कोरोना भाइरसको संक्रमण भित्रिन नदिन रास्काेट नगरपालिकाकाे प्रवेशद्धारमा हेल्थ डेस्क

चैत्र ८, कालिकोट । विश्वभरि फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण हुन नदिन कालिकाेटकाे रास्कोट नगरपालिकाले नगरपालिकाको प्रवेशद्धारमा स्वास्थ्य चेकजाँच सुरु गरेको छ ।

हेल्थ डेस्कमा दैनिक ५० भन्दा बढिको स्वास्थ्य चेकजाँच भइरहेको रास्कोट नगरपालिका स्वास्थ्य शाखा सह इन्चार्ज हंशराज वरालले जानकारी दिनु भयाे । ‘नगरपालिका प्रवेश गर्ने जो कोहिलाई अनिवार्य स्वास्थ्य जाँच गरिहेका छौँ ।’ उहाँले भन्नु भयाे ।

उहाँका अनुसार कार्यालय प्रवेश गर्ने सेवाग्रहीलाई पनि गेटमै रोकेर स्वास्थ्यकर्मीले साबुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न सिकाइरहेका छन् । बिहिवार देखि हेल्थ डेस्क चलाएको रास्कोट नगरपालिकाले बिहीवारदेखि परीक्षणसमेत सुरु गरेको छ ।

अहिले भारत र तराई क्षेत्रवाट पहाडी घरमा फकर्नेको लर्को छ, ‘परिक्षणमा विषेश गरि भारतवाट घर फर्केका यात्रुहरुको वढि चेकजाँचमा ध्यान दिएको हेल्थ डेस्कमा कारर्यरथ स्वास्थ्यकर्मी कर्ण प्रसाद बरालले बताउनु भयाे । उहाँका अनुसार पहिलो दिनमा ४० मध्ये ३ जनामा रुघा खोकि दोस्रो दिनमा ४० जनालाइ चेकजाँच गर्दा रुगाखोकिका ७ जनामा रुघाखोकी भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस