अराजकतावाद र उदारवादको बहिष्कार गरौं

भूमिका
क्रान्तिकारी आन्दोलनमा अराजकतावाद र उदारवाद दुवै खतराका विषय हुन । क्रान्ति सफल वा असफल के बनाउने ? भन्ने कुरा यी दुवै प्रवृतिमा निर्भर रहन्छ । मुख्यतः यी दुवै प्रवृतिले क्रान्तिकारी आन्दोलनका उपलव्धीहरु ध्वस्त पार्ने र क्रान्ति विसर्नतिर लैजाने गर्दछन् । पार्टीमा सवै भन्दा वढी क्रान्तिकारी आफै र कसैले केही पनि नजानेको जस्ता अर्थमा यी दुवै प्रवृति अगाडि देखिन्छन् । इतिहासमा क्रान्तिकारी आन्दोलनमा सवैभन्दा वढी अराजकतावाद र उदारवादले क्षेति पुर्याएको छ ।

यो क्रान्तिकारी पार्टी भित्र र वाहिर दुवै ठाउँमा हुन्छ । तर कम्युनिष्टहरुका लागि क्रान्तिकारी पार्टी भित्रको अराजकतावाद र उदारवादले धेरै नै क्षेति पुर्याउछ । यसवाट क्रान्तिलाई वचाउन अत्यन्तै जरुरी छ । यो आलेखमा संक्षिप्त रुपमा अराजकतावाद र उदारवादवाट पार्टीलाई कसरी वचाउने ? भन्ने वारे संक्षिप्तमा केही लेख्ने प्रयास गरिएको छ ।

(क) अराजकतावाद वारेः
अराजकतावाद भनेको समाजको खराव प्रवृति हो । क्रान्तिको दुश्मन पनि हो । यसले क्रान्तिलाई टेवा दिदैन । सैद्धान्तिक रुपमा अराजकतावाद भनेको क्रान्तिको विचलन हो । अराजकतावाद वारे माक्र्सले भन्नु भएको छ “वाकुनियन पुरानो सत्ता समाप्त भएपछि अधिकार पाइन्छ भन्छन् । तर कसरी नयाँ राज्यसत्ता चलाउने पुष्टि गर्न सक्दैनन् ।” वाकुनियनले कसरी नयाँ सत्ता चलाउने ? भन्ने वारे पुष्टि गर्न नसक्नु अराजकता हो । क्रान्ति गरौं र लडौ पनि भन्ने, सत्ता नयाँ चाहिन्छ पनि भन्ने तर चलाउने तरिका र अधिकार थाहा नपाउने वाकुनियनवाद हो ।

यो दिशाहिन गन्तव्यको विचार हो । वाकुनियनले भनेका छन कि “ दुईचार पुजीपतिहरुलाई पड्यन्त्र गरेर मारिनुपर्छ अनि साम्यवाद घोषणा गरिनुपर्छ ।” यो मान्यता र विचारलाई माक्र्सले अराजकतावादी विचार भन्नु भएको थियो । यो अराजकतावादको एउटा उदाहरण हो । अराजकतावाद भनेको हरेक समाज,व्यक्ति र पार्टीमा हुन्छ । तर क्रान्तिकारी पार्टीमा भने नहुनु पर्ने हो । तर समाजको प्रतिविम्वन वाँकी नै हुन्छ । क्रान्तिकारी पार्टीको संगठन,विचार र व्यवहारमा अराजकता देखिन्छ । यो भनेको पार्टी संगठनको विधि विधान मुल्य मान्यता नीति नियम नमान्ने सिद्धान्त हो  ।

अराजकतावादले सानो कुरामा पनि चित्त नवुझेमा ठुलो वमण्डर मच्चाउने गर्दछ । यसले आफ्नो जिद्दी प्रकट गर्छ । समाजको वस्तुगत आवश्यकताको मुल्याङकन गर्दैन । वैज्ञानिक सुझवुझ पनि यो संग हुदैन । यो अवैज्ञानिक अझै भनौं रुपडियाको टाङ्गघोडा जस्तो सिद्धान्त हो । यो सिद्धान्त कि त पहरामा टोकीएर सकिन्छ ! कि त भुमरीमा परेर सकिन्छ ! यो क्रान्तिलाई विजयी वनाउन नसक्ने अराजकतावादी सिद्धान्त हो । जसका विरुद्ध माक्र्सले पनि निरन्तर संघर्ष गर्नु पर्यो ।

कार्लमाक्र्सले अराजकतावाद र संसोधनवादका विरुद्धको संघर्षका रुपमा सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र प्रकाशित गर्नु भयो । यो सर्वहारा विचार र वर्गलाई आसा दिने सिद्धान्तको दस्तावेज थियो । वुर्जुवा अराजकतावादीहरुका लागि भने यो मिसाई वम थियो । सर्वहारा वर्ग कसरी शोषणमा परिरहेको छ ? यसको अन्तराष्ट्रिय मुक्ति कसरी हुन्छ ?

अराजकतावादी र वुर्जुवावर्गको हातमा रहेको राज्यसत्ता जनताको हातमा कसरी ल्याउने ? भन्ने माक्र्सको कम्युनिष्ट घोाषणापत्र दस्तावेजको मुल मर्म थियो । व्लाङ्कीको अराजकतावादले पेरिस कम्युन समेत असफल भएको माक्र्सले भनेका थिए । माक्र्सले पेरिसमा विद्रोह गर्ने वेला अझै भएको छैन भन्दा व्लाङ्कीहरुले मानेनन् र विद्रोह भयो । राज्यसत्ता कव्जापनि भयो तर माक्र्सले भनेअनुसार नगर्दा ७२ दिनमा सत्ता गुम्न पुग्यो । क्रान्तिकारीको ठुलो क्षेति भयो । यो अराजकतावादको परिणाम थियो । क्रान्तिकारी पार्टीले शिक्षा लिने विषय हो ।

अराजकतावादले अरुलाई होइन पहिला आफैलाई क्षेति पुर्याउने गर्छ । रुसी क्रान्तिका वेला रुसमा पनि अराजकतावाद मौलाएको थियो र वेला –वेला क्रान्तिमा धोका दिइरहेको थियो । स्तालिनले पार्टी भित्रका अर्थवादी मेन्सेविकहरु संग ठुलो संघर्ष चलाउनु पर्यो । रुसी क्रान्तिकारी पार्टीले लिएको हरेक क्रान्तिकारी लाईनको विरोध मात्र मेन्सेविकहरुले गर्ने गर्दथ्ये । यो क्रान्तिकारी पार्टी भित्रको चरम अराजकता थियो । एकपटक रुसमा सन् १९२७ मई महिनामा यस्तो घटना भयो कि ‘वेलायती सरकारले सोभियत व्यापार संस्थामा धावा वोल्यो र २६ मईको दिन कुटनैतिक सम्वन्ध चुडालिएको घोषणा गर्यो । ७ जुनको दिन पोलायण्डमा रुसी राजदुतलाई मारियो ।

लेनिनग्राड र रुसका विभिन्न भागमा वेलायती जासजुसवाट ध्वंशात्मक गतिविधि गरिए । जर्मनी र चीनका विभिन्न ठाउँमा सोभियत व्यापार प्रतिनिधिहरु माथि हमला गर्न लगाइयो । यस्तो वेला पनि पार्टी भित्रै क्रान्तिकारी नेता भनिएका ट्राटस्की, जिनोभियव र काभेनोभवहरुले विरोध गरेनन् । उल्टै अर्कै केन्द्र र छापाखाना वनाएर पार्टीको नीतिकै विरोध गरे । मजदुर र किसानको विच झगडा गराउने काम गरे । कुलाहकहरुलाई “सुसंस्कृत वर्ग” भनेर पक्ष लिए र औद्योगिकरणलाई वाधा दिने काम गरे । त्यस्तो संकटको वेला पार्टीका ७,२४,००० पार्टी सदस्यहरुले स्तालिन र पार्टी केन्द्रको नीतिलाई समर्थन गरे भने ४००० अथवा १ प्रतिशत पार्टी सदस्यहरुले मात्र विरोधीहरुको नक्कली केन्द्र र नीतिलाई समर्थन गरे । अन्ततः १४ नोभेम्वर १९२७ मा केन्द्रीय समिति र नियन्त्रण समितिको संयुक्त वैठकले वाध्य भएर ट्राटस्की, जिनोभियव र काभेनोभवहरुलाई पार्टीवाट निस्कासित गरेको थियो ।यो पार्टी भित्रका अराजकतावादीहरु विरुद्धको हमला थियो ।’

चिनियाँ क्रान्तिको वेला पनि कमरेड माओले थुप्रै अराजकतावादीहरु विरुद्ध कडा संघर्ष गर्नु पर्यो । पार्टी भित्र मौलाउदै गएको अराजकतावाद,उदारवाद र संसोधनवाद नै माओका लागि अन्तीम सम्म संघर्षको मोर्चा थियो । क्रान्ति सफल पार्दा होस वा क्रान्तिको सफल पछिको रक्षाको लागि होस पार्टी भित्रको खराव प्रवृतिलाई सुधार गर्न माओले सन् १९६६ देखि सन् १९७६ सम्म चीनमा सर्वहारा साँस्कृतिक क्रान्तिको आरम्भ पनि गर्नु भयो । यसले पनि पार्टी भित्रको अराजकतावाद अन्त्य भएन । जसले गर्दा माओको निधन पछि चीनमा प्रतिक्रान्ति भयो । देङसेवपिङ्ग लगायतका अराजकतावादी तथा संसोधनवादी नेताहरुकै कारण सर्वहारासत्ता गुम्यो । अराजकतावाद भनेको संसोधनवादकै एक अर्को रुप हो । सोधनवाद छद्म रुपमा प्रकट हुन्छ । त्यस्तै यो पनि छद्म रुपमा प्रकट हुने गर्छ । विस्तारै पछि पछि आफुले भने वमोजिम नभए वा चित्त नवुझिए खुल्लम –खुल्ला जथाभावी रुपमा विचारहरु व्यक्त गर्ने गर्दछ । सिद्धान्त अनुसारको व्यवहार हुदैन । भन्ने एक गर्ने अर्को गर्छ । त्यो चरम अराजकतावाद हो ।

नेपालमा पनि अराजकतावाद वेला वखत देखिएका छन । नेपाली कम्युनिष्ट आन्दोलन भित्रको अराजकतावाद मात्र होइन यो प्रतिक्रियावादमा पतन भएको छ । छापा विद्राहको नेतृत्व गरेको एमालेको उग्र क्रान्तिकारी अराजकतावाद प्रतिक्रियावादमा पतन भयो । मोहन विक्रमको क्रान्तिकारी अडान यथास्थितिवाद र सारसंग्रहवादको अराजकतावादमा परिणत भयो । जनयुद्धपछिको क्रान्तिकारी आन्दोलनको नेतृत्व गरेको प्रचण्ड नेतृत्वको पार्टी पनि संसोधनवादी र अराजकतावादी धारामा परिणत भयो । यसले पनि जनताले पूर्ण मुक्ति पाउन सकेनन् । पछिल्लो चरमा माओवादी विचारधारावाट क्रान्तिकारी आन्दोलनको संरक्षण गर्ने काम मोहन वैद्यको नेतृत्वमा भयो । फेरी वैद्यको यथास्थितिवादको समस्यालाई छिचोल्दै विप्लवको नेतृत्वमा नेकपा पूर्नगठित भयो । यो पूर्नगठित भएको करिव आठ वर्ष पुग्यो । यसले क्रान्तिकारी विचार,लाईन र नेतृत्वलाई स्थापित गर्यो ।

नेपाली सापेक्षतामा अहिलेको वस्तुगत अवस्थालाई समेत मुल्याङ्कन गरी नेकपाले तत्काल चुनावी कार्यनीतिमा प्रयोग गर्ने नीति पारित गर्यो । कार्यदिशामा फरक होइन । नीति विचार र सिद्धान्तमा फरक होइन । यहि चुनावी विषयलाई निहु वनाएर नेकपावाट कंचन र सुदर्शन समुह पार्टी विभाजन गर्ने तिर पुग्यो । यो नेपाली कम्युुनिष्ट आन्दोलन भित्रको चरम अराजकतावाद हो । अहिले सम्म पार्टी विभाजन विचार सिद्धान्तमा नमिल्दा हुने गरेका छन । तर पार्टी भित्रको कुनै कुरामा चित्त नवुझदा पार्टी सिस्टमलाई तोडमोड गर्दै पार्टी फुटाउनु जाहेज होइन । यो पछिल्लो कम्युनिष्ट क्रान्तिकारी आन्दोलन भित्रको अराजकतावादको चरम उपज हो । पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशा नवुझनु समस्या हो । विगतमा पनि क्रान्तिकारीहरुले चुनाव प्रयोग गरेर क्रान्तिको तयारी गरेको कुरा विर्सिनु हुदैन । चुनावमा भाग लिदैमा पुरै संसोधनवादी र नलिदैमा पुरै झर्रा क्रान्तिकारी हुने विषय होइन । यो त दृष्टिकोणमा भरपर्ने विषय हो । के दुष्टिकोणमा चुनावमा जाने र के गर्ने ? के नगर्ने ? भन्ने विषयमा भरपर्छ । यो कुरा नवुझनु र हतारमा निर्णय गर्नु अराजकतावादको धर्म हो ।

उदाहरणका लागि सन् १०१२ मा रुसमा ड्युमा (संसद) रुसी समाजवादी पार्टीले प्रयोग गर्यो । ड्युमाको चुनावमा १५ मजदुर प्रतिनिधिहरु चुनिए । ६ वोल्सेभिकहरुले १० लाख र ७ मेन्सेविकहरुले २ लाख जनमत प्राप्त गरेका थिए । क्रान्तिकाल कै वेला पार्टी भित्रको दुवै धार चुनावमा गए । तर दुवै धारको दृष्टिकोणमा भने फरक थियो । मेन्सेविकहरु पुजीपतिवर्गको पक्षपोषण गर्दथे भने वोल्सेभिकहरु मजदुर किसानवर्गको पक्षपोषण गर्दथे । वोल्सेभिकहरु जसरी पनि रुसमा क्रान्ति सफल वनाउन चाहान्थे । अन्ततः फ्रेवअरी क्रान्ति हुदै अक्टोवर क्रान्ति सम्म गएर रुसलाई लेनिन र स्तालिनको नेतृत्वमा मुक्त गरियो । यो क्रान्तिकारी कदम थियो । लेनिनले चुनावलाई क्रान्तिकारी कदममा वदल्नु भएको थियो । यसलाई संसदीय संसोधनवाद अहिले सम्म कसैले भन्न सकेको छैन । या त कंचन सुदर्शनहरुले लेनिनको चुनाव प्रयोग पनि संसदीय संसोधनवाद हो भन्न सक्नु पर्यो ? के हिम्मत छ !

यता हाम्रै देशमा पनि २०४८ सालमा तत्कालिन नेकपा एकता केन्द्र नामको पार्टी जनमोर्चाको नाममा संसदीय चुनावमा भाग लिएको होइन ? जनयुद्धको तयारीका रुपमा संसदवादलाई प्रयोग गरेको होईन ? त्यो निर्णयमा कंचन र सुदर्शनले समेत सहमति जनाएका होइनन् ? आज के को संसदीय संसोधनवादको नारा लगाएको महासय ! यो तपाईको कुण्ठा अराजकता वाहेक अरु कुनै तर्क छैन । दृष्टिकोणमा क्रान्ति छ भने जति सुकै वाटो घुमाउरो हिडेपनि उ क्रान्ति विजय सम्म पुर्याउन सक्छ । तर दुष्टिकोणमा नै खरावी छ भने जतिसुकै क्रान्तिकारीको रटान गरे पनि उ प्रतिक्रान्तिको सेवा गर्छ । आज कंचन र सुदर्शनमा दुष्टिकोणको समस्या हो । जव दृष्टिकोण खराव हुन्छ अनि अराजकताको जन्म हुन्छ । कुण्ठाको जन्म हुन्छ । त्यो वढदै जाँदा क्रान्ति विरुद्ध प्रयोग हुन्छ । प्रतिक्रियावादमा पतन हुन्छ । यसमा जोकोही इमान्दार क्रान्तिकारीहरु सजक वन्न जरुरी छ । मुख्यगरी कञ्चन र सुदर्शसनमा अहिले देखिएको समस्या भनेको दार्शनिक रुपमा यान्त्रिकतावाद र अधिभूतवाद, आर्थिक रुपमा पूजीवादी अराजकतावाद, राजनैतिक वैचारिक रुपमा विचलनवाद, सांगठनिक रुपमा गुटवाद र फुटवाद,साँस्कृतिक रुपमा छाडा अराजकतावाद हो । यो समस्या वाट मुक्त नभए सम्म क्रान्ति अगाडि वढ्न सक्दैन ।

“फुटवादी,अराजकतावादी र उदारवादीहरु क्रान्तिकारी आन्दोलन, क्रान्तिकारी नेतृत्व र क्रान्तिकारी पार्टी विरुद्ध छन । यसलाई परास्त पार्नै पर्छ । उनीहरुको भ्रममा रहेका सच्चा क्रान्तिकारीहरु वाहिर आउनै पर्छ । क्रान्तिकारी विचार र नेतृत्वको वरिपरि गोलवन्द हुनुपर्छ ।  अनि मात्र क्रान्तिको विजय हुनेछ । त्यसका लागि सवै क्रान्तिकारीहरुले अराजकतावाद र उदारवादको भण्डाफोर गरौं र वहिष्कार गरौं ।”

(ख) उदारवाद बारेः
अराजकतावादको अभिन्न अंगको रुपमा उदारवाद पनि जोडिएको हुन्छ । व्यवहारतः फरकपन जस्तो देखिए पनि प्रवृति भने साझा अथवा एउटै हो । दिशाहिन राजनीतिक वाटोको यात्रामा यी दुई हुन्छन । उदारवादले सवै भन्दा आफू क्रान्तिकारी देख्ने गर्छ । तर उ चाहि कहिल्लै क्रान्तिकारी हुन सक्दैन । उदारवादले विचारधारात्मक संघर्षलाई इन्कार गर्दछ । सिद्धान्तहिन क्रान्तिको पक्ष लिन्छ । यसले एउटा पतनशिल र असभ्य प्रवृति जन्माउछ । पार्टी र क्रान्तिकारी संगठनहरुका कुनैै इकाईहरु व्यक्तिहरुलाई राजनैतिक पतनको दिशामा लैजान्छ । उदारवाद विभिन्न किसिममा प्रकट हुने गर्दछ । यसका ११ वटा किसिम छन् । यहाँ प्रस्तुत गर्दा सान्दर्भिक ठानेको छु ।

१) कुनै व्यक्तिले गलत बाटो लिएको कुरा स्पष्ट हुदा –हुदै पनि साथी तिर मितेरीको निम्ति स्थितिलाई लथालिङ्ग हुन दिइरहन्छ । त्यो व्यक्ति पुरानो चिनारु परिचित एउटै ठाँउको वासिन्दा विद्यालयको घनिष्ठ मित्र पुरानो सहकर्मी वा पुरानो सहयोगी हुनाले उचित सिद्धान्तको आधारमा तर्क वितर्क नगर्नु यस समस्यालाई समाधान गर्नुको सट्टा सो व्यक्तिसित सू–सम्वन्ध कायम राख्ने मनसायले वोक्रे पाराले हेर्नु त्यसको परिणामः स्वरुप संगठन व्यक्ति दुवैलाई हानी नोक्सानी हुन जान्छ त्यो ‘पहिलो किसिमको उदारवाद’ हो ।

२) सक्रियताका साथ संगठनको अगाडि आफ्नो सजाय राख्नुको सट्टा एकान्तमा गएर गैर जिम्मेवारीपूर्ण आलोचना गर्नु मानिसहरुको मुखमा केही नभन्नु उनीहरुको कानपछि कुरा काट्नु सामूहिक जीवनको सिद्धान्त प्रति एकरति आधार भाव नदेखाउनु तर आफ्नै तरिका अनुसार चल्नु यो ‘दोस्रो किसिमको उदारवाद’ हो ।

३) कुनै कुराले आफूलाई सोझो अवसर गर्दैैन भने त्यसलाई अलपत्र हुन दिइरहनु, गलत कुरा राम्रो संग वुझदा –वुझदै पनि गल्ती भइसकेपछि थोरै वोल्नु,आफ्नै दुनो सोझ्याउनु, आफ्नै नाक जोगाउनु, छुट पाउन खाली दोष पन्छाउन खोज्नु यो ‘तेस्रो किसिमको उदारवाद’ हो ।

४) आदेशको पालन नगर्नु,आफ्नै रायलाई सर्वोच्च स्थानमा राख्नु, संगठनसित विशेष व्यवस्थाको मात्र कुरा गर्नु तर उसको सल्लाह नमान्नु यो ‘चौथो किसिमको उदारवाद’ हो ।

५) एकता गर्ने कि प्रगति गर्नेमा उचित तरिकाले कार्य संचालन नगर्ने हुनुले गलत विचारहरुका विरुद्ध संघर्ष वा वाद विवाद चलाउनुको सट्टा व्यक्तिगत आक्षेप लगाउदै झगडा सुरु गर्नु वा व्यक्तिगत इस्या,रोस प्रकट गर्न वा साँटो फेर्न खोज्नु यो ‘पाँचौ किसिमको उदारवाद’ हो ।

६) गल्ती विचार सुनेपछि तीनको खण्डन नगर्नु आफ्ना क्रान्तिकारी र प्रतिक्रान्तिकारी कुराहरुको रिपोर्ट नदिनु केही कुरा नचलाउनु वा भएको छैन जस्तो गरी शान्त ढंगले ती कुरा सुन्नु यो ‘छैटौं किसिमको उदारवाद’ हाे ।

७) जनताको माझमा रहेर पनि प्रचारको आन्दोलन नचलाउनु वा वैठकमा नवोल्नु,सुझवुझ र सोधपुछ नगर्नु तर त्यसको सट्टा जनसमुदायहरुलाई अव्यवस्थाको दृष्टिले हेर्नु,तीनको सुख सुविधा प्रति ध्यान नदिनु आफू कम्युनिष्ट हौ भन्ने कुरा विर्सेर साधारण कम्युनिष्ट झै व्यवहार गर्नु यो ‘सातौं किसिमको उदारवाद’ हो ।

८) कसैले जनसमुदायको स्वार्थमा हानी नोक्सानी गरिएको कुरा पनि क्रोधको अनुभव नगर्नु, हल्का रुपमा लिनु, तर्क वितर्क गर्नुको सट्टा उसलाई यस गर्न दिइरहनु यो ‘आठौं किसिमको उदारवाद’ हो ।

९) निश्चित योजना वा दिशा वेगर काम गर्नु , मन लगाएर काम नगर्नु, लाहप्रवाहीका साथ जेनतेन आफ्नो काम गर्दै ‘म वौध भिक्षु रहुन्जेल घण्ट वजाई रहन्छु’ भन्ने हिसावले दिन काट्दै जानु यो ‘नौं किसिमको उदारवाद’ हो ।

१०) आफूले क्रान्तिप्रति ज्यादै ठुलो योगदान गरेको छु भन्ने ठान्नु । आफूलाई धुरन्धर ठान्दै फुई मार्नु अथवा सेखि मार्नु, साना तिना कामहरुलाई हेलाको दृष्टिकोणले हेर्नुृ तर ठुला– ठुला काम गर्न खुवी लगाएर एकता नगर्नु काममा लाहप्रवाही गर्नु अथवा ध्यानमा अल्छि हुनु । यो ‘दसौं किसिमको उदारवाद’ हो ।

११) आफ्ना गल्तीहरु वारे सजक हुदा –हुदै पनि तीनलाई सच्चाउने प्रयास नगरी आफू प्रति उदार दृष्टिकोण लिनु यो ‘एघारौं किसिमको उदारवाद’ हो ।

निश्कर्षः यो लेखमा उल्लेखित अराजकतावाद र उदारवाद भन्ने शिर्षकमा धेरै चर्चा गरिएको छ । यी शव्दको प्रवृतिगत चर्चा पनि भएको छ । वास्तवमा अराजकतावाद र उदारवाद कस्तो हुन्छ ? भन्ने कुरा हामी सवैलाई वोध भयो होला । यो दुवै प्रवृति क्रान्ति विरुद्ध र सर्वहारावर्गको मुक्ति विरुद्ध छ भन्ने कुरा छर्लङ्ग छ । यहाँ कोही कसैले ढाँटेर ढाँटीने विषय होइन जस्तो लाग्छ । मैले नै जानेको छु । मै नै ठुलो हुँ । म भन्दा ज्ञानी यो संसारमा कोही छैन । अरु सवै मुर्ख हुन भन्ने जस्ता कुतर्कहरु यी दुवै प्रवृतिले प्रकट गर्दछन । अझै यो प्रवृतिले आफू भन्दा अरु कोही नै क्रान्तिकारी छैनन् भन्ने देख्दछ । क्रान्तिका वडा –वडा कुरा गर्छ । संसोधनवादको विरोध गर्छ । तर त्यही संग छद्म रुपमा घाँटी जोड्दछ । अन्ततः पयानवादमा पतन हुन्छ । देङसेवपीङ्ग,कार्लकाउस्सी,वर्नस्टिन र ख्रुश्चेवहरुको विरोध गर्दछ । तर आफै नै त्यही वाटो हुदै पतनको दिशातिर गइरहेको हुन्छ । सारतः यो प्रतिक्रियावादलाई सहयोग गर्छ । यसअर्थ यी दुवै प्रवृति अहिले नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा तिव्र रुपमा देखा परेको छ । नेकपावाट फुटेको कथित धर्मेन्द्र सुदर्शन समुह अहिले यसको मतियार हुदैछ ।

क्रान्तिकारी जामा पहिरिदै भ्रम पैदा गरिरहेको छ । जुन समुहसंग ७९ जना सिंगो नेकपाको केन्द्रीय समितिका सदस्यहरु मध्यवाट जम्मा ११ जना केन्द्रीय सदस्यहरु सहभागी छन । वाँकी ५८ जना विप्लवले नेतृत्व गरेकै नेकपा संग सक्रिय रुपमा क्रान्तिकारी लाईनमा लागेका छन । यो तथ्यलाई अराजकतावादी र उदारवादी तत्वले स्वीकार गर्न नसक्नु क्रान्ति विरुद्धको कदम हो । त्यसलाई तोडमोड गर्दै नयाँ वनेको भनिएको पार्टीको नाम नै नेकपा (वहुमत) राखिएको छ । जो अल्पमतमा छ त्यसको नाम कसरी वहुमत हुन्छ ? यो प्रश्न नेपाली राजनीति वृतमा गम्भीर छ । गाउँघरमा भन्ने गरिन्थ्यो ‘जुन गोरुको सिंग छैन उसको नाम तिखे’ भने जस्तै हो । ‘जो चोर उसको ठुलो स्वर’ भने जस्तै जो पलायनवादी विर्सनवादी वाटोमा छ उ क्रान्तिकारीको जाम पहिरिदै छ ।

पार्टी एउटै हुदा कार्वाही गरिएका केही व्यक्तिलाई उचालेर केन्द्रीय समिति वनाउने नाटक गरिएको छ । झारपात र फोहोरको डंगुरलाई केन्द्रीत गरेर पार्टी वनाइएको छ । यो आफैमा खराव हो । यो खराव आचारण भएका व्यक्तिहरुको समुहले क्रान्ति गर्ने कल्पना पनि गर्न नसकिने स्पष्ट नै छ । यो केवल अराजकतावादीहरुको झुण्ड हो भन्दा फरक पर्दैन जस्तो लाग्छ । यो झुण्ड अथवा फुटवादी,अराजकतावादी र उदारवादीहरु क्रान्तिकारी आन्दोलन,क्रान्तिकारी नेतृत्व र क्रान्तिकरी पार्टी विरुद्ध छन । यसलाई परास्त पार्नै पर्छ । उनीहरुको भ्रममा रहेका सच्चा क्रान्तिकारीहरु वाहिर आउनै पर्छ । सच्चा क्रान्तिकारी विचार र नेतृत्वको वरिपरि गोलवन्द हुनुपर्छ । अनि मात्र क्रान्तिको विजय हुनेछ । त्यसका लागि सवै क्रान्तिकारीहरुले अराजकतावाद र उदारवादको भण्डाफोर गरौं र वहिष्कार गरौं । (लेखक बसन्त विक जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस