कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली विशेषताको समाजवादी सत्ता ल्याउने अभियानमा थारु समूदायको भूमिका महत्वपूर्ण हुनु पर्ने बताउनु भएको छ ।
समाजवादी थारु मुक्ति मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेलालाई कपिलवस्तुको शिवगढीमा शनिवार सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो कुरा बताउनु भएको हो ।
उहाँले जनयुद्ध र एकीकृत जनक्रान्तिमा थारु समूदायको भूमिका ठुलो रहेको भन्दै थारु समुदायलाई धन्यवाद दिनु भयो । महासचिव विप्लवले समाजवाद ल्याउने अभियानमा पनि यो समूदायको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो ।
महासचिव विप्लवलले भन्नु भयो ‘जनयुद्धको भूमिगत कालमा थारु समुदायलयले पार्टीका नेता कार्यकर्ताको रक्षा गरेका छन, बन्दुक वोकेर लडेका छन, बलिदान दिएका छन, घाईते अपाङग भएका छन, यो सामान्य कुरा होईन, यो समूदाय सधै राज्यवाट अपहेलित र पीडित पनि छ, उत्पीडनमा छ, त्यसो भएर पनि यो समूदाय विद्रोहमा सबै भन्दा अग्रसर भएर भाग लियो ।’
महासचिव विप्लवले जनयुद्धको सपना अझै पुरा नभएको भन्दै समाजवादी क्रान्ति पुरा गरेर जनयुद्धको सपना पुरा हुने बताउनु भयो । उहाँले थारु, मगर, लगायतका जनजाति, समूदायहरुको मुक्ति प्राप्त नभएको भन्दै आफ्नो अधिकार र मुक्तिका लागि दलाल संसदीय पुँजीवादी व्यवस्था विरुद्ध लड्नु पर्ने बताउनु भयो ।
थारु समाजवादी मुक्ति मोर्चाले आम थारु समूदायहरुलाई गोलबन्द गर्दै समाजवादी व्यवस्था ल्याउने दिशामा लाग्न महासचिव विप्लवले आहवान गर्नु भयो । उहाँले राज्यका हरेक निकायमा थारु समुदायको प्रतिनिधित्व हुने व्यवस्था समाजवाद मात्र भएको ठोकुवा गर्नु भयो ।
भेलामा नेकपा स्थायी कमिटी सदस्य सन्तोष सी, युबा संगठन नेपालका उपाध्यक्ष विश्लेषण सी, किसान संगठनका सचिव बिरकुश सी,मधेश मोर्चा ईन्चार्ज बिनोद सी लगायतका नेताहरुले भेला सफलताको शुभकामना दिनु भएको थियो ।
भेलामा नेकपाका पिबिएम बिजय सी, पिबिएम बिनोद सी, केन्द्रीय सदस्य सुशिल सी, सी गार्मेन्त इन्चार्ज संगम सी, केन्द्रीय सदस्य हेमन्त सी, केन्द्रीय सदस्य सुश्मा सी, पाबेल सी, अडिग सी, बिभुत सी, माधुरी सी, शान्त सी, दिपक सी, सङगीन सी, विमर्श सी, लगायतका बिभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
भेलामा विभिन्न थारु सांस्कृति झाँकी तथा नेतृत्यहरु प्रस्तुत गरिएका थिए । यस्तै सामना सांस्कृकि परिवारले पनि विभिन्न क्रान्तिकारी गित नृत्य प्रस्तुत गरेको थियो ।