एमसीसी पासको राष्ट्रघाती षड्यन्त्र फेरी सल्बलाउदै

सर्वदलीय वैठकको नाटक

४ पुस, काठमाडौं । नेपालमा संसदवाट एमसीसी पासको राष्ट्रघाती षड्यन्त्र नाङ्गो रुपमा फेरी सल्वलाउन थालेको छ ।
नेपाली जनता, विप्लव नेतृत्वको नेकपा सहित क्रान्तिकारी पार्टी, राष्ट्रवादी र प्रगतिशील शक्तिहरुले दैनिक जसो सड्कमा एमसीसी विरुद्ध खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन ।

उनीहरुले आन्दोलनवाट खवरदारी गरिरहेको वेला पुन सत्तामा भएका राष्ट्रघातीहरुले संसदवाट पास गराउने नाङ्गो षड्यन्त्र गरिरहेका हुन ।
सत्तागठवन्धन भित्रपनि एमसीसी वारे कतिपय दलका नेताहरु यो राष्ट्रघाती भएकाले पारित गराउन नुहुने अडानमा छन ।

यस्तो वेला पनि अमेरिकालाई खुसी पार्न र अरवौं कमिसन खान सत्तागठवन्धका केही नेताहरु एमसीसी पास गराउने षड्यन्त्र गरिरहेका छन ।
सत्ताको नेतृत्व गरेको नेपाली काङ्गेसका सभापति तथा प्रधानमन्त्री सेर वहादुर देउवा जसरी पनि एमसीसी पास गराउने गृहकार्यमा हुनुहुन्छ ।
जसका लागि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे छलफल गर्न आईतवार सर्वदलीय बैठक वोलाउनु भयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा प्रमुख विपक्षी नेकपा एमाले सहभागी नै भएन भने सत्तारुढ गठबन्धनमा रहेका दलहरुमा पनि एकमत देखिएनन् ।

बालुवाटारमा बसेको बैठकमा सबै राजनीतिक दलहरुले आ–आफ्नो धारणा राखेको र यस विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने देखिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको छ ।

सर्वदलीय बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले एमसीसी सम्झौताको चर्को विरोध गर्दै खारेज गर्नुपर्ने मत राख्नु भयो । राष्ट्रिय जनमोर्चाका प्रतिनिधिले पनि टेबल गर्न पनि नहुने र पास गर्न पनि नहुने मत राखेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले एमसीसी पास गर्नेमा आफ्नो पार्टीको समर्थन नहुने वताउनु भयो ।
सत्तारुढ घटक जनता समाजवादी पार्टीका नेताहरु भने विभाजित रुपमा प्रस्तुत भएका छन । अध्यक्ष उपेन्द्र यादवले हतार गर्न नहुने धारणा राख्नु भएको छ भने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो निजी विचार भन्दै एमसीसीमा केही आशंका भएपनि अघि बढाउनुपर्ने बताउनु भयो ।

बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले एमसीसी सम्झौतामा प्रश्न उठेकाले तथ्यगत छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने बताएका छन् । ‘ बैठकमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसका नेताहरु भने तत्काल एमसीसी पास गर्नुपर्नेमा जोड दिएका छन् ।
एमसीसी नेपालको हित अनुकूल नभएको र यो राष्ट्रहित विपरित भएको धेरै जसो दल र दलका नेताहरुले भनिरहदा पनि केही अमेरिकी दलालहरुले आफ्नो निहित स्वार्थमा एमसीसी पास गराउने षड्यन्त्र गरेको नेकपाले आरोप लगाएको छ ।

नेकपाले यदि जवर्जस्त पास गराउन खोजे पास गर्नेमा सहयोग गर्नेहरुले नेपाल छोड्नु पर्ने चेतावनी पनि दिइसकेको छ ।
नेकपाका प्रवक्ता प्रकाण्डले केही दिन अघि संसद भवन घेराउको कोणसभामा वोल्दै जवर्जस्त संसदवाट संसदहरुलाई किनेर एमसीसी पास गराए सेरवहादुर देउवा अमेरिका पुग्नु पर्ने चेतावनी दिनु भएको थियो ।

राजनीतिक विश्लेषकहरुले पनि यो जवर्जस्त पास गराइए नेपालमा ठुलो द्धन्द्ध सृजना हुने र राष्ट्रघाती दलालहरु खरानीहुने चेतावनी दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस