बैशाख ९, कालिकोट । विप्लव नेतृत्व नेकपा प्रवक्ता खड्क बहादुर बिश्कर्मा ‘प्रकाण्ड’ लगायतका केन्द्रीय नेताहरू शुक्रबार कालिकोट प्रवेश गरेका छन ।
स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता गर्ने समय नजिकैदै गर्दा प्रबक्ता सहिदका नेताहरू जिल्लामा प्रवेश गरेका हुन ।
अप्रहानन ४ बजे खुलालु पु्नु भएका प्रवक्ता लगायतका नेताहरूलाई नेकपा कालिकोटले भव्य स्वागत गरेकाे छ ।जिल्ला समिति सदस्यहरुकाे बैठक तथा प्रशिक्षण सहभागी हुन नेताहरू खुलालु पुगेका हुन बैठक तथा प्रशिक्षण आजैबाट सुरु भएको छ ।
स्वतन्त्र रुपमा स्थानीय निर्वाचनमा सहभागी हुने निर्णय गरेको नेकपाले चुनावमा सहभागी हुने स्वतन्त्र उमेदवारहरुकाे टुंगो लगाउने छ ।
प्रशिक्षण तथा बैठकमा प्रबक्ता संगै पाटीका केन्द्रीय सदस्यहरु रणविर, एटम, बिराट, भिरकुटी, बलवान लगायतका जिल्ला बाहिर भएका नेताहरु पनि सहभागी छन ।
प्रतिक्रिया दिनुहोस