माओबादीका बाल हुलाकीको कथा, जसको बाल्यकाल युद्धमा बित्यो

असाेज ४, कालिकाेट । कालीकोट जिल्लाको जुविथा ६ का मकर बहादुर शाही बिद्यालयमा पढाउनु हुन्थ्यो । देशमा दिन प्रतिदिन युद्धले ठुलो रुप लिदै गयो । सानो छोरा, श्रीमती र वुढी आमालाई छोडर मकर बहादुर शाही तत्कालि माओबादीको आन्दोलनमा सहभागी हुनु भयो । सानो छोरा दिलिप शाही उमेरले १२ वर्ष मात्र हुनु भएको थियो । वुवा युद्धमा गएको कसरी वुझ्नुभयो्, थाह छैन । उहाँ पनि वुवासंगै सहयात्री भएर लढाई लढ्ने भन्दै आमाको काख छोडेर माओवादी आन्दोलनमा लाग्नुभयो् ।

तस्वीरः माओबादी आन्दोलनमा सहभागी पछिको दिलिप शाही र उहाँका वुवा मकर बहादुर शाही

कक्षा पाँचमा पढ्दै थिए । वुवा युद्धमा लागेको थाह पाए । सरकारी फौज संग तिम्रो वुवा लढ्न गए भन्दै गाउँका ठुला मान्छेले भन्दा मन निकै अमिलो हुने । अनि वुवा लढ्दा म पनि वुवाको सहयोगी वनुला भनेर माओबादीमा लागे, दिलिपले कहाँनी सुनाउनुभयो् । बिद्यालयमा पनि पढ्न नपाइने दिनकै कार्यक्रम, अभियानले पढ्नु पर्छ भन्ने मनोभावना पनि । हटिसकेको थियो । त्यसैमा फेरी वुवाले पनि शिक्षण पेसा छोडेर माओबादी वनेपछि त झन पढ्ने मन लाग्ने कुरै भएन ।

२०६० सालको कुरा हो । म १२ वर्ष पुरा भएर १३ वर्षमा लागेको थिए । सुरुका केही दिन त वुवा संगसंगै थिए । पछि वुवा पार्टीको कामले टाडै जानुभयो् । म अरु साथीहरु (कमरेड) संग उहाँहरुले जे जे गर्नु हुन्छ त्यही काम गरेर वस्थे । म सानो भएकाले मलाई पत्र (चिठी) ओसार पसार गर्न लगाउथे । सानो मान्छे प्रहरी, सेनाले पनि केही नसोध्ने भएकाले मेरो काम पत्र एक ठाउवाट अर्को ठाउँ सम्म पुगाउनु मेरो दैनिकी नै थियो् ।

लामो समय सम्म दुखका दिन विताए । भाग्यले वुवा पनि वाँच्नु भयो् । म पनि वाँचे, देशमा सान्ती भयो् । चुनावमा पनि पार्टीले भाग लियो । २०६४ सालको चुनावमा म पनि १६ वर्षको भईसकेको थिए । शान्ती पछि पढ्न थाले । चुनावमा वुवा र आफुले निकै दुख गरेका थियौँ । पार्टीलाई जिताउनु हाम्रो पहिलो लक्षय थियो । जित्न पनि जित्यो । चुनाव जित्नेहरु काठमाण्डौ पुगे हामी गाउँमै । शान्ती प्रक्रियामा आएपछि वाठाटाठाहरुको हालिमुहाली भयो । हामी सिधा निमुखालाई कसले हेर्ने । आज सम्म पनि पार्टीले न वुवाको वारेमा सोधेको छ । न मेरो वारे सोधेको छ । वुवा युद्धमा गएकै पिडाले आमाको पनि निधन भयो ।

वुवा एका तिर म अर्को तिर भौतारि नै रहेका छौँ । पछिल्लो समय दुई पार्टीको एकता पछि त झन हामी जस्ता कार्यकर्ताको सोधी खोजि नै छैन दिलिपले भन्नुभयो। यस्तो होला माओबादी भनेर सोचेको भए वेलैमा ध्यान पुगाउने थियौँ  के थाह वाल्यकाल माओबादीमा चिठी वोक्दै हुलाकी हुदै बितेकाले हामीले पनि पसिना वगाएको मुल्य पाउछौँ सोचेको थिए । जिल्लामा पार्टीका नयाँ संरचना वनिरहदा जो नयाँ प्रवेशी, युद्धको नाम मात्र सुनेका त्यता मान्छेले जिम्मेवारी पाउनुभयो । मेरो वुवा र मेरो लगानी त माओवादी आन्दोलनमा बिना मुल्यको भयो । वोल्कट र नेताका पछि लाग्नेहरुले जनयुद्ध (माओवादी) आन्दोलनमा लागेको साँवा ब्याज सहित असुल गरिहेका छन् ।

एक जना आन्दोलनमा लागेको मान्छेले घरमा जति जना छन, सबैलाई रोजगारी लगाएको छ । त्यती मात्र होईन । नातागोताले समेत अवसर पाएका छन् । हाम्रो भने रगत, पसिनाको कुनै लेखाजोखा छैन् । निकै पिडाका साथ दिलिप शाहीले कथा कहाँनी सुनाउनुभयो। हातमा फोटा हेर्दा दिलिप शाही र उहाँका वुवा मकर बहादुर शाहीको । सानो टिठाउनु देखिने दिलिपले वुवासंग युद्ध सामेल पछि संगै घर आउने साइत जुर्दा खिच्नु भएको रहेछ । उहाँ जस्तै धेरै कार्यकर्ताको पिडा उस्तैछन । कसैका गोली शरिमा अझै छन् त कसैका हात छैनन् । कोही भने चिल्ला गाडीमा सँवार छन ।

प्रतिक्रिया दिनुहोस