साम्राज्यबादको अधिनमा बिश्व संञ्चार, प्रतिबादमा जन्मिएको रेडियो गणतन्त्र

साम्राज्यवादी भूमण्डलीकृत राज्यब्यवस्था कायम गर्ने उद्देश्यले विश्वको अति महाशत्तिको रुपमा अगाडि आएको अमेरिका र दक्षिण एशियाको भारतिय साम्राज्यवादले राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा मात्र होइन, सूचना तथा संञ्चारको क्षेत्रमा पनि आफ्नो एकाधिकार कायम गरिरहेको छ । बिश्वका शोषित, पीडित गरिब तथा सर्वहारा श्रमजीवी जनताको रगत र पसिनामाथि शोषणको राज कायम गर्ने साम्राज्यवादले आफ्नो उद्दण्डता सञ्चार माध्यमबाट फैलाएको छ ।

राजनीतिक रुपमा असली प्रजातन्त्रको नाममा अमेरीकाले इराक र अफगानिस्ता जस्ता देशहरुमा हजारौँ निदोष जनाताको कत्लेआम गर्नु, भारतले नेपाल माथी सिमा अतिक्रमण गर्नु आर्थिक क्षेत्रमा संकटग्रस्त, साम्राज्यवादी आर्थिक मन्दी टार्न गरिब देशमाथि अतिक्रमण गर्नु, साम्राज्यवादी चरित्र हो ।

त्यति मात्र हाोईन, सामाजिक र सांस्कृतिक रुपमा बिखण्डन ल्याउनु, अराजकता अश्लील सांस्कृतिको बिकास गराउनु साम्राज्यवादको लक्ष्य हुन्छ ।

 

सञ्चार माध्यमहरुलाई प्रयोग गर्दै प्रजातन्त्रको नाममा आम नरसंहारका कहाली लाग्दा घटनाहरु साम्राज्यवादले लुकाउँदै आएको छ । सन् १९४५ अगष्ट ६ को जापानको हिरोशिमा र नागासाकीको आम बिनासकारी जापानी नागरिकको कत्लेआम गर्ने वम खसालेको घटना होस, या त इराकी र अफगानिस्तानी जनतामाथिको बमवाडी होस, यात जम्मुकश्मीरमा भएका जनहत्याका कहाली लाग्दा घटनाहरु हुन, ती सबै अमानवीय साम्राज्यवादी घटनाक्रमहरु हुन् ।

तर त्यस्ता अपराधिक घटनाक्रमहरुलाई ढाकछोप गर्न साम्राज्यवादले सञ्चारमाध्यमको प्रयोग गरेको छ । यो प्रष्ट देखिने कुरो हो ।

कतै कोही कसैले ढाकछोप गर्न खोजे पनि यो कदपि लुक्न सक्दैन । बिशेषगरी २० औं शताब्दीका क्रान्त्ति सफलता पश्चात असफलताका घटनाहरु पनि भए । क्रान्तिको बिजय त भयो तर सर्वहारावर्गको पार्टीका केही कमिकजोरीहरुले गर्दा क्रान्तिको रक्षा हुन सकेन । त्यही कुरामाथि साम्राज्यवादले खेल्दै माक्र्सवाद संसारबाट असफल भएको झुठो बकवास गयो ।

राजनितिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपबाट नाङ्गेझार भएको साम्राज्यवादले सर्वहारा क्रान्ति बिरुद्ध विभिन्न झुठा मुद्दाहरु लगाउनु निराधार एवं कपोलकल्पित भ्रम छर्नु कुनै अनौठो होईन ।

यतिबेला साम्राज्यवादले देखेको सपना चक्नाचुर भयो । विश्वबाटै माक्र्सवाद असफल भयो भनेर भोज भतेर गरेको साम्राज्यवादको अघि विश्वको सर्वोच्च शिखर सगरमाथाको देशबाट माक्र्सवाद, लेलिनवाद, माओवादको बिकसित बिचार श्रृंखलाको रुपमा एकीकृत जनक्रन्तिको सिद्धान्त विकास भएकाले माक्र्सवादको बिजयको सुनिश्चितताका उज्वल सम्भावनाहरु देखा परेका छन ।

पेरिस कम्युन, सोभियत संघदेखि चिनियाँ क्रान्ति हुदै पेरु, टर्कीसम्म आईपुग्दा २१ औं शताब्दीको कान्ति अब पुरानो तवर तरिकाबाट माथि बिकसित नगरी विजयसम्म पुग्न सकिदैन भन्दै विप्लव नेतृत्वको नेकपाले नयाँ कार्यदिशा र विचारको बिकास गरेको छ । तैपनि साम्राज्यवादले सर्वहारा क्रान्ति बिरुद्ध आफ्नो न्वारनसम्मको शक्ति लगाएर आफ्ना बर्बर हत्कण्डाहरु प्रयोग गर्दैछ ।

सर्वहारावर्गको समग्र मुक्तिका बिरुद्ध षड्यन्त्र, साम, दाम दण्डभेद गर्नु र झुठो समाचारको सम्प्रेषण गर्नु साम्राज्यवादको वर्ग चरित्र हो ।

बिशेषगरी सर्वहारा क्रान्ति बिरुद्ध मात्र होइन बिश्वकै उत्पीडित जनताका बिरुद्ध साम्राज्यवादले सूचना तथा सञ्चारको क्षेत्रबाट फैलाएको दिग्भ्रम प्रति सबैले सजक र सतर्क रहन जरुरी छ । साम्राज्यवाद र सञ्चारमुलभूत रुपमा भन्नुपर्दा अत्यन्तै गरिबीको रेखामुनि रहेका उत्पीडित देश र जनतामाथि शोषण, दमन एवं हस्तक्षेप गर्नु साम्राज्यवादी दिनचर्या हो ।

एउटा शक्तिशाली राष्ट्रद्धारा अर्को कमजोर राष्ट्रमाथि राष्ट्रिय अखण्डता बिरुद्ध गरिने अतिक्रमण नै साम्राज्यवाद हो । सामान्य अर्थमा शक्तिशाली राष्ट्रको औपनिवेशमा गरिब राष्ट्रहरु रहनु पर्छ, राजनितिक, आर्थिक, सामाजिक र सांस्कृतिक दवदबा शक्तिशाली राष्ट्रको मातहतमा रहने हुन्छ । उसले आफ्नो भूमण्डलीकृत एकधुवीय बिश्व बनाउन चाहन्छ ।

यस्तो चरित्रमा अमेरिकी साम्राज्यवाद मात्र होइन भारतीय साम्राज्यवादको पनि विकास भएको छ । ठिक यही परिवेशमा विशेषगरि विश्वको दादागिरीको रुपमा अमेरिकी साम्राज्यवाद नयाँ रुपरंगमा उदय भयो । राजनीतिक रुपमा विखण्डन ल्याउने, आर्थिक रुपमा शोषण गर्ने अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैक, आफ्नो अधिनमा राख्ने, सामाजिक रुपमा एनजीओ, आइएनजीओको नाममा फुटाउ र राज गर नीतिमा प्रवेश गर्ने, सांस्कृतिक रुपमा छाडा अश्लील विकृत संस्कृतिको विकास गराउने र सूचना तथा संचारको माध्यमबाट निराधार समाचार प्रवाह गर्ने जस्ता रुप र रंगहरुबाट साम्राज्यवाद अगाडि आएको छ । यसलाई साम्राज्यवादी उत्तरआधुनिकतावादी विचार भनेर पनि चिन्ने गरिएको छ ।

विज्ञान र प्रविधिको विकासमा पनि विश्वलाई एउटा गाउँको रुपमा परिणत गर्दै साम्राज्यवादले सूचना संञ्चारको आफ्नो स्वार्थ अनुकूल विकास तथा प्रयोग गरेको छ । आम विनासकारी बम आत्याधुनिक हातहतियार उत्पादनबाट विश्वलाई नै जोखिम बनाएको छ । वास्तविक रुपमा साम्राज्यवादले उत्पादन गरिएका हात हतियारको विक्री गरी युद्ध चर्काउने चरित्र पनि तिब्र विकास भएको छ । उसको सैन्य तथा सूचना संञ्चारबाट दिने धम्कीहरु गरिब राष्ट्रहरु माथि बारम्बार आउँछन्, यस्ता धम्की र अहमताहरु विकसित साम्राज्यवादी चरित्रहरु हुन् ।

यसरी साम्राज्यवादी उदण्डतासंर्गै सूचना तथा संञ्चार क्षेत्रको विकास कसरी भयो ? साम्राज्यवादले संञ्चार क्षेत्रलाई बढी नै किन महत्व दिन खोजेको हो त ? यस बिषयमा केही चर्चा गर्नुपर्दा सर्वप्रथम पहिलो कुरा जनयुद्धदेखिनै आफ्नो लुटको स्वर्ग जोगाउन साम्राज्यवाले सूचना तथा संञ्चारको बढी प्रयोग गर्यो ।

सूचना र संञ्चारको क्षेत्रबाट जति आम मासलाई प्रभावित तुल्याउन सकिन्छ, त्यति अन्य कुनै बाटोबाट सकिदैन भन्नेमा साम्राज्यवाद प्रष्ट छ ।

त्यसै भएर नै संञ्चार भुमण्डलीकृत अभियानमा साम्राज्यवाद लागि रहेको बुझन् सकिन्छ । सर्बहारा क्रान्त्रिका विरुद्ध साम्राज्यवादले यति बेला त्यसै भएर सूचना तथा संञ्चार क्षेत्रलाई पहिलो स्थानमा राखेको छ । इतिहासमा क्रान्तिक्रारी पार्टी, सेना र सत्ताका विरुद्ध प्रतिक्रान्ति हुनु शितयुद्धको साम्राज्यवादी लडाई पनि एक कारक हो भन्ने लाग्छ त्यसैले अहिलेको आधुनिक युगमा सञ्चार क्षेत्रको महत्व र विकास निकै बढन थालेको छ ।

यो यस्तो चिज हो कि लार्खौ करोर्डौ जनताको बिचमा एकै पटक सूचना प्रवाह हुन्छ । त्यहि प्रवाह हुने सूचनाको आधारमा गरिब निमुखा आम जनताले सामाजिक विकासका घटनाहरुको जनकारि पाउँछन् । आज ठिक त्यहि बिन्दुमा हामी सबैले बुझ्न जरुरी छ । साम्राज्यवादले फाइदा उठाईरहेको छ । हामि सबैलाई थाहा छ, जर्मन, हिटलरका संञ्चार मन्त्री गोयवल्सले भनेका थिए रे हजार पटक एउटा असत्य कुरा संञ्चार माध्यमहरुबाट प्रसारण गरेमा त्यो सत्य हुन्छ । आखिर साम्राज्यवादी संञ्चार कस्तो हुन्छ भन्ने कुरा यो भनाईले पनि प्रष्ट पार्दछ ।

आज त्यहि कुरालाई यति बेलाको अमेरिकी र भारतीय साम्राज्यवादले अख्तियार गर्दै एकधुवीय विश्व बनाउने दम्भ गरेका छन । उनिहरुकै षड्यन्त्र, दम्भ र योजनामा कतिपय हाम्रा संञ्चारकमिहरु खरिद र बिक्रि हुने प्रवृत्ति पनि विडम्बनापूर्ण छ । थुप्रै सूचना तथा संञ्चारका साधनदेखि कतिपय संञ्चारक्रमिहरु डलरमा बिक्रि भएर जनताको रक्षाको मिसन छोडेर साम्राज्यवादी मिसनमा छन ।

यो पनि संञ्चार क्षेत्रमाथिको अन्याय मात्र होइन कुरुप र फांशिष्ट शैलि हो ।

जनताको सत्य–तथ्य सूचना प्रवाहका बिरुद्ध डलरका पछाडि झुठा समाचार सम्प्रेषण गर्न लगाउनु, त्यो भन्दा ठुलो साम्राज्यवादी पराजित मानसिकता के हुन सक्छ ? साथै साम्राज्यवादी सूचना सम्प्रेषणको लागि डलरमा संञ्चारक्रमि जस्तो जिम्मेवारी मान्छे बिक्रि हुनु त्यो भन्दा पशु कहाँ खोज्नु ?

मूलतः सर्वहारावर्गको पक्षमा लेख्ने बोल्ने संञ्चारक्रमिहरुबाट भयभित मानसिकताको अन्तिम पराजित तथा पराकाष्ठाको साम्राज्यवादी परिणाम हो । संञ्चारमा पक्षधरताहरेक संञ्चार क्षेत्रमा वर्गीय पक्षधरता अवश्य हुन्छ । दुनियाँमा कोहि पनि संञ्चार क्षेत्र वर्गीय पक्षधरताबाट स्वतन्त्र छैनन् ।

साम्राज्यवादले आफ्नो वर्गको पक्षमा झुठो भयपनि सूचना सम्प्रेषण गर्छ भने सर्वहारा वर्गले साम्राज्यवादी झुठो रवैयाका विरुद्ध जनातालाई सत्य, तथ्य सूचना सम्प्रेषण गर्छ, यहि नै वर्गीय पक्षधरता हो ।हामि सबैले समाजमा दुई वटा वर्ग छन् भन्ने कुरा पनि बिर्सनु हुदैन ।

आदिम साम्यवादी युगको समाप्ति र दासयुगको आरम्भबाटै समाजमा वर्गविभाजन भएको छ । एउटा काम गरेर खाने गरिब वर्ग छ भने अर्को काम गर्ने गरिबहरुको श्रम शोषण गर्ने बसेर खाने सामन्ती पुँजीपति तथा शोषक साम्राज्यवादी वर्ग छ । त्यसैले पनि हरेक क्षेत्रमा वर्गीय पक्षधरता हुन्छ भन्ने कुरा प्रष्ट छ । तर कतिपय संञ्चारक्रमिहरुले संञ्चार जगत स्वतन्त्र हुन्छन् भन्ने भ्रमित कुराहरु गरेर केवल पाखण्डीपूर्ण तर्क प्रस्तुत छन् ।

यो वर्गविभाजित नदेख्नु, गरिबमाथि शोषकहरुले शोषण गरेको नदेख्नु अन्धभक्तबाहेक अरु केही होइन । अहिले साम्राज्यवादले आफ्नो वर्गको पक्षमा सूचना सम्प्रेषण गर्दै आएको छ । त्यस्तै सर्वहारावर्गले पनि आफ्नो वर्गको पक्षमा सूचना सम्प्रेषण गरेको छ । यहि बिचको लडाईमा सबै प्रगतिवादी संञ्चार कर्मीहरुले जनताको पक्षमा कलम चलाउन जरुरी छ ।

क्रान्ति र संञ्चारपरिवर्तनका लागि क्रान्ति हो । क्रान्तिका लागि परिवर्तन हो । त्यसैले क्रान्ति र परिवर्तन एकअर्काका परिपुरक हुन । संञ्चार क्षेत्रको विकाससंगै क्रान्तिको विकास हुन्छ क्रान्तिको विकाससंगै संञ्चार क्षेत्रको पनि विकास हुन्छ ।

विश्वमा भएका क्रान्तिका बेलामा राईनिज जाईटुङ होस् या त अक्टोवर क्रान्तिमा स्क्राको भूूमिकादेखि होस् या त नेपाली क्रान्तिमा राणाहरु विरुद्ध वि.स. २००३ सालमा नारायणी प्रसाद कोइरालाको नेतृत्वमा, यो रेडियो प्रजातन्त्र हो भनेर नेपालमा पहिलो प्रसारण गरिएको होस् ।

अनि १० वर्षीय महान जनयुद्धका क्रममा गणतन्त्र रेडिणेको स्थापना होस् । यिनी सबै संञ्चारका साधनहरु क्रान्तिको विकास प्रक्रियासंगै जन्मिएका चिज हुन् ।

विशेषगरि सूचना तथा संञ्चारको क्षेत्रलाई यसको विकासक्रमका दृष्टिकोणले ६ चरणमा विभाजन गरिएको छ । जसमा (१) संकेत तथा हाउभाउको युग, (२) भाषाको युग (३) लिपीको युग (४) छपाइ प्रविधिको युग (५) विद्युतीय युग (६) आधुनिक संञ्चारको युग गरि विभाजन गरिएको छ ।

मानव समाजको विकास क्रममा संञ्चार सुरुमा संकेत र हाउभाउबाट आरम्भ भए पनि समाजको विकास युद्ध र क्रान्तिको विकाससंगै संञ्चारको विकास पनि आधुनिक संञ्चारमा पुग्यो । आज संञ्चारमा भएको विकासले गर्दा विश्व एउटा गाउँमा परिणत भएको छ । नेपालको सापेक्षतामा वि.सं. २००७ साल पछि संञ्चार क्षेत्रमा तीब्र विकास भयो । आखिर संञ्चार क्षेत्रमा विद्युतीय संञ्चार संगै छापा संञ्चारको विकास भए पनि प्रजातन्त्र प्राप्तिपछि संञ्चार क्षेत्रमा आशा र अपेक्षाजनक विकास हुन सकेन । सामन्त, दलाल तथा पुँजीपति वर्गकै गुणगान गाउने संञ्चार माध्यमहरुले जनताका दुःखकष्ट एवं सत्य, तथ्य समाचारहरु सम्प्रेसषण गर्न सकेनन् ।

केही संञ्चार माध्यमहरुले हिक्मत गरेपनि शोषक वर्गको दमनमा परे । ३० बर्षीय पन्चायती व्यावस्थामा होस् या त २०४७ पछिको बहुदलीय प्रजातन्त्रमा होस या त अहिलेको गणतन्त्र नामको दलाल संसदीय व्यावस्थामा होस् जनताको वाक स्वतन्त्रता माथि बेला बखत प्रतिबन्द लगाइएको छ । जसले गर्दा जनताको आफ्नै संञ्चार माध्यमको विकास हुनुपर्छ भन्ने कुरा देखाउछ ।

त्यसको अभ्यासको रुपमा तत्कालीन नेकपा माओवादीले वि.सं. २०५२ सालबाट सुरु गरेको जनयुद्धपछि जनपक्षीय पत्रपत्रिका प्रकासित संगै जनताको एकमात्र विद्युतीय संञ्चार गणतन्त्र रेडियोको स्थापना भयो । यो क्रान्तिको विकाससंगै सर्वहारावर्गको मुक्तिको लागि स्थापना भयो ।

संञ्चारमा साम्राज्यवादले भुमण्डलीकृत रुपमा संञ्चारका माध्यमहरुबाट सर्वहारावर्गमाथि झुठो भ्रमको खेति गरिरहेको बेला जनताले झुठो भ्रमको प्रतिरोध गर्न आफ्नै विद्युतीय संञ्चार प्रयोग गर्नु अनिवार्य थियो । संञ्चारको विकासमा गणतन्त्र रेडियोक्रान्तिको विकाससंगै संञ्चार क्षेत्रको विकास भयो भन्ने कुरामा कतै विवाद छैन । तैपनि नेपालमा अर्को इतिहास बोकेको गणतन्त्र रेडियोको जन्म पनि क्रान्तिको विकाससंगै भयो ।

पहिलो कुरा तत्कालीन नेकपा माओवादीको पहलमा स्थापना भई गणतन्त्र रेडियो २०६० साल भाद्र २१ गते पूर्व, मध्य, विशेष, भेरी–कर्णाली र सेति–महाकालि गरि ५ वटा क्षेत्रमा एकसाथ प्रसारण भयो । दोस्रो कुरामा यसले बम, बारुदसंगै लुकामारी गर्दै आफ्ना नियमित, साप्ताहिक र दैनिकी कार्यक्रमहरु चलाउन सफल भयो ।

निरंकुश राजतन्त्रको शासन विरुद्ध मात्रै नभएर अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादको संञ्चार भुमण्डलीकरणको परास्त पार्दै जनतालाई सत्य र तथ्य सूचना पुर्याउने महत्वपूर्ण काम गणतन्त्र रेडियोले गर्यो । यो मान्यतामा पनि गणतन्त्र रेडियोको इतिहास ऐतिहासिक, गरिमामय, महत्वपुर्ण र ओजपूर्ण छ ।

युद्धको बिचबाट युद्धको मोर्चाबाट सिकेर होइन गरेर सिक्ने नीतिअनुरुप गणतन्त्र रेडियोले आफ्ना आँधीमय यात्राहरु पुरा गर्यो । वास्तविक रुपमा सामन्तवाद र साम्राज्यवादको गरिब सर्वहारावर्गमाथिको उत्पीडनका विरुद्ध नै यो गणन्त्र रेडियो जन्मिएको हो । यसले राष्ट्रियता, जनतन्त्र र जनजीविकाप्रति उत्तरदायी हुदै सधै साम्राज्यवादी भुमण्डलीकरणका विरुद्ध आफ्ना न्यायपूर्ण आवज उठायो । यस अर्थमा गणतन्त्र रेडियोको महत्व र ओजपूर्ण कार्य छ । यसको समयअनुसार कार्यक्रममा परिमार्जन गर्नु र स्तरियता बनाउनु चुनौतिको पाटो छ ।

आगामि दिनहरुमा आफ्ना चुनौती र समस्याहरुलाई समाधान गर्दै साम्राज्यवादी संञ्चार मिशनका विरुद्ध वास्तविक जनताको पक्षमा आफ्नो सञ्चार मिशन अगाढि बढाउनु पर्छ । अहिले देशभर जति विद्युतीय र छापा संञ्चार माध्यमको विकास भएको छ यि सबैले जनताको पक्षमा सत्य तथ्य समाचार सम्प्रषण गर्ने आँट गर्न सक्नु पर्छ । त्यही नै जनता प्रतिको जिम्मेवारी हुने छ ।

साम्रज्यवादीहरुको भ्रमपुर्ण सुचना डलर खाएकै भरमा सम्प्रेषण गर्नु जनता माथीको अपराध वाहेक अरु केही हुन सक्ने छैन । त्यसै भएर पनि देश र जनता प्रति माया भएका हरेक संचारकर्मीहरुले जिम्मेवार वन्नु सच्चा नेपालीपन हुने छ । अहिलेको साम्रज्यवादी संचारयुगका विरुद्ध क्रान्तिकारी संचारयुगको विकास गराउनु अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस