४ मंसिर,रोल्पा । रोल्पाको थवाङमा मत हाल्न मतदाता नआएपछि सरकारले जनताका घरघरमा हवाई गस्ती गरेर आतंक सिर्जना गरेको छ ।
सरकारको यस्तो गतिविधिलाई स्थानीयले विरोध जनाएका छन् । आफूहरुले मतदान वहिष्कार गरेको स्थानीयले वताएका छन । दलाल संसदीय व्यवस्था वाट कुनै पनि जनताको अधिकार नपाईने भएकाले चुनाव खारेज गरेको थवाङवासीले जनाएका छन ।
दिउँसो अबेरसम्म पनि मत हाल्न कोही नगएपछि सत्तारूढ दलका नेताहरूले दबाब दिएपछि हवाई गस्ती थवाङका जनताको घर माथि घुमेको हो ।
थवाङका स्थानीयका अनुसार युद्धकालको झल्को दिने गरि घरका छानाहरु उडाउने गरि हवाई गस्ती चलाईएको बताइएको छ ।
यस्तै थवाङबासी मतहाल्न नआएपछि वेरोजगार वनेका सुरक्षाकर्मीहरु लुडो खेल्न थालेका थिए । यस्तै कर्मचारीहरु पनि वेरोजगार वनेपछि शान्त भएर आराम गर्न पाएका थिए ।