विप्लवका तीन कार्यकर्ता ३ वर्षको कैद सजाय भुक्तान गरि रिहा

तीन वुदे सहमति सरकारले कार्यान्वयन गरेन

८ असार,वाँके । विप्लव नेतृत्वको नेकपा वाँकेका जिल्ला स्तरीय तीन कार्यकर्ता तीन वर्ष १ महिनाको कैद सजाय भुक्तान गरि मंगलवार रिहा भएका छन ।

रिहा हुनेमा जिल्ला सदस्य प्रकाश आर्चाय,काली वहादुर परियार (कम्प्युटर) ,र तिलक गरि ३ वर्ष १ महिनाको कैद सजाय भुक्तान गरि रिहा हुनु भएको हो ।

उहाँहरुलाई रिहा भए लगत्तै जिल्ला कारागर वाँकेको गेटमा नेकपाका कार्यकर्ताले भव्य स्वागत गरि अभिनन्दन गरेका छन । सत्यको विचारलाई जति कैद गरेपनि प्राजित नहुने नेकपाका कार्यकर्ताले वताएका छन ।

उहाँहरुलाई वाँके प्रहरीले २०७५ साल जेठ ८ गते गिरफ्तार गरि संगठित अपराधको झुट्टा मुद्धा लगाएको थियो । प्रहरीले एनसेल कम्पनीमा आगजनी गरेको आरोपमा संगठित अपराधको मुद्धा लगाएको थियो ।

सरकार र नेकपा विच केन्द्रमा वार्ता भई तीन वुदे सहमति अनुसार सम्पुर्ण मुद्धा फिर्ता लिने सहमति भएपनि सरकारले मुद्धा फिर्ता लिने प्रक्रिया ढिलाई गरेकाले विप्लवका कार्यकर्ताहरुले सजाय मुक्तान गरि रिहा हुनु परेको छ ।

पार्टी माथि प्रतिवन्ध नभएको समयमा गिरफ्तार गरिएका उहाँहरु माथि संगठित अपराधको मुद्धा दर्ता गरि राज्यले दिन सम्म दुख दिएको थियो ।

राज्यको अरर्वौ राजस्व नतिर्ने र कर छलि गरिरहने एनसेन कम्पनी माथि गरिएको कार्वाहीमा नेकपाका कार्यकर्ता माथि संगठित अपराधको मुद्धा लगाउनु जाहेज नभएको विश्लेषकहरुले वताउने गरेका छन ।

मंगलवार रिहा भए लगत्तै उनीहरुले आफु माथि राज्यले अन्याय गरेको प्रतिक्रिया दिएका छन । एउटा राजनीति शक्ति माथि सरकारले गरेको यस्तो व्यवहार घिनलाग्दो भएको वताएका छन ।

संगठित अपराधको मुद्धामा ३ वर्ष १ महिनाको कैद सजाय सुनाईएका नेकपाका अर्का जिल्ला सदस्य वीर वहादुर परियार भने अझै रिहा हुनु भएको छैन ।

उहाँलाई २०७८ सालको कार्तिक २ गते रिहा हुने गरि कैदी पुर्जि दिएको छ ।

सरकार र नेकपा विच भएको तीन वुदे सहमति राज्यले इमान्दार पूर्वक कार्यन्वयन नगर्दा नेकपाका कार्यकर्ता तथा नेताहरुले झुट्टा मुद्धाको सजाय भोग्नु पर्ने वाध्यता छ ।

यस्तो छ कैदी पूर्जिः

 

प्रतिक्रिया दिनुहोस