विप्लव कार्यकर्ताले वनाएको पुल सेनाले भत्कायो, फेरी वनाए

भाद्र ४ कालिकोट । कालिकोट जिल्लाको राष्कोट नगरपालिका स्थित फुगगाड खोलामा विप्लव कार्यकर्ताले वनाएको अस्थायी पुल नेपाली सेनाले भत्काए पछि फेरी विप्लव कार्यकर्ताले नयाँ वनाएका छन ।

गत श्रावण १३ गते आएको वाढी पहिरोले खोलामा भएको झोलुङ्गे पुल र वेलिव्रिज वगाएको थियो ।

पुल र वेलिव्रिज वाढीले वगाएपछि पचलरझरना,पलाँता गाउँपालिका, वाजुरा, मुगु र हुम्ला वाट आवत जावत गर्ने मानिसलाई अफ्ठेरो परेको थियो ।

जनताको अफ्ठेरोलाई समाधान गर्न विप्लव नेतृत्वको नेकपा कालिकोटले श्रावण ३० गते अस्थायी पुल वनाएर जनतालाई आवत जावतमा सहजता प्रदान गरेको थियो ।

विप्लव कार्यकर्ताले पुल वनाएको थाहा पाएपछि नेपाली सेनाको टोलीले यहि भाद्र १ गते त्यहाँ पुगेर विना कारण पुल भत्काएको छ ।

सेनाले पुल भत्काएपछि जनताको आवत जावतमा निकै कठिनाई भयो । जनताले एउटा फलामको तारमा ज्यानलाई जोखिम राखेर जनही ५०० मान्छेको र प्रति भारी ३०० सय रुपैया तिरेर आवत जावत गर्नु पर्ने वाध्यता भयो ।

नेकपाका कार्यकर्ताले वनाएको पुल सेनाले भत्काएको खवर पुनः नेकपा पार्टी कार्यलयमा पुग्यो । त्यसपछि नेकपा कार्यकर्ताले भाद्र ३ गते दुई दिन पछि खच्चर हिडन मिल्ने सहितको नयाँ पुल वनाएका छन ।

पुल निर्माण भएपछि भुराबगड, घाटाचौर, भैसासैन, जारकोट थिर्पु बजार हुँदै बाजुरा, मुगु, हुम्ला जिल्ला सम्म पुग्ने यात्रुहरुलाई सहज भएको छ । सेनाले पुल भत्काए पछि दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने सर्वसाधारणहरुलाई समस्या परेको थियो ।

राज्यले विप्लव नेकपा माथि प्रतिवन्ध लगाएकै कारण विप्लव कार्यकर्ताले गरेको विकास निमार्ण सेनालाई नपचेको हुन सक्ने स्थानीयले वताएका छन ।

तर अहिले नेकपा कार्यकर्ताले खच्चर हिड्ने सम्मको पुल वनाएपछि सर्वसाधारणहरु निकै खुसी भएको नेकपा जिल्ला सेक्रेटरी रणदिप ऐडीले वताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस