बाढी पहिरो प्रभावितलाई राहत सहयोग

पुस ६, कालिकोट । जिल्लाको रास्कोट नगरपालिका र सान्नित्रिवेणी गाउँपालिकाका बाढी पहिरो प्रभावितलाई प्लान इन्टरनेशनल नेपाल, पेस नेपाल जुम्लाले राहत वितरण गरिएको छ ।

गत असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण घरबार विहिनी बनेका दुई वटा स्थानीय तहका २ सय घरधुरीलाई राहत वितरण गरिएको हो । अविरल वर्षाका कारण पूर्ण रुपमा घरबार विहिनी भएकालाई खाद्यन्न र आंशिक क्षति भएका घरपरिवारलाई सरसफाई किट र महिनावारी स्वच्छता किट सहयोग गरिएको छ ।

बाढी तथा पहिरो प्रतिकार्य परियोजना मार्फत बाढी तथा पहिरो प्रभावित लाई प्लान इन्टरनेशनल नेपाल, पेस नेपाल जुम्लाको साझेदारी र स्थानीय तहको सहकार्यमा एक घर बराबर १४ हजार पाँच सयको खाद्यन्न सामाग्री चामल, दाल, पिठो, गेडागुडी, केराउ, चना, चिनी, नुन, तेल, चना र अण्डा वितरण गरेकाे हाे ।

पेस नेपाल जुम्लाले प्लान इन्टरनेशनलको सहयोगमा रास्कोटका ३५ घरधुरीलाई खाद्यन्न बितरण गरेको छ भने ५५ घरधुरीलाई सरसफाई किट र महिनावारी स्वच्छता किट वितरण गरेको पेस नेपाल परियोजनाका परियोजना अधिकृत शंकर प्रसाद उपाध्यायले बताउनु भयो ।

उहाँका अनुसार सान्नित्रिवेणी गाउँपालिकाका ४० घरधुरीलाई खाद्यान्न बितरण गरिएको र ७० घरधुरीलाई सरसफाई स्वच्छता सामाग्री वितरण गरिएको बताउनु भयो ।

राहत पाएपछि खुशी हुदै रास्काेट ३ का रतिमाने सार्कीले भन्नु भयो, “वर्षाका कारण घरबार विहिनी भएका थिर्यौ, बस्ने बास र खाने गास जोहो गर्न गाह्रो भइरहेका बेला पेस नेपालले सहयोग गरेकोमा धन्यवाद दिदै भन्नु भयो, गास त पाइयो अव बासको आवश्यकता पर्यो अहिले पनि त्रिपाल मुनी रात विताउनु परिरहेको छ ।”

त्यस्तै राहत सामाग्री बुझ्दै रास्कोट नगरपालिका–८ का सर्पानन्द बरालले अन्य निकायबाट पनि राहतको अपेक्षा गरेको बताउनुभयो । अर्की पीडित सान्निवित्रेणी गाउँपालिकाकी नन्दादेवि देवकोटाले आफ्नो घर पूर्ण रुपमा क्षतिग्रस्त भएकाले अझै अर्काको घरमा बस्नु परेको दुखेसो ब्याक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस