काठमाण्डौ । एनआईसी एशिया बैंक ‘पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ)’ को सदस्य बनेको छ । पीक्याफ विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा सुरुवात गरिएको विश्वव्यापी पहल हो । यसले आवद्ध सदस्यहरुको ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्याङ्कन र खुलासा सुनिश्चित गर्छ ।
६ महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहसहित पीक्याफ उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया प्रशान्त क्षेत्रहरूमा द्रुत रूपमा विस्तार भइरहेको छ । पीक्याफसँग साझेदारी गरेर एनआईसी एशिया बैंकले आफ्नो कार्बनको पारदर्शी मूल्याङ्कन मार्फत वातावरणीय दिगोपनप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको छ ।
आधारभूत रुपमा वर्तमान सहयमा विश्व वातावरणमैत्री अभ्यासतर्फ अग्रसर भईरहेको सययमा एनआईसी एशिया बैंक पनि आफ्नो कार्बन फुटप्रिन्ट मापन तथा रिपोर्टिङ गर्न र दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको पक्षमा जलवायु–मैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध छ,’ एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए ।
एनआईसी एशिया बैंकले ३६० वटा शाखा कार्यालय, ६ सय ७१ एटीएम, ११८ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा शाखारहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।