भाद्र ६ वर्दिया । वर्दिया जिल्लाको वढैयाताल गाँउपालिकामा रहेको वढैयाताल सरसफाई ,संरक्षण र विकासको अभावमा दुर्गन्धीत वन्दै गएको छ ।
स्थानीय सरकारले सरसफाई, संरक्षण र विकास गर्न नसक्दा ताल दुर्गन्धीत वन्दै गएको हो । साविकको सोरहवा,मानपुर,र मैनापोखर गा.वि.स.लाई छोएको ताल हाल वढैयाताल गाउँपालिकाको ५ नम्वर वडामा पर्दछ ।
समुन्द्री सतह देखि १४६ मिटरको उचाईमा अवस्थित यो ताल १०९ विघा ४ कट्टा साढे १७ धुरमा फैलिएको छ ।
स्थानीय भगवती थारु र त्रिलोचल थारुले तालको सरसफाई ,संरक्षण र विकास हुन नसक्दा ताल दुर्गन्धीत हुन पुगेको वताउनु भएको छ ।
ताललाई वि.स.२०४२ साल देखि जिल्ला विकास समितिले माछा पालनका लागि ठेक्का दिने गर्दथ्यो ।
स्थानीय तहको गठन पछि स्थानीय सरकारले ताललाई ठेक्का दिने परम्परा हटाउदै गाउँपालिकाको मातहतमा राखेर संरक्षण गर्ने भनिएको छ ।
ताल सदरमुकाम गुलरिया वाट झण्डै २० किलोमिटरको पूर्व दिशातिर रहेको छ । ताल पूर्व पश्चिम लाम्चो आकारमा फैलिएको छ ।
यस तालमा ४२ प्रकारका विभिन्न जातका माछाहरु पाइने गर्दछन । अहिले भने धेरैजसो माछाका जातहरुको सरसफाई र संरक्षण नपुग्दा लोभ हुन पुगेको छ ।
यो तालमा ८८ प्रकारका विभिन्न जातका चराचुरिङ्गीहरु पाईने गर्दछन । जसमध्य ८ प्रकारका विदेशी चराहरु समेत तालको रमणीयले आउने गर्दछन ।
यस तालमा ७ प्रकारका विभिन्न जातका किरा, ४ प्रकारका भ्यागुत्ता, ५प्रकारका सर्प, १ प्रकारको कछुवा, ३१ प्रकारका वनस्पति पाईने गर्दछ ।
ऐतिहाँसीक कुरा अनुसार मेहिलाल वरवत्ता थारुको २०६९ मा लेखिएको तालको संक्षिप्त परिचयात्मक पुस्तिका अनुसार धेरै वर्ष पहिले गाई,भैसी,लाई पानी खुवाउन र सिचाई गर्न वाँठो थारुले ताल खन्न लगाएको उल्लेख गरिएको छ ।
वि.स. २०२० साल सम्म ताल ३०० विघाह क्षेत्रफलमा फैलिएको अनुमान छ । सरसफाई र संरक्षण कै अभावका कारण ताल खुम्चीदै गएको छ । हाल १०९ विघामा सिमित हुन पुग्यको स्थानीय त्रिलोक थारुले वताउनु भएको छ ।
यो तालको नामकरणका वारेमा पनि केही ऐतिहाँसीक कुरा झल्किएका छन । स्थानीयवासी वाजवन्द चौधरीका अनुसार यो तालको वरिपरि ठुल्ठुलो वाढी आउने गरेकाले थारु भाषामा वाढी आउने क्षेत्रलाई वाढ आइना भन्ने गरिन्छ । यहि वाढ आइना भन्दा भन्दै कालान्तरमा गएर वढैयाताल नाम रहन गएको हो ।
यस्तो मनमाहेक ताल,पर्यटकिय राम्रो सम्भावना वोकेको ठाउँलाई सरसफाई र संरक्षण नहुन आफैमा लज्जानक विषय हो स्थानीय भगवती थारुले भन्नु भयो ।
२ वटा डुङ्गा राखिएको छ ,पानीमा झार छ सरसफाई र संरक्षण नभएर चलाउन सकिएको छैन उहाँले भन्नु भयो । के पोखराको फेवा ताल आफै फेवाताल भएको हो त ? सरसफाई र संरक्षणले गर्दा त्यसको साइज वढेको हो थारुले भन्नु भयो ।
थारुले सरसफाई , संरक्षण र विकास गर्ने हो भने वढैयाताल पोखराको फेवा ताल भन्दा कम नहुने पनि दावी गर्नु भयो ।
वडा नम्वर ५ का जनप्रतिनिधि तथा वडा सदस्य जयराम थारुले विकासको काममा पछाडी परेको स्वीकार गर्दै प्रदेश सरकारले वढैयाताल विकासको गुरुयोजना डिपीआर तयार गरेको र विकास हुने आसा व्यक्त गर्नु भयो ।
वडा अध्यक्ष रामसिंह थारुले आर्थिक वर्ष २०७६।७७ मा प्रदेश सरकार वाट आएको १० लाख रकम खर्च गरेर डिपिआर तयार भएको स्वीकार गर्नु भयो ।
डिपिआर अनुसार चारैतिर कालोपत्रे वाटो ,जालीको वाउण्डरीङ्ग, ३ फिट पर्खाल, चारै कुना गेट, तालको विच भागमा मन्दीर, भ्युटावर, चराको वासस्थान, पिकनिक स्थल निमार्ण देखि वस्ने कुर्सी, विजुली वत्तिको व्यवस्था गर्ने रहेको छ ।
वडाअध्यक्ष थारुले डिपिआर अनुसार काम गर्न झण्डै ४६ करोड वजेट खर्च हुने लागत अनुमान गरिएको जानकारी दिनु भयो । उहाँले प्रदेश सरकार वाट ४० लाख, र स्थानीय सरकार वाट ६० लाख गरि करिव १ करोड वरावरको काम चालु आर्थिक वर्ष भित्रै काम हुने पनि दावी भयो ।
तालको सरसफाई,संरक्षण र विकासका लागि डिपिआर तयार भएपनि चाडो विकास हुनेमा स्थानीयवासीहरु आसंकित छन । विकासका नाममा वजेटको दुरुपयोग गर्ने परम्पराले पनि स्थानीयवासी भने डिपिआर अनुसार विकास भैहाल्नेमा ढुक्कता छैन । विकास जति ढिलो गतिमा भयो त्यति तालको सौन्र्दयतामा पनि हृरास आउने स्थानीयवासीको वुझाई छ ।