१० फागुन, कंचनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित संसद पुनःस्थापना भए देशमा तमासा सुरु हुने बताउनु भएको छ ।
कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना भयो भने प्रधानमन्त्री खोज्ने, समीकरणमा अनेक खेल हुने, सांसद किनबेच हुने बताउनु भयो । ‘यदि विघटित संसद पुनःस्थापना भएमा देशमा तमासा सुरु हुनेछ,’ उहाले भन्नु भयो ‘त्यसपछि प्रधानमन्त्री खोज्न, पार्टी खोज्न हिड्नुपर्छ, सासंद किनबेच, भागबण्डा, बिभिन्न समीकरणको खेल चल्ने छ ।’ संसद पुनःस्थापनाका लागि अदालतमा परेको रिटबारे बोल्दै प्रधानमन्त्री ओलीले भन्नु भयो अदालतले जस्तो फैसला गरेपनि हामीलाई कुनै छटपटी हुँदैन, हाम्रो ध्यान देश बनाउने अभियानमा भएकाले जे भए पनि फरक पर्दैन ।’
देश निर्वाचनतर्फ गइसकेकाले अबको दुई र तीन दिनभित्र अदालतले मुद्दा टुंग्याउने बताउँदैै प्रधानमन्त्री ओलीले अदालतलाई धम्की दिने बानी आफूहरुको नभएको बताउनु भयो । ‘