८ असार, सुर्खेत । कर्णालीमा समाजवादी माेर्चालाई स्वागत गर्दै प्रदेशमा साझा विषयमा सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको छ ।
शुक्रबार सुर्खेतमा समाजवादी माेर्चामा सहभागी चार दलका प्रदेश स्तरका नेताहरूकाे बसाइँले माेर्चालाई स्वागत गर्दै साझा विषयमा सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको हाे ।
भेटघाटमा परिचयात्कम कार्यक्रम सँगै सहभागीले आआफ्नो धारण राख्दै माेर्चाले प्रदेशमा साझा कार्यक्रम बनाई अगाडि बढ्नुपर्नेमा सुझाव दिएका थिए ।
बसाइँमा नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश अध्यक्ष विमला केसी , केन्द्रीय सदस्य सुशील, नेपाल कम्युनिस्ट पार्टीका मध्य कर्णाली ब्यूरो इन्चार्ज विवेक सी, केन्द्रीय सदस्य तथा सुर्खेत इन्चार्ज धुर्ब सी, टेक्निकल सी, केंद्रीय प्रतिनिधि सदस्य तथा सुर्खेत जिल्ला सेक्रेटरी जीत सी, नेपाल कम्युनिस्ट पार्टी (एस) का केन्द्रिय सदस्य पार्वती, केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज शिव, जिल्ला अध्यक्ष मोहनसिंह बडुवाल र जसपाका कर्णाली प्रदेश उपाध्यक्ष गगन बहादुर सारु, जिल्ला अध्यक्ष फत्त बहादुर सोती मगरको उपस्थिति रहेको थियो ।