बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु


४ असोज, वाँके । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । यो सँगै बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गत भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । प्लाज्मा थेरापीबाट उपचार गरिएका उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार जारी थियो । तर गएराति साढे ११ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनु भएको छ । उनमा दुवैतिरको फोक्सोमा निमोनिया देखिएको श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस