खुसी र समृद्ध परिवारका लागि पारिवारिक बैठकको महत्व

के तपाई सफल हुन चाहनु हुन्छ ? त्यसोभए पहिला आफ्नो परिवारको राम्ररी हेरचाह गर्नुहोस् । आफ्नो परिवारलाई मेलमिलापमा राख्नेहरु नै सफल मानिसहरु हुन् । मानिसहरुलाई तिनिहरुको परिवारको आदर्श बाक्य के हो भनेर सोध्दा प्रायःले घर खुसी हुँदा सवै ठीक हुन्छ भन्ने गर्छन । परिवारमा मेलमिलाप रह्यो भने सवै कुरा राम्रो हुनेछ भन्ने अर्थ हो । परिवार चाहि समाज र देशको आधार हो जीवनको शुरुवाति बिन्दु पनि हो । त्यसकारण परिवार मिलापमा रहेमा समाज बलियो र देश स्थिर हुन्छ ।

यदि परिवारमा शान्ति छ भने पढाई होस् अथवा काम जे गर्दा पनि त्यसमा रुचि लाग्छ । आनन्द साथ घरवाट छुटेर काममा जाँदा कुशलतापूर्वक काम गर्न सकिन्छ अथवा के घरपरिवारसंग ठुलो झगडा गरेर घरवाट रिसाउँदै निस्किदा कुशलतापूर्वक काम गर्न सकिन्छ ? वास्तवमा सहकर्मीहरुसंगको झगडा र परिवारसंगको झगडाको वारेमा अध्ययन गरेका एक जना बेलायति प्राध्यापकले आफ्नो अनुसन्धानको परिणाम सुनाएका थिए । घरायसी मामिलाको बढि चिन्ता गर्ने मानिसहरु काममा ध्यानदिन सक्दैन र त्यसले सहकर्मीहरुमा पनि नकारात्मक प्रभाव पर्छ, अनि घर फर्कदाखेरी पत्नीसँगको उनीहरुको झगडाले झन खराव रुपमा लिन्छ । घरको वातावरणले मानिसमा बिशेष गरी बच्चा र युवाहरुमा ठुलो प्रभाव पार्छ ।

एक अमेरिकी अनलाईन समाचार श्रोत हफिङटनपोष्टको रिपोर्ट अनुसार हप्तामा ३ पटक आफ्नो परिवारसंग खानाखाने बच्चा तथा किशोर किशोरीमा तौल बुद्धि हुने सम्भावनाको साथै असन्तुलित खानाखाने बानी अथवा अस्वस्थ खानाखाने बानीको सम्भावना कम हुने गरेको पाईयो । अर्को अनुसन्धानले पनि आमाको साँचो स्याहारले बच्चाहरुमा प्रतिरक्षा प्रणाली प्रवल हुने गरेको कुरा देखायो । प्रोटिनको कमीले संक्रमणश्राव हुने हुँदा प्रबल प्रतिरक्षा प्रणालीका कारण रोग लाग्ने सम्भावना कम हुन्छ । आफ्ना वुवा र आमालाई हेर्दै हुर्केका बच्चाहरुले आफुमा पनि बलियो मानसिक स्थिरता छ भन्ठान्छन् ।

वुवासंग बलियो पारिवारिक सम्वन्ध भएका बच्चाहरु फुर्तिला र तनावलाई सजिलै जित्ने हुन्छन । खुसी परिवारमा बच्चा उपद्रवी हुने सम्भावना न्यून हुन्छ । केही गरि उपद्रव गरिहाले भने पनि तिनीहरुले तुरुन्त मन फर्काउछन्, किनभने खुसी परिवारका बच्चाहरुले आफु फर्किनुपर्ने ठाँउ छ भनेर महसुस गर्छन । स्थिर घरेलु वातावरणमा हुर्केका बच्चाहरु शान्तमनले पढाई गर्न सक्छन्, तिनीहरुको मानसिक क्षमताको पनि विकास हुन्छ । यसरी घर आरामदायक गुंडको रुपमा सञ्चालन हुँदा बच्चाहरुले शारिरीक र आत्मिय दुवै रुपमा स्वस्थ जीवन पाउन सक्छन् ।

संसारमा सवैभन्दा अमुल्य कुरा के हो भनेर सोध्दा प्रायः मानिसहरुले परिवार हो भन्छन । परिवारको जिम्मेवार भएका अधिकाँश परिवार प्रमुखहरु भन्छन् कि तिनीहरुले धेरै कमाउन चाहेको चाहिँ परिवारकै लागि हो । तर परिवारकै खुसीका लागि हो भन्दै काममा मात्र बढि ध्यान दिनेहरु पनि हुन्छन् । परिवारको लागि समय छैन पछि सफलता हासिल गरेपछि बल्ल आफ्ना बच्चाहरुसंग समय बिताउनेछु भन्नेहरु पनि हुन्छन् । त्यसो भन्ने मानिसहरुले बितेको समयलाई कहिल्यै फर्काउन सकिदैन भन्ने कुरालाई बेवास्ता गरिरहेका छन् । संसारका सर्वाधिक धनीहरुको सुचीमा पर्ने वाल्मार्टका संस्थापक सामवाल्टनले आफुले जीवन ब्यर्थमा खेर फालेको कुरा बताएकाछन् । तिनि सधै काममा ब्यस्त भएकाले परिवारलाई हेर्ने समय थिएन, यहाँसम्म कि तिनलाई तिनका आधा जति नातिनातिनाहरुको नाउँसमेत याद छैन । के साँच्चै तिनलाई सफल भन्न मिल्छ त ?

एकै समयमा दुई वटा खरायोलाई पर्कनु सजिलो छैन । काम र परिवार पनि यस्तै नै हो । परिवारले पर्खिरहेको छ भन्दै सहकर्मीहरुसंगको जमघटमा सहभागी भइएन भने सहकर्मी दुःखित हुनेछन् । अनि बच्चा बिरामी हुँदै पिच्छे हाकिमलाई छुट्टि माग्न पनि अप्ठ्यारो कुरा हो । यो नै तीतो यथार्थता हो । अरुभन्दा परिवार पहिला आउछ भन्ने कुरालाई नविर्सनु चाहिँ महत्वपुर्ण हो । आफ्नो परिवारलाई समय दिन नसकिने, इन्कार गर्न नमिल्ने जटिल अवस्था आइपरेमा परिवारजनसित माफीमाग्दै निरन्तर प्रेम ब्यक्त गर्नुपर्छ । यदि तपाईको परिवार खुसी छैनभने समाजमा तपाईको सफलताको के लाभ रह्यो र ? समाजमा सफल मानिस भएर मनग्गे धन कमायता पनि यदि संगै हाँस्ने र हृदयबिदारक कुराकानी बाँड्रन सकिने परिवार साथमा छैन भन्ने शुन्य लाग्नेछ ।

आफ्नो कम्पनीको बृद्धि वा सफलताको निम्ति वरु परिवारलाई त्याग्नु ठीक छ भन्ने सोचाई छ भने त्यो सोचाई परिवर्तन गर्नुहोस् । काममा थकित भएर घर फर्कदा, आफुलाई स्वागत गर्ने परिवार छ भने तपाई खुसी र सफल ब्यक्ति हुनुहुन्छ । एउटा सर्वेक्षणले कोरियाको कुनै प्राथमिकता तहका ६९४६ जना बिद्यार्थीहरुलाई खुसीको निम्ति सवैभन्दा आवश्यक पर्ने कुरा के हो भनेर सोध्दा तिनीहरुमध्ये ४३६५ ले मिलापी परिवारलाई छाने । परिवारमा मेलमिलाप छ भने खुसीआफै आउछ । घर मिलापी हुँदा सवै कुरा ठीक हुन्छ भन्ने भनाईको अर्थलाई मनन् गर्दै हामीहरु आफ्नो परिवारलाई अझ प्रेम र खुसी दिऔ । तव हाम्रा सम्पूर्ण चाहनाहरु पुरा हुनेछन् ।

खुसी परिवार र समृद्ध परिवार बनाउनका लागि पारिवारिक बैठक महत्वपुर्ण हो । यदि पारिवारिक बैठक भयो भने सुखी र शान्त परिवारको रुपमा बिकास हुदै जान्छ । हरेक औपचारिक संस्था, कार्यालयहरुमा बैठक वस्ने चलन लामो नै भैसक्यो, जुन वैठकवाट संस्था तथा कार्यालयका सामुहिक निर्णय गर्ने र सवै सदस्यहरुमा जोस र जागर सहित भावी योजना बनाउने चलन छ र सोहीअनुसार प्रगतिहरु पनि भैरहेका हुन्छन् संगठन संचालनको निम्ति बैठक स्वभाविक र अपरिहार्य हुन्छ । परिवार पनि समाज निर्माण गर्ने एउटा संगठन हो , जसमा समझदारी र सहमतीको निम्ति बैठक आवश्यकहुन्छ ।

तपाई हामी कसैले पारिवारिक बैठक गर्ने गर्नुभएको छ ? भनेर सोध्यो भने एक अर्कासित मुश्किलले भेट हुन्छ । मेरा बच्चाहरु अझै सानो छ, घर वैठकमा खै के कुरा गर्ने र ? उनीहरुले मैले भनेको सुने भईहाल्यो नि, बैठक किन चाहियो र ? यसरी प्राय ः मानिसहरु पारिवारिक बैठक तथा भेला आवश्यक नरहेको कुरा बताउने गर्दछन् । ब्यस्त औद्योगीक, कामको दैनिक चटारो, जागिर, ब्यवसाय लगायतका थुप्रै ब्यस्थताको कारण देखाएर घर बैठक कहिल्यै बस्ने गरिएको पाईदैन । घरपरिवारका सदस्यहरुको दैनिकब्यस्त हुने कारण बुवा बाहिरको काममा, आमा घरायसी काममा, छोराछोरीहरु बिद्यालयको अध्ययनमा ब्यस्त रहने गर्छन, यसकारण प्रायः जसो परिवारमा धेरै सदस्यहरु नभएता पनि पारिवारिक बैठक भेला गाह्रो हुन्छ । बैठक भईहाल्यो भने पनि बताउने कुरा खासै नभएकोले कोही बैठकको बिचैमा उठेर जाने गर्दछन् ।

पारिवारिक बैठक चाहीँ परिवार भित्र उब्जेका ठुला साना समस्याहरुलाई हल गर्ने पहिलो कदम मात्र होईनकि परिवारजन बिच मेलमिलाप र नजिकको सम्वन्ध बनाउने संचार माध्याम पनि हो । यदि तपाइले अझैसम्म गरि हेर्नुभएको छैन भने अवदेखी नै भएपनि गरि हेर्नुहोस् । शूरुमा अलि अनौठो लाग्न सक्ला, तर पछि बिस्तारै तपाईले र तपाईको परिवारले अर्को बैठक कहिले हुने होला भनेर पर्खन थाल्नुहुनेछ ।

पारिवारिक बैठक गर्नुको राम्रो पक्ष: जुनसुकै परिवारमा पनि ब्यक्तिगत बिचारहरुलाई आपसमा बाँडेर वार्तालाप गर्न सकिन्छ । यो कुरालाई मध्येनजर गर्ने हो भने पारिवारिक भेला चाहि इमान्दार भएर हृदय खोल्ने एकदमै राम्रो अवसर हो । प्रत्येक सदस्यको सोचाई र महशुस जान्न सकिने भएकाले श्रदयहरु बीचको आपसी सम्वन्ध मजवुत बनाउन सकिन्छ । यसका साथै सदस्यहरुले एक अर्काको सोचाई र रुचीको ख्याल राखेको कुरालाई बिश्वास गरेर आफ्नो उपस्थितिलाई अझ महत्वपूर्ण ठान्न पुग्नेछन्

पारिवारिक भेलामा वुवाआमाले एकतर्फी निर्णय लिने गर्नुभएको कुरा उठ्यो भने कुराकानीको सिमा बढ्ने गर्छ । एकसाथ नियम बनाउने र समस्याहरु समाधान गर्ने गर्यो भने सवै जना एउटै डुड्डामा यात्रा गरिरहेका छन् भन्ने महशुस हुनेछ । यसो गर्दाखेरि परिवारका सदस्यहरु बिच टिमवर्क हुनुको साथै घरमा कलह, झगडा वा द्धन्द्ध पनि कम हुने गर्दछ ।

पारिवारिक बैठक नियमित बन्यो भने छोराछोरीहरुले पनि आफ्ना बिचारहरु अभिब्यक्त गर्ने मौका पाउनेछन् भने बालबालिकाहरुको घरवाट अर्थपूर्ण सहभागीता सुनिश्चित हुनेछ । त्यसो हुँदा बिद्रोहलाई कमगदै उनीहरुले कुन चाहि उपर्युक्त कारण वा माग होइन भन्ने जानेर एकोहोरो ढिपीलगाउने छै्रनन् । यसो गर्दै उनीहरुले अन्यब्यक्तिको बिचारलाई सुनेर बुझिदिन सिक्नेछन, अनि उनीहरुमा तर्क संगत बोली बोल्ने र बिचार ब्यवस्थित गर्ने बानीको बिकास हुन्छ ।

पारिवारिक बैठकद्धारा वुवाआमा छोराछोीहरुलाई अझप्रभावकारी ढंगले हुर्काउन सक्नेछन् र बालबालिका बिरुद्ध परम्परादेखी हुदै आएका हिँसा, गालिगलौज, कुटपिट न्युनीकरण हुदै जानेछन् । छोराछोरीहरुको अनुरोधलाई नकार्नुको सट्टा यसवारे पारिवारिक बैठकमा कुरा गर्दा कसो होला ? अर्को बैठकको बिषय राम्रो हुने भयो भनेर भन्न सक्नुहुन्छ । वुवाआमाले छोरा छोरीहरुको अनुरोधलाई पारिवारिक बैठकको बिषय बनाउदा अनावश्यक बिवाद हुन पाउदैन र अर्को पारिवारिक वैठकसम्म समस्याहरुले ठुलो रुप लिन सक्दैन ।

नियमित रुपमा पारिवारिक भेला गर्ने एक जना गृहिणीले छोरा छोरीहरु प्रति गनगन गर्दा थकित भएर आफु उनीहरु वाट टाढिदै गएको जस्तो लागेको अवस्थामा पारिवारिक बैठक भयो भने समस्या समाधान हुने गर्दछ । पारिवारिक बैठकले घरपरिवारका सवै सदस्यहरुमा माया ममताबढ्ने र घरपरिवारको लक्ष्य पुरा हुने मार्गमा जाने हुन्छ ।

पारिवारिक बैठक गर्दा कस्तो कुरा गर्नुपर्छ: पारिवारिक बैठक शुरु गर्नुअघि परिवारजनको राम्रो पक्षवा सुधार हुदैगएको पक्षलाई लिएर प्रशंसा गरिदिने अथवा आफु भाग्यमानी भएको कुरा आपसमा बाडुनु पर्दछ ।यसो गर्नाले तपाईले परिवारको मनोबल बढाउन सक्नुका साथै उज्यालो र मैत्रीपुर्ण माहोल बनाउन सक्नुहुन्छ । पारिवारिक बैठकको शिर्षक चाहि सवै सदस्यहरुले साझा गर्न सक्ने, जुनसुकै बिषयमा राख्दा पनि हुन्छ । फोहोर संकलन, घरसरसफाई, खेतिपातिको काम जस्ता घरायसीकामहरु बिभाजन, परिवारजनलाई असुबिधा भएको पक्ष अथवा सुधार गर्नुपर्ने पक्ष सम्वन्धि केहि नियम बनाउने कुरा गर्नु भएपनि हुन्छ । परिवारको आर्थिक अवस्था अथवा जन्मदिन, राष्ट्रिय बिदा, बिद्यालय परिक्षा, बिद्यालय नियमितता जस्ता आगामी कार्यक्रमवारे छलफल गर्नु भएपनि हुन्छ ।

यसका साथै कुनै मेन्यु बनाउनलाई सवैको रायहरु संकलन गर्दा पनिहुन्छ । पारिवारिक वैठक वस्दा सवैले सजिलै पहुँच हुन सक्ने ठाँउमा छलफलको बिषयलाई टाँसेर राखिदिनुभयो र बैठकअघि परिवारजनलाई यसवारे सोच्न समय दिनुभयो भने बैठकले अझ सक्रिय रुपलिनेछ । निर्णय गरिएको कुरा सवैले याद गर्न सक्ने गरेर एक ठाँउमा टाँसेर राखिदिनु पर्दछ । यदि पारिवारिक बैठक चाहिँ कसैलाई मुल्याँकन गर्ने समय बनायो भने गम्भिर बिवाद हुन सक्छ । त्यसैले सदस्यको गल्तीलाई औल्याउने अथवा आलोचना गर्ने कुरा गर्नुहुदैन । यदि तपाई कुनै बच्चालाई अनुशासन सिकाउन चाहनुहुन्छ भने बैठकमा होइनकि अरु ब्यक्तिगत रुपमा उसित कुरा गर्नु भए हुन्छ ।

पारिवारिक बैठक गम्भीर हुनहुदैन । तपाई बिभिन्न चीजको वारेमा कुरा गर्न सक्नुहुन्छ ः एक आपसमा माफीमाग्ने कुरा, पुस्तकमा पढेको कुनै असल बाक्य,साथीवाट सुनेको रमाईला कहानी, आफुमा घटेको कुनै घटना, जीवन सम्वन्धिबुद्धि समाविष्ट असलकहानी र शिक्षा, समाजका केही मामिला र आफुले कहिकतै वाट सिकेका वा भोगेका नयाँनयाँ कुराको जानकारी गर्ने गर्नुपर्दछ । कहिले काहि तपाईले कुनै बिशेष तयारी गर्न पनि सक्नुहुन्छ: जस्तै कविता बाचन गर्ने, कुनै पुराना तस्वीर द्धारा पुरानो स्मृतिलाई याद गर्ने, घरपरिवारका सवै सदस्यहरु संगै खेल खेल्ने, एकअर्कालाई पत्र लेखेर सुनाउने, अथवा सानो तर अर्थपूर्ण उपहार आदानप्रदान गर्ने, संगै गाउने नाच्ने, मिठो भोजन सयूक्त बसेर खाने आदि गर्न सकिन्छ । यदि तपाईले यसरी भावनात्मक बन्धन बाध्नु भयो भने परिवारजनले एक अर्कालाई औधी प्रेम गर्न पुग्नेछन् र सुखी परिवार सम्मृद्ध परिवारको सुनौलो बाटो खूल्नेछ ।

पारिवारिक बैठक यसरी गर्न सकिन्छः पारिवारिक बैठकको बिषयमा सोच्दा धेरै मानिसहरुले त्यसलाई बोझको रुपमा लिने गर्दछन् । परिवार सबै एकसाथ भेला भएर कुराकानी गर्ने हो भनेर सोच्दै आरामले गर्दा हुन्छ । बैठकको निम्ति त्यस्तो ठोस प्रक्रिया नभए पनि प्राय: बैठक शुरु भएको कुरा बताएर, शिर्षकको सुझाव दिएर त्यस सम्वन्धि छलफल गर्ने कार्यसंगै बैठक समाप्त गर्नु भए हुन्छ । थप्न मन लागेको बिषयहरु थप्न सकिनेछ । प्रक्रियाहरु एकदमै जटिलभयो भने बैठक बोझ बन्न पुग्न तर माहोल अनुसार भेला लचकदार बन्यो भने उचित हुनेछ । प्रभावकारी पारिवारिक बैठक गर्दा निम्नअनुसार कार्य गर्नुपर्ने हुन्छ ।

१) पारिवारिक बैठकमा सवै सदस्यहरु सहभागीहुने गर्नुपर्दछ: पारिवारिक बैठक चाहि सवै सदस्यहरुलाई पायक पर्ने समयमा गरेमा पुरै परिवारको लागि राम्रो हुन्छ । यदि जुवाई अथवा वुहारी वा सासुससुरा पनि संगै बस्ने ब्यक्तिहो भने उहाँहरुलाई पनि सहभागी गराउनुपर्छ । सानो शिशु वाबालबालिका छ भने ऊ सुतिसके पछिको समयमा भेलागर्दा हुन्छ । यदिकुनै सदस्यलाई बैठकमा सहभागी हुन मन पर्दैैन भने बैठक हुनुको राम्रो पक्ष र त्यसको परिणामको बिषयमा बर्णन गरिदिएर उहाँलाई अर्को बैठकमा सहभागी हुने गराउनुपर्छ ।

२) नियमित रुपमा बैठक: आवश्यक पर्दा मात्र बैठक गर्ने होइनकि निश्चित मिति तोकेर नियमित रुपमा बैठक गर्नु उचित हुन्छ । हप्ताको एक चोटी बैठक गर्नु उचित हुन्छ, तर यदि कारणवस तोकिएको समयमा गर्न सकिएन भने तोकिएको दिनभन्दा एक दिन अघि वा पछि गर्न सकिन्छ । पारिवारिक बैठकलाई अन्य प्रतिज्ञा सरह महत्वपूर्ण ठान्नुपर्छ, अनि बैठकमा दखलपार्ने कुनै काम गर्नुहुदैन । टिभी खोलिएको छ भने बन्द गर्ने, फोन गर्नुपर्ने छ भने फोनमा छोटो कुरा गर्ने अथवा स्थगित गर्ने गर्नुपर्दछ ।

३) पारिवारिक बैठक संचालनमा कार्य बिभाजन गर्ने:  बैठकको नेतृत्व गर्ने सभापति र बैठकको अभिलेख राख्ने सचिव नियुक्त गर्नुहोुस्, एक जनाले नै हरेक पल्ट गर्नुभन्दा पालैपालो गर्दा हुन्छ । पहिलो पटक बैठक गर्न लागेको हो भने अथवा बच्चाहरु सानाछन् भने वुवाआमाले नै बैठकको अध्यक्षतागर्दा उचित हुन्छ तर माध्यामिक तहमा पढ्ने वा सो भन्दा माथिका बालबालिकाछन् भने उनीहरुलाई बैठक डोर्याउन लगाउन उचित हुन्छ ।

४) आपसमा आदर सुचक बोली बोल्ने: पारिवारिक बैठकको समायमा आदर सुचक बोली प्रयोग गर्दा उचितहुन्छ । आदर सुचक बोली बोल्दाखेरी सून्ने ब्यक्ति प्रति आदरको भाव लिन पुगिने हुँदाआफु स्वतः सचेत हुन पुगिन्छ । परिवारका सदस्यहरुले केही गरिदिउन भन्ने चाहँदा … गरिदिनु भए राम्रो हुने थियो भन्दै मुड खराव नहुने गरि सल्लाह र आशापूर्ण बोलीबोल्नुपर्छ ।

५) सवैलाई बोल्ने मौका दिने: पारिवारिक बैठकमा प्राय: वुवाआमा वा बयस्कले धेरै बोल्ने गर्नुहुन्छ, अनि छोराछोरीहरुले भन्दा बढि एकाधिकार चलाउने गर्नुहुन्छ । पहिला बचहरुलाई नै बोल्न दिएर उनीहरुको बिचार सुनेपछि वुवा आमा वा बयस्कहरुले बोल्दा उचित हुन्छ । हिचकिचाउने छोराछोरीहरुको अवस्थामा चाहिँ उनीहरु तयार छन् भने उनीहरुलाई बोल्न हा्रैसला दिनुपर्छ । सवैलाई बोल्ने मौका मिल्ने गरि बैठकको अध्यक्षले बिचारशीलहुनपर्छ ।

६) सर्वसहमत निर्णय लिने: बहुमतको कदरचाहि प्रजातन्त्रको सिद्धान्त हो, तर पारिवारिक बैठकमा सवै जनाको सहमतिमा निर्णय लिदा उचित हुन्छ । किनकि फरक सोचाई लिएको सदस्यलाई आफु एकलै पारिए जस्तो लाग्न सक्छ । यदि सवै जनानिर्णयमा सहमत भएनन भने अर्को उपाय सोच्ने समय लिनका निम्ति त्यसलाई अर्को बैठकसम्म रोकेर राख्नुपर्छ । त्यसो गर्दा पनि भएनभने वुवाआमाले नै अन्तिमनिर्णय लिएर छोराछोरीहरुलाई सम्झाउनु पर्छ ।

निर्णय गरिएको कुरालाई जसरी पनि कार्यन्वयन गर्ने: कुनै कुराको निर्णय लिएको छ भने त्यसलाई कार्यन्वयन गरे नगरेको निश्चित गरेर, नगरेको अवस्थाको निम्ति कुनै सजाय तोक्न सकिन्छ । सजाय चाहि अन्य सदस्यको हितहुने किसीमले हुनुपर्छ । यसो गर्यो भने सजाय पाउने ब्यक्तिीलाई खुसी मिल्न सक्छ । वुवाआमाले प्रतिज्ञा पुरा गरेर उदाहरण देखाई दिएमा छोराछोरीहरुले त्यो उदाहरणलाई पछ्याउने छन् । वुवाअमाले कुनै प्रतिज्ञा गरेर पुरा नगर्दा छोरा छोरीहरुले वुवाआमाको कुरालाई हलुका ठान्न पूग्नेछन् ।

८) ध्यानदिनुपर्ने कुराहरु: आफ्नो बिचारमा मात्रै जिद्धि नगर्ने, अर्को ब्यक्तिबोलिरहेको छ भने बीचमा नवोल्ने वा उसको आलोचना नगर्ने, धेरै योजना नवनाउने, धेरै दवाव नदिने, बैठक धेरै लामो समयसम्म नगर्ने ( एक घण्टा वा सो भन्दा कमगर्दा उचित हुन्छ ), सवै सदस्यहरु एक साथ भेला हुँदा मेलमिलाप कायम गर्न सकिने भएकाले पािरवारिक बैठक अर्थपूर्ण छ । यसकारण भेला घरमै गर्नुपर्छ भन्ने छैन एकसाथ कुनै परिकार खाँदैगर्दा वा बनभोज जाँदैगर्दा पनि भेला गर्न सकिन्छ । त्यसको अतिरिक्त लामो यात्रा जादैगर्दा पनि बैठक गर्न सकिन्छ । बैठक समाप्त भए पछि ताली बजाउने वा एक अर्कालाई अंगालो हाल्ने गर्नुहोस् त्यसो गर्दाखेरी परिवारजनलाई केहीउपलब्धी हासिल भएको महशुस हुनेछ ।

त्यसैले सुखी र सम्मृद्ध घरपरिवार हुन भनेको सुखी र समृद्ध समाज र राष्ट्र हुनु हो यसका लागि घरपरिवार वाट यसको शुरुवात गरौ र हिँसा सहितको घरपरिवार वाट बालबालिका मुक्ति हुने, घरलु हिँसाबन्द हुने, घरपरिवार मेलमिलापको बाटोमा जानुका साथै परिवारले देखेका सपना पुरा हुने मार्गमा जाने निश्चित छ । त्यसकारण पनि साप्ताहिक रुपमा भएपनि घरपरिवारलाई समय मिलाऔ । घर परिवारका सदस्यहरुका कुरा सुनौ र सिकाई आदानप्रदान गरौ ।

(लेखक बालअधिकारकर्मी बाले बिश्वकर्मा हुन)

प्रतिक्रिया दिनुहोस