समाजवादी थारु राष्ट्रिय मुक्ति मोर्चाको दोस्रो राष्ट्रिय भेला सम्पन्न, अध्यक्षमा नाथु थारु निर्वाचित

कपिलवस्तु । समाजवादी थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेला ऐतिहासीक रुपमा कपिलवस्तुको शिवगढीमा शनिवार सम्पन्न भएको छ । भेलाले नाथु थारुको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष धनबहादुर थारु, महासचिव सिताराम थारु, सचिव गणेश थारु र कोषाध्यक्ष कामना थारु निर्वाचित हुनु भएको छ ।
यस्तै भेलावाट राजाराम राना थारु, हिक्मत चौधरी ओमी राना थारु ,अर्जुन थारु, शेरा थारु , टंक बहादुर थारु, अशोक थारु, आस्मा वैद्य, चुल्हवा थारु,, तुल्सीराम थारु, अशोक थारु,– छेदी थारु, रानु थारु , जसवन्ट थारु, चन्दन थारु,हरिकला थारु, धन बहादुर मर्दानिया थारु निर्वाचित हुनु भएको छ ।
भेलामा २ जान केन्द्रीय सदस्यको पदा खालि राखिएको छ भने खाली पदमा पछि मनोनित गरी पदपूर्ति गरिने जनाईएको छ । भेलामा नेकपाका महासचिव विप्लव सी सहित विभिन्न नेकपाा नेताहरुले शुभकामना मन्तव्य दिदै थारु समुदायको जनयुद्ध,एकीकृत जनक्रान्ति लगायतका परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस