१० माघ कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीनजना नेता–कार्यकर्तालाई प्रहरीले टिकापुर वाट पक्राउ परेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर विष्ट रहेनु भएको छ । नेपाल वन्द सफल वनाउन खटिरहेको वेला प्रहरीले पक्राउ गरेको नेकपाले जनाएको छ । सुदुरपश्चिममा वन्द भने पूर्ण रुपमा सफल भएको छ । केपी सरकारले आफ्ना कार्यकर्ता पक्राउ गर्नु कायरता भएको वताउदै नेकपाले गिरफ्तार नेता कार्यकर्ता तत्काल रिहा गर्न सरकार संग माग गरेको छ ।