कोरोना संक्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया

 

७ भदौ, वाँके । कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरस (कोभिड(१९) संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । स्त्री रोग विशेषज्ञ सहितको टोलीले शनिबार बिहान शल्यक्रिया गरेको हो ।

बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया उहाको आइतबार एक्कासी पेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुग्नु भएको थियो । परीक्षणका क्रममा कोरोना रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकले उपचारका लागि काठमाडौँ वा नेपालगञ्ज जान सुझाव दिएका थिए ।

उहाँ कोहलपुर पुग्नु भयो । तर चिकित्सकले तत्काल शल्यक्रिया आवश्यक नरहेको भनेर आइसोशनमा राखेर निगरानी गरिरहेका थिए । शनिबार बिहान करीब ९ः३० बजे शल्यक्रियाबाट छोरी निकालिएको हो ।

शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्यावस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिनु भयो । ‘ उहाकाअनुसार योसँगै मेडिकल कलेजमा सङ्क्रमित गर्भवतीको चौथो पटक शल्यक्रिया गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस