानित हल्ला चले । जव माओवादी राजनैतिक सम्वन्ध पूर्व जनमोर्चा र जनसंगठनहरु र सामाजिक सम्वन्ध आफ्ना इष्टमित्र नातागोताहरु मार्फत विस्तारित भए । मानिसहरुको घर घरमा आउन थाले सुरक्षाको दृष्टिकोणले घरको सव भन्दा माथिल्लो पाणमा वस्न थाले जहाँ प्रायःदेउता वस्दथे । तव माओवादी भनेका मानिसहरु नै हुन भन्ने थाहा पाए । अझ त कैयौ आफैले चिनेका मानिस थिए । कुनै न कुनै नाता सम्वन्ध भएकाहरु नै थिए । त्यहाँ महिला र दलित पनि थिए । जव माओवादीले आफ्ना गतिविधि अगाडि वढाए । सामाजिक विकृति विसंगति विरुद्ध अभियान चलाए ।

जुवा, तास ,जाँड र रक्सी वन्द गराए । अन्यायमा परेका लाई न्याय दिन थाले । जातीय छुवाछुत र महिला माथिको विभेद विरुद्ध सचेतता फैलाए । तव जनतामा लोकप्रिय वन्दै गए । अनि विस्तारै देवि देवता र भगवान भनेको राज्य सत्ताका शाषकले जनतालाई शोषण दमन गर्ने साधन हुन भनेर वताए । पूर्वजन्म र पूर्नजन्म केही हुदैन । देवि देवता र भगवानले केही गर्दैनन् । मानिस आफै जीवनमा जे गर्छ त्यही परिणाम प्राप्त गर्दछ भन्दै व्यवहारत प्रयोगमा जनतालाई सहभागी गराउदै लिन थाले । माओवाली जनजागरण विरुद्ध जानेहरु क्रमशः कार्वाहीमा पर्न थाले । अन्याय गर्ने शक्तिशाली ठानिएकाहरु माथि जनकार्वाही हुन थाल्यो । सुरुवातमा नपत्याएका माओवादी छिट्टै एक नयाँ शक्तिको रुपमा उदायो । उसले वास्तवमा भगवानले मानिस वनाएको होइन कि मानिसले नै भगवान वनाएको हो । शाषक वर्गले राज्यको रक्षा गर्न र आफ्नो लुटको स्वर्ग वचाउन भगवानको रचना गरेका हुन भने सिकायो ।

वर्गसंघर्ष चर्किदै गयो । जनताहरुले संघर्षमा भाग लिदै गए । राज्यसत्ता दमनमा उत्रियो । मृगसरी मानिस मार्न थाल्यो । माओवादी सहित जनताको रगत वग्न थाल्यो जनताहरु घाईते वाघ झैं अगाडि वढे । माओवादी जनमुक्ति सेनाको विकास भयो । सरकारी दमनको प्रतिरोध भयो । दिनहु आक्रमण र प्रत्याक्रमण हुन थाल्यो । संर्घषको माध्यम वाट जनताले आफ्नै वलमा इतिहाँसमा पहिलो पल्ट आफ्नो वारे आफै फैसला गर्ने अधिकार लिएर स्थानीय जनसत्ता स्थापना गरे । जनसत्ताले दुधको दुध पानीको पानी छुट्याउन थाल्यो । कसैले कसै माथि शोषण दमन र अन्याय अत्याचार गर्न पाएन । सरकारका आडमा कसैले त्यसो गरे तुरुन्त दण्डित हुन थाल्यो । वास्तवमा त्यो नयाँ ‘रामराज्य‘ थियो । जहाँ चोरी हुदैनथ्यो ।

मानिसले गल्ती गरे आफै स्वीकारथ्यो । किनभने त्यसो गरे कम सजाय हुन्थ्यो । जनता मनमा लागेका र चित्त नवुझेका कुरा निर्धक्क भन्थे । जनसत्ताले जनतालाई निर्णायक शक्ति मान्दथ्यो । माओवादीले यस्तै जनसत्ता केन्द्रमा वनाउने भन्थे । स्थानीय सत्ता कक्जा गरे केन्द्रीय सत्ता निर्माण गर्ने भन्थे । सामान्तवाद र साम्राज्यवादको उत्पीडन वाट देश र जनतालाई मुक्त गर्ने भन्थे । संसदीय पूजिवादी राज्य ध्वस्त गरेर जनराज्य वनाउने भन्थे । उनीहरुले धनि र गरिवको खाडल पुर्ने आफ्नो मुख्य उद्देश्य भएकोमा जनतालाई विश्वस्त वनाएका थिए । जनता विश्वस्त भएर संर्घषमा भाग लिएका थिए । भाग मात्र लिएका थिएनन् कि जित्दै गएको सफलता प्राप्त गर्दै गएको र शक्तिशाली वन्दै गएको महशुस पनि गरेका थिए ।

यसरी सुरुमा जनयुद्ध मार्फत माओवादी एक रहस्यमय शक्तिको रुपमा जनतामा प्रवेश गरे । देउता वस्ने पाणमा सेल्टर लिएर आफै अन्यायमा परेकालाई न्याय दिने देउताको रुपमा स्थापित भए । अनि विस्तारै देउताको शक्ति भन्दा ठुलो र वास्तविक शक्ति जनताको हुन्छ भनेर जनसत्ता द्धारा प्रमाणीत गरि दिए । वस्तुतः जनयुद्धमा अन्ततः भगवानको स्थानमा मानिसहरु स्थापित भए । त्यो समाज विकास प्रक्रियामा जनताको जीवन व्यवहारमा भएको एक युगान्तकारी क्रान्तिकारी परिवर्तन थियो । जसले मानव समाजको चौतर्फि विकासको ढोका खोलेको थियो । किन भने कुनै पनि समाजको विकासको लागि भगवान केन्द्रीत अवैज्ञानिक विचारको ठाउँमा मान्छे केन्द्रीत वैज्ञानिक विचार स्थापित गर्नु,आधारभूत प्राथमिकता हुन्छ । दोस्रो पूर्वीय समाज भन्दा पश्चिमी समाज अगाडि वढनुको मुख्य कारण यहि थियो । हामी भन्दा सयौ वर्ष अगाडि त्यहाँ इश्वर माथि प्रहार भएको थियो । त्यसैले हाम्रो नेपाली समाज पछाडि पर्नुको कारर्र्ण भाग्यवाद’ हो भनेर समाजशास्त्री डोर व. विष्टले भनेका छन  ।

जनयुद्धले अदृश्य भगवान केन्द्रीत भाग्यवाद माथि प्रहार गरेर त्यसको ठाउँमा मानविय ज्ञान विज्ञानलाई स्थापित गरेको थियो । जसको जगमा समाजको एकता सुदृढ गरेको थियो । सामुहिकता र सामाजिकता नयाँ उचाईमा उठेको थियो । व्यक्तिगत स्वार्थ प्रति घृणा र सामुहिक स्वार्थ प्रति सम्मान गर्न सिकाएको थियो । श्रम प्रति सम्मान र श्रमचोर प्रति घृणा गर्न सिकाएको थियो । समाज,देश,जनताको सुन्दर भविष्यका लागि आवश्यक त्याग,समपर्ण र वलिदानीको उच्चासन निश्चित गरेको थियो । त्यसैले महान शहिद र नयाँ समाजका नायक थिए । त्यस्तै नायक वन्ने जनतामा प्रतिस्पर्धा थियो । दुःखपूर्ण पुरानो जीवनको अन्त्य र सुखपूर्ण नयाँ जीवनको प्राप्तिको खातिर मानिस आफ्नो अमुलय जीवन हाँसेर दिन तयार थिए । जव मानिसले आफ्नो जीवन आफै वनाउन सकिन्छ भन्ने वुझ्यो । तव उ असल जीवनका लागि रगत वगाउन तयार भयो । त्यसैले नेपालमा वलिदान गर्ने शहिदहरुले पुरानो जीवन र समाज फेर्न आफ्नो जीवनको आहुति दिए । त्यसो भए के जीवन फेरियो त ? यो वर्तमानको मुख्य प्रश्नको उत्तर इतिहाँसमा खोजेर हुदैन वरु मानिसले रगत वगाएर भाग्यवाद माथि विजय प्राप्त गर्नुलाई किन उपलव्धि मानियो भनेर वुझ्न तत्कालनि भाग्यवादी समाजको एक झलक नजर गर्न आवश्यक छ ।

जनयुद्ध पूर्वको हाम्रो समाज भाग्यवाद द्धारा नराम्ररी जकडिएको थियो । जस माथि टिकेर शाषक वर्गले राज्य संचालन गथ्र्यो । समाजमा धनि र ठुला वडा र शक्तिमा भएकाहरुले त्यहि भाग्यवादको घोडा चढेर जनता माथि निर्वाध रजाई गर्थे । मानिसहरु आफ्नो जीवनमा जतिसुकै दुःख कष्ट भोगे पनि त्यो पूर्व जन्मको प्रतिफल ठान्दथ्ये भने पुर्नजन्ममा दण्डित हुने डर वा राम्रो हुने रहरले त्यो दुःखको अन्त्य गर्न आफै केहि गर्नु पर्छ भनेर सोच्दैनथ्ये । मानिस जीवनमा सुख दुःख जे भाग्छ धनि गरिव हुन्छ त्यो सव भाविले भाग्यमा लेखे अनुसार हुन्छ भनेर विश्वास गर्थे । तर विडम्वना ! छोरा हुदा ६ दिन रमाइलो गरिन्थ्यो । छैठे रातीमा भाविले भाग्य लेख्ने विश्वास गरिन्थ्यो तर छोरीको भाग्य कहिले कसरी लेखिन्थ्यो ? खास्सै सरोकार थिएन । एक प्रकारले छोरीलाई मानिसको दर्जामै राखिएको थिएन । गाउँका कचहरीमा महिलाको उपस्थिति शुन्य हुन्थ्यो । प्रायः वोक्सी र कप्टिनी महिला नै हुनथिन । वोक्सो र कप्टिनो हुदैनथ्यो । दलितको अवस्था पनि यो भन्दा राम्रो थिएन ।अर्थात उनलाई पनि मानिसको स्थानमा राखिएको थिएन ।

हामी सानोमा मरेको गाई लिन आउने सार्कीलाई ढुङ्गाले हानेर धपाउथ्यौ । मानिस नै हुन भन्ने वुझाई हुन्थ्यो भने सायद नजिक गएर कुरा गथ्र्यौ होला । अनि साहुका घरका वधुवा र गरिव जनताको पनि अवस्था यस्तै थियो । यसरी समाजका अधिकाँश मानिस भएर पनि अमानविय नारकिय जीवन भाग्य र भगवानकै नाममा वाँच्न विवश थिए । कहिले काँही अति भए देउता पुकार गर्थे तर देउता पनि शक्तिशाली धनिहरुलाई लाग्दैनथे । केवल गरिव कमजोर जनता माथि नै लाग्थे । अनि गरिव जनताको ती रिसाएका देउता पुज्दै भएको अलि अलि धन सम्पति पनि रित्ती जान्थ्यो । विचरा ! गरिवहरु अर्को जुनीमा सुखको आसा नै खाएर लाएर वाँच्थे । वास्तविक जीवनमा दुःख मात्र गरेर अवास्तविक काल्पनिक जीवनको आसमा वाँच्थे । जो कहिल्यै प्राप्त हुदैनथ्यो । तर जनयुद्धले स्वःस्पष्टताका साथ के वुझायो भने राज्यसत्ता शाषक वर्गले जनता माथिको आफ्नो लुट र शोषण कायम राख्न मानविय ज्ञानको सिमा तथा अज्ञानता वाट फाइला उठाएर भगवानको सिर्जना गरेका छन । उनले नै जनताको विरोध र विद्रोह रोक्नलाई पूर्वजन्म र पूर्नजम्मको कथा वनाएका हुन ।

राज्यलाई भगवानको स्थान दिएर आफुलाई त्यसको प्रतिनिधि वनाएका हुन । त्यही भएर नै राजालाई विष्णु भगवानको अवतार ठानिएको हो । त्यस्तै अवतरहरु हाम्रो गाउँ समाजमा पनि प्रशस्त थिए । जसका विरुद्ध जनयुद्धले लड्न उद्घोष गरेको थियो । त्यो लडाईमा सफलता प्राप्त गरेको थियो । जनसत्ताको निमार्णले शक्ति आर्जन गर्न र सत्ता संचालन गर्न कुनै भगवानको आदेश र आर्शिवाद चाहिदैन भन्ने सत्यलाई स्थापित गरेको थियो । ती महिला दलित र गरिव जनताहरु जो हिजो मानिस नै मानिदैनथ्यो । तीनलाई मानिसको रुपमा एक नयाँ शक्तिको रुपमा स्थापित गरेको थियो । समग्रमा मानिसलाई शक्तिशालि वनाएको थियो । यसरी विस्तारै भाग्यवादी समाजको क्रान्तिकारी रुपान्तरण भएको थियो । जो एक ऐतिहाँसीक गौरवशाली महान उपलव्धी थियो ।

भाग्यवाद र वर्तमान

भाग्यवाद विरुद्धको संघर्षमा महत्वपूर्ण उपलव्धि हासिल गर्दै अगाडी वढिरहेको जनयुद्ध जव असफल भयो । त्यसको मुल नेतृत्वले आफ्नो वाटो वदलेर विचलन र पतनको वाटो रोज्यो । तव फेरी भाग्यवाद हावि हुन पुग्यो । एक प्रकारले भाग्यवादको साम्राज्य कायम भयो । जो वर्तमान समाजको मुख्य समस्या वन्न पुगेको छ र प्रगतिको वाधक वन्दैछ । यस वारे व्यवहारिक उदाहरण वाट स्पष्ट हुने प्रयास गरौं ।
भाग्यवादको सफलता र त्यसको प्रभाव म सम्म पनि पुगेको छ । म जेल परेपछि केहीले मेरो वुवा,मुमा र २ भाई (जो शहिद भएका थिए) को किरिया नगरेको र जनयुद्धमा देउताको थान भत्काएकोले जेल परेको हो भनेर घरमा भनेछन । मैले त सम्झाए तर मसिनो स्वरमा भएपनि तपाई एक्लैले नगरेर हुन्छ अरु सवैले गरिसके भन्ने सुन्नु पर्यो । यद्यपि म जेल पर्नुको कारण त्यो होइन भन्नेमा घरमा स्पष्टता थियो । हो अहिले अधिकाँश शहिदको किरीया कर्म सम्पन्न भएको छ । जनयुद्धको वेलाका माओवादी पुरै उल्टो परिवर्तन भएका छन ।

त्यतिवेला जाँड रक्सीका घैटा फुटाल्नेहरु अहिले आफै जाँडका घैटा भएका छन । जुवा खेल्नेलाई कार्वाही गर्नेहरु आफै जुवाडे भएका छन । धामीको जुंंडि(लठा) काट्नेहरु आफै धामी भएका छन । जे जे गर्नु हुदैन भन्थे त्यही त्यही आफै गर्दै गएका छन । त्यतिवेला समाजको लागि मरिमट्नेहरु अहिले समाजलाई मार्न र मेट्न तयार छन । सामुहिक स्वार्थका लागि मर्न र मार्न तयार हुनेहरु अहिले व्यक्तिगत स्वार्थका लागि मर्न र मार्न तयार भएका छन । धनि र गरिव वरावर गर्ने भन्दै गरिवको पक्षमा लड्नेहरु आफै नवधनाढ्य भएका छन । उतिवेला देश र जनताको सुन्दर नयाँ भविष्यको लागि लडेर मर्ने शहिदहरु नायक हुन्थे । अहिले “साम,दाम,दण्ड,भेदको कौटिल्य नीति द्धारा” सर्वसाधारण जनतालाई लुटेर शोषण गरेर अनि दलाली र कमिशनखोरी गरेर सवै भन्दा वढी वैध अवैध पैसा पूजी कमाएर २÷४जनालाई जागीर दिने, २÷४ जनालाई जाँड पार्टी दिएर फेसवुकमा लेख्न लगाउने र २÷४ जनालाई अघि पछि लगाएर हिड्नेहरु नायक वनेका छन ।

मानिसहरु एकदमै रनभुल्लमा परेका छन । संसार फेर्ने भन्ने शहिदकै परिवारको जीवन किन फेरिएन ? यस्तो उल्टो परिवर्तन कसरी किन भयो ? पक्कै पनि यसको प्रमुख कारण मानिस नै हो । किन भने हिजो त्यस्तो वनाउने पनि मानिस थियो । मानिसलाई जनता समाज र देशका लागि लडेर मर्न तयार पार्न मानिस नै सक्थ्यो भने यो स्वार्थी पूजिवादी संसारमा पूजिका लागी लडेर मर्ने वनाउन किन भगवान चाहियो र ! मानिसले सजिलै गर्ने नै भयो र त्यसै भयो । तर नेतृत्वको आफ्नो संैद्धान्तिक वैचारिक र राजनैतिक विचलन र पतनको कारणले यो उल्टो परिणाम आएको हो भनेर भनेन् । गलत राजनैतिक कार्यदिशाको परिणाम हो भनेन् । देश र जनता प्रति इमान्दार नभई उनीहरु संग विश्वासघात गरेर धोका दिई गद्धारी गरेको हो भनेर भन्ने कुरा पनि भएन ।

वरु उसले भन्यो कि देश र जनताको पक्षमा क्रान्तिका लागि तपाई हाम्रो सवैको रक्षा र विकासको लागि यसो गर्नु सहि थियो । एक प्रकारले भगवानको रुप लिईसकेकाले यस्तै भने । यस्तै हुने भन्ने रहेछ यस्तो हुनु नै थियो त्यसैले यस्तै भयो । व्यवहारत? नेतृत्वले माक्र्सवादको ठाउँमा भाग्यवाद अगाडी सार्यो । यसरी जनयुद्धको तत्कालिन मुल नेतृत्वले भाग्यवादको साहारा लिएर भैसी पुजा गर्दै हिडेपछि जीवन व्यवहारमा यस्तो उल्टो परिणामको औचित्य सावित गर्न सजिलो भयो । शहिदको किरीया गर्नु के ठुलो कुरा भयो र ?

सुरुमा कार्यकर्ताले नेतृत्वको विचलन र पतन थाहा पाएनन् । थाहाँ पाउदा सम्म उनीहरु मध्य केहिले वाध्यात्मक रुपमा व्यवहारतःराम्रै व्यक्तिगत धन सम्पती र सुख सुविधा प्राप्त गर्न सफल भए । तर दलाली कमिशनखोरी गरेर अवैध तरिकाले त्यो प्राप्त भएको भनेर उनले पनि भनेन् । वरु विचलित नेतृत्वलाई साथ दिदै आफ्नो ग्रह दशा दाहिना भएकोले नै जनयुद्धमा वाँचेर अहिले प्रगति गर्न सकेको दावि गर्न थाले । थप प्रगतिका लागि अन्य योजनाका साथै मन्दीर वनाउने योजना पनि पेश गर्न थाले । देउता,भगवान र भाग्यत हुदो रहेछ भनेर भन्न थाले । तर माओवादीको यो उल्टो रुपान्तरण स्पष्टत सत्य,ज्ञान जनता र क्रान्ति माथि असत्य अज्ञानता र जनविरोधी र प्रतिक्रान्तिको जीतको परिणाम थियो । जसलाई मानिस माथि भगवानको जीतको रुपमा अथ्र्याइयो । अहिले मानिस निरिह र असाह्य प्राणी भएको छ । भगवान फेरी शक्तिशाली भएर आएको छ । भाग्य दशा वलिया भएका थोरै मानिसहरु मालामाल भई सुखभोग गरिरहेका छन भने धेरैजासो मानिसहरुको वेहाल भएर झन दुःख कष्ट भोगिरहेका छन ।

अहिले शहिद,घाईते, अपाङ्ग र वेपत्ता परिवार र समग्र जनतालाई चित्त नवुझेका धेरै कुराहरु छन । मनमा धेरै प्रश्नहरुका गाँठा परेका छन । तर ती भनेर साध्य छैन भन्ने ठान्दैछन भने पनि सुनेर सम्वोधन हुनेमा विश्वास छैन । हिजो त्यत्रो गरेर के भयो ? फेरी के होला ? भन्ने लागेको छ । त्यसैले भ्रष्टाचार गरेको अन्याय गरेको देखेर पनि विरोध गर्दैनन् । आफु ठगिएको थाहा पाएर पनि वोल्दैनन् । आफ्नै दिदि वहिनी र आफन्तहरु पैसाको लागि विक्रि भएको देखेर पनि नदेखे झै गर्दछन । त्यही भएर शहिदहरु सपनामा आएर झकझक्याउछन । यदि जनता शक्तिशाली भएको भए ती सपनामा भन्ने थिए । ‘शहिदहरुको रगत माथि खेलवाड गर्नेलाई कार्वाही गर’ तर जनता हारेर शक्तिहिन छ । त्यसैले सपनामा भएपनि आइरहन्छन । मानिसहरु किरिया गरे हुन्थ्यो कि भनि ठान्दछन । त्यसै गर्छन । वन्दुक नपट्केर के यो मानिसको मनमा शान्ति छ ? हैरानी र सन्ताप छन । दुःख कष्ट र वेदनाहरु छन । यसवाट कसरी मुक्त हुने हो भनेर पनि सोचिरहेका छन ।

कार्लमाक्र्सले भनेका छन कि “ धर्म भनेको असाह्य प्राणीको सुस्केरा हो यो आत्माहिन र ह्दयहिन संसारको आत्मा र हृदय हो । यो जनताका लागि अफिम हो । ” यसको अर्थ मान्छेको अभाव नै भगवानको अस्तित्वको आधार हो । त्यसैले यो संसारमा कित मान्छे सत्य हो मान्छे असत्य हो । यी दुवै सत्य होइनन् र हुन सक्दैनन् । तरपनि यी दुवैको अस्तित्व रहि आएको छ । मात्र मान्छे असाह्य र निरिह भई सन्तापिएको वेला सुस्केराको राहत दिएर उसलाई अफिमको नसामा लठ्याए झै लठ्याउनलाई मात्र भगवान केन्द्रीत धर्म, पाप,भाग्य ,दशा,पूर्व र पूर्न जन्म आदि मान्यता रहिरहेका छन । वास्तवमा मासिनको दिमागमा ज्ञान र अज्ञानको लडाई चलिरहन्छ । जव ज्ञान प्राप्त हुन्छ । भगवान गायव हुन्छ । जव अज्ञानता छाउछ तव भगवान उपस्थित हुन्छ ।

जस्तो कि कुनै विद्यार्थीले प्रश्नको उत्तर दिन सक्छ । कुनै मानिसले समस्याको समाधान गर्न सक्छ । भगवानको जरुरी हुदैन । जव कुनै प्रश्नको उत्तर आउदैन समस्याको समाधान हुदैन तव भगवान पुकारीन्छ । तर भगवानले केही गर्दैन सवै कुरा मान्छेले नै गर्छ । मानिसले निरन्तर अज्ञानतालाई खारेज गरेर ज्ञान हासिल गर्दै आएको छ । समस्याको समाधान आफै वा अन्य मानिससंग सहकार्य गरेर गर्दै आएको छ । वास्तवमा समाजले भगवानको रुपमा मान्छेहरु पनि इतिहाँसमा मानव जाति र समाजका लागि महत्वपूर्ण योगदान गर्ने मानिसहरु नै हुन तर शाषक र शोषक वर्गले आफ्नो वर्गीय स्वार्थको कारण अज्ञानतालाई मान्यता दिदै भगवानको रक्षा गर्दै आइरहेको छ । धर्म,भगवान र भाग्यवादको माध्यम वाट जनतालाई नियन्त्रण गर्दै आएको छ ।

अहिले यसरी नियन्त्रण गर्नेमा माओवादी पनि थपिएका छन । अवश्य पनि माओवादीले जित्न सकेनन् । उनीहरुले भनेको जनसत्ता आएन । कार्यकर्ता र जनताले वलिदान गर्दा सम्म त नेतृत्व गरे । तर आफै वलिदान गर्ने समय आउदा मर्ने डरले वाटो नै परिवर्तन गरिदिए । यसरी जुन संसदीय दलाल पूजिवादी राज्य व्यवस्थाको अन्त्य गर्न जनयुद्ध गरेका थिए । शान्ति प्रक्रिया पछि सारत उहि दलाल सामान्त तथा नोकशाही पूजिवादी व्यवस्थाकै शाषक वन्न गए । तर नेताले आफु मर्ने डरले पछि हटेको भनेनन् । वरु सैद्धान्तिकरण र राजनैतिकरण गरेर वाटो परिवर्तन गरेर सम्झौता नगरेको भए सवै ‘ एकै चिहान’ हुने भएकोले यो कदम चालेको हो भने साथै माक्र्सवाद कुनै जडसुत्र नभएकोले यसो गर्न निर्देशित गरेको दावी गरे तर नेतृत्वले आफ्नो अवैध पूजीको औचित्य प्रष्ट गरेन नत नातावाद कृपावाद र परिवारवाद वारे नै स्पष्ट पार्न सके नत व्यवहारमा देखिएको उल्टो परिणामको कारण वताए ,। वरु एउटै लयमा प्रकट भयो । सायद यो सवै पूर्वजन्मको प्रतिफल हो भोग्दै अगाडी वढनु पर्छ । विरोध गर्नु हुदैन सम्भवतः पूर्नजन्ममा राम्रो होला । त्यसैले चुपचाप आदेशको पालना गर । चुनावमा भोट अरुलाई दिएर पाप नगर । हामीलाई नै दिएर धर्म गर । भविष्य राम्रो राम्रो हुनेछ । यो अभिव्यक्त लयको प्रकटीकरण जनयुद्ध सम्भव वनाउने माक्र्सवाद नभएर स्पष्टत भाग्यवाद थियो । जसले अहिले समाजको नेतृत्व गरिरहेको छ ।

भाग्यवादले समाजको नेतृत्व गरिरहेको छ भन्नुको अर्थ अज्ञानताले नेतृत्व गरिरहेको छ भनेर मान्नु हो । यो मानव विवेक शुन्यताको स्थिति हो । त्यसैले अहिलेको नेतृत्व विवेकले नभई शक्तिको भरमा चलिरहेको छ । शक्ति ,पूजि र पदमा देखिरहेको छ । उसले पद र पूजिवादलाई नै अन्तीम सत्य ठानेको छ । जरुरी पनि त्यसको रक्षा र प्राप्ति मुल उद्देश्य वनाएको छ । त्यसैले विना योजना विकास अगाडी वढाईरहेछ । विकास आयोजना वषौं सम्म पुरा नगरेर अलपत्र पारिरहेकोछ । राष्ट्रिय गौरवलाई ध्वस्त वनाउने आयोजनालाई राष्ट्रिय गौरवका परियोजनाको रुपमा स्थापित गरिरहेकोछ ।मानवताको न्युनतम मुल्य पनि खतम पारेको छ ।

मानिस रोग र भोकले छटपटिरहेको वेला अगुवाहरु जो संरक्षक र व्यवस्थापक छन नै कमिशनको मोलमोलाइ (वार्गेनिङ्ग ) गरिरहेका छन । त्यो मोलमोलाईले पूजि वाहेक मानिसलाई चिन्दैन । यसरी जव मानिस विवेकहिन भएर शक्ति अन्धतामा अघि वढनु र पछि हटनुको भिन्नता छुट्याउन सक्दैन । डोजरले सडक खन्नु विकास होकि विनाश हो ? प्रश्नकर्तालाई मुर्ख देख्छ । क्रान्तिलाई पनि आफु जस्तै ठान्छ र भन्छ क्रान्ति पनि पूजिकै लागि हो अनि क्रान्ति माथि प्रतिवन्धको घोषणा गर्दै दमन गर्न तम्सिन्छ । वास्तवमा अहिलेको यो सम्पूर्ण परिणामको कारण भगवान र भाग्य नभई मानव र राजनैतिक खराव व्यवस्था हो भनेर वुझ्नु महत्वपूर्ण कुरा हो । नेता भनेका मान्छे हुन भगवान होइनन् । उनीहरु पनि गल्ती गर्छन । गल्ती गर्नेहरु पछारिन्छन र नया नेताहरु अगाडि आउछन । संसारमा परिवर्तन यसरी नै हुन्छ । त्यसैले कुनै निश्चित नेताको विचलन र पतन पछि अरु नेता जन्मिदैनन् र क्रान्ति हुदैन भन्नु विज्ञान विरोधि कुरा हो ।

भाग्यवाद प्रगतिको वाधक कसरी वन्दैछ त ? आजको समस्याको कारण मानिस हो । वर्तमान दलाल पूजिवादी व्यवस्था हो । क्रान्तिको असफलता हो । नेतृत्वको विश्वासघात,धोका र गद्धारी हो । भन्नेमा आवश्यक स्पष्टताका साथ जनता एकमत छैनन् । यो स्थितिमा भाग्यवाद लगायतका गलत विचारले जनताको स्पष्टता र एकतामा थप अन्यौलता र समस्या उत्पन्न गराएको छ । जव समस्याको सहि वैज्ञानिक कारण पत्ता लगाएर त्यस्को समाधान गरिदैन तव सम्म समस्या समाधान नभई झन वल्झिन्छन । निरासा छाउछ । अविश्वास पैदा हुन्छ । समस्याले संकटको रुपलिन्छन । समाज अपराधिकरण हुन्छ । मानिसहरु एक आपसमा लुट मारमा उत्रिन्छन । समाज एकतावद्ध भएर प्रगति तर्फ नभएर विघटन र पतनतिर जान्छ । यदि सही विचारको उपस्थिति भएन भने यस्तै हुन्छ । अव यसको व्यवहारिक उदाहरण हेरौं । जनताले भोट दिएर चुनेका नेताहरु विश्व विद्यालय पढेका विज्ञहरु जसले समाजको नेतृत्व गरेनन् ।

तिनीहरु पूजि ,पद र शक्तिको पछि अन्धो भएर दौडिएका छन । विवेकको सहि प्रयोग गरिरहेका छैनन् । सहि र गलत छुट्याउन सरिहेका छैनन् । आफ्नो व्यक्तिगत प्रगतिलाई समाजकै प्रगतिको रुपमा अथ्र्याउछन । भ्रष्टाचार हुदा चुप छन । जनता माथि अन्याय हुदा चुप छन । उल्टै सव ठिकठाक छ भन्ने दावी गर्छन । कुनै भविश्योन्मुख सिद्धान्त,विचार,आर्दश,मुल्य,मान्यता छैन । कुनै रणनैतिक सोच र योजना छैन । कुनै आफ्नो उत्पादन छैन र गर्ने योजना नि छैन अनि कुनै लक्ष्य उद्देश्य सपना र त्यो प्राप्तिको लागि आवश्यक लगनशिलता,परिश्रम,त्याग ,तपस्या,वलिदान र धैर्यता पनि छैन । यो स्थितिमा जनता कसरी आसावादी र उत्साहित हुन सक्छन ? वरु एउटै उद्देश्य छ छिटो धनि हुने त्यसको लागि जे पनि गर्ने,एउटाको गोजिको पैसा अर्काको गोजिमा पुर्याउने उद्यमकको औद्योगिकरण र विकास भइरहेको छ । दलालीकरण वढिरहेको छ । समाज क्रमशm भ्रष्टीकरण र अपराधिकरण हुदै गएको छ । जसको शक्ति उसैको भक्तिको यो भेलवाढीले २१ औ सताव्दीको मानविय ज्ञान विज्ञानलाई चुनौति दिइरहेकोछ ।

वर्तमानको एउटा पक्षको जुन माथि लामो चर्चा गरियो । त्यो मरणशिल यर्थाथ नकरात्मक गलत र अध्यारो पक्ष हो । अहिले शक्तिशाली जस्तै देखिएपनि क्रमशः शक्तिहिन भएर जानेछ । वर्तमानको अर्को पक्ष पनि छ । जो जीवनशिल यर्थाथ सकरात्मकता,सहि र उज्यालो पक्ष हो । त्यो भनेको आजको समस्याको कारण मानविय मान्ने,नेतृत्वको विचलन र पतनलाई ठान्ने र सझैतावाद,सुधारवाद अनि संसदीय दलाल पूजिवादलाई मुख्य समस्या देखेर त्यसको समाधान पनि मानिसले नै गर्नु पर्दछ भन्दै क्रान्ति जारी राख्नु पर्दछ वैज्ञानिक समाजवादी जनताको नयाँ राज्यव्यवस्था स्थापना गर्नु पर्दछ भन्ने विचार,मान्यता र क्रियाकलापको उपस्थिति हो । विद्रोही नेकपाले एकिकृत जनक्रान्ति जारी राख्नु समाजको उज्वल भविष्यको संकेत हो ।

अहिले जतिसुकै यसलाई वेवास्ता वा दम गरेपनि क्रमश शक्तिशाली भएर जानेछ । अहिले नेपालमा शक्तिशाली रहेको दलाल पूजिवादले दलालपूजीपतिलाई हिरो र जनतालाई जिरो वनाउदै गइरहेकोछ । फेरी एकीकृत जनक्रान्तिले जनतालाई हिरो र दलाल पूजिपतिलाई जिरो वनाउनेछ । वैज्ञानिक समाजवादले मात्र जनता र देशको विद्यमान समस्याको सहि समाधान दिनेछ । त्यसैले समाज यो दिशामा अगाडि वढिरहेको छ । परिवर्तनको नियमनुसार पनि समाज यथास्थिति मै वस्दैन । दलाल पूजिवाद रहिरहदैन । कोरोना महामारी पछि त विश्वव्यापी रुपमा पूजिवाद संकटग्रस्त र असफल हुदैछ । समाजवादी परिवर्तन अनिवार्य वन्दैछ भने नेपालले नयाँ क्रान्तिकारी धारलाई पछ्याउदै अगाडी वढिरहेको छ ।

अवश्य पनि मानिसहरुले हामीलाई पनि त हेरिरहेका छन होला । पक्कै पनि विर्सेका छैनन् होला । हामी किन फेरी लडिरहेका छौ ? जेल परिरहेका छौ र रगत वगाइरहेकाछौ ? जनताले हिसाव गरिरहेका छन होला । हाम्रो कुनै व्यक्तिगत स्वार्थ छैन र त्यसको लागि जनयुद्ध र क्रान्तिमा लागेको पनि होइन । एक असल कम्युनिष्ट व्यक्तिगत स्वार्थमा कहिलै लाग्न सक्दैन । नत जनयुद्ध तथा क्रान्ति नै व्यक्तिगत स्वार्थ पूर्ति गर्ने उद्यम थियो । तर नेतृत्वको पतनले त्यस्तो हुन गयो । यदि यो पतन र नवधनाढ्यकरणको प्रतिक्रान्तिकारी हुरी संगै उडेको भए हामी पनि मन्त्री हुन सक्थ्यौ । पूजी कमाउन सक्थ्यौ । पूजी र पदको फुर्ति लाउने संगै मिसिन्थ्यौ । अहिले जेलमा होइन दलाल पूजिवादको भरिया भएर जनता माथि शासन गरिरहेका हुन्थ्यौ । यद्यपि विचार र राजनीतिमा पछि परेर हारेपछि सरकारी कम्युनिष्टले वदनाम गर्न हामी संग पनि उनीहरु जतिकै पूजि छ अझ थप पूजी कमाउन क्रान्तिको कुरा गरिरहेका हुन भनेर भ्रम छरिरहेका छन ।

२/४ जना आफै संग मिसाएर जाँडपाटी दलाली र कमिशनखोरीमा सहभागी भएका खराव तथाकथित क्रान्तिकारी लाई देखाएर सिङ्गो क्रान्नि,समाज विज्ञान र माक्र्सवादी कम्युनिष्ट लाई वदनाम गर्ने कोशिस गरिरहेका छन । यो त “स्याल आयो भनेर हल्ला गर्दै कुखुरा चोर्ने चोरको कथा” जस्तै हो । यो केवल क्रान्तिकारी माथिको आरोप हो । सत्य तथ्य होईन । आजको संसारमा केही पनि लुक्न र लुकाउन सम्भव छैन । यो आफुले गरेको अपराध ढाकछोप गर्न अरुलाई दोषारोपण गर्दै इमान्दार क्रान्तिकारीहरुलाई वदनाम गर्ने संसोधनवादी तथा अवसरवादी षडयन्त्र हो । यो एक प्रकारको भ्रान्ति तथा पागलपन हो । जेहोस भ्रान्ति र क्रान्ति,शाषक र जनता, असत्य र सत्यको विचको संघर्षमा अन्तिम जित क्रान्ति ,जनता र सत्यको हुन्छ र हुनेछ ।

विस्तारै मानिसहरु भाग्यवादी भ्रम वाट मुक्त भई जीवनको यर्थाथ आत्मसाथ गर्दै जानेछन । क्रमशः जनताका मनका प्रश्न विरोधको रुपमा वाहिर निस्केर विद्रोहको वाटो हुदै क्रान्ति सम्म पुग्नेछन । अव जनता भोट हाल्ने मनस्थितिमा छैनन् । चुनावका दिन घरमै वस्नेछन । तर उनको नाममा अरुले नै मतदान गर्ने छन । साम,दाम,दण्ड भेदको कौटिल्य नीति द्धारा केलव लखपति र करोडपतिले मात्र चुनाव जित्नेछन र थप करोडपति वन्ने अभियानमा लाग्नेछन । जनता भने वैकल्पिक व्यवस्था वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्ति तर्फ लाग्नेछन । यो क्रान्तिमा हिजो जस्तै मन्दीर भत्किने छ्रैनन् । वरु पर्यटकिय स्थलको रुपमा तीनको संरक्षण हुनेछ तर त्यहाँ भएका भनिएको देउता भगवान कमजोर हुदै मानिसहरु शक्तिशाली भएर जानेछन । एक दिन आफ्नो वारे फैसला गर्ने अधिकार आफैले लिनेछन । आफ्नो भविष्य आफै वनाउने छन । त्यसैले नेपालका क्रान्तिकारीहरु निरास हुन मिल्दैन र हुने पनि छैन ।

अन्तमा, जनयुद्धमा भएको वलिदान र योगदान कुनै पश्चातापको विषय होइन वरु शक्तिशाली भगवानको ठाउँमा मानिसलाई अझत निमुखा जनतालाई स्थापित गरेको गौरवशाली इतिहाँस हो । वर्तमानमा अलिकति निरासा र अविश्वासको कुहिरो अवश्य लागेको छ । मानिसले मानिसलाई विश्वास नगरेर भगवानको खोजि गर्दै भाग्यवाद द्धारा प्रभावित हुने स्थिति वनेको छ । जनताहरु कमजोर र असाह्य जस्तै वन्न पुगेका छन । समाजको एकता र प्रगतिमा प्रश्न उठेको छ । तर फेरी पनि यो अविश्वासका र निरासाको कालो वादल फाट्नेछ । जनताहरु एकतावद्ध भएर सहकार्य गर्दै समस्याको समाधान खोज्नेछन । समाजले परिवर्तन र प्रगतिको वाटो समात्नेछन । जनयुद्धको वलिदानमा गर्भ गर्दै फेरी क्रान्ति हुनेछ । जुन दिन क्रान्ति सफल भई वैज्ञानिक समाजवाद आउनेछ त्यही दिन जनताको वास्तविक खुसीको दिन हुनेछ । मानिसले भाग्य र भगवान माथि हैन मान्छे र समाज माथि विश्वास गर्नेछ । संसारमा मानविय ज्ञान विज्ञानले गरिरहको विकासलाई नेपालले पनि पछ्याउनेछ ।

लेखक नेकपाका नेता हुनुहुन्छ । हाल वर्दिया कारागर (रास्कोटको वारे लेखिएको लेख वाट सम्पादीत )

प्रतिक्रिया दिनुहोस