नेकपाका नेता भरत सीको प्रश्न ‘के रवी नेपाली जेलेन्स्की बन्न लालायित छन ?’


६ असाजेज,बाँके । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले रवीको रोल्पा भ्रमणवारे गम्भीर चिन्ता र चासो व्यक्त गर्नु भएको छ ।

उहाँले आफ्नो फेसवुसवालमा एक स्टाट्स लेख्दै रवी रोल्पा पुग्नु प्रतिक्रान्ति र साम्राज्यवाद पुग्नु सहर हुने भन्दै गम्भीर चासे र चिन्ता व्यक्त गर्नु भएको हो ।

उहाँले रवीलाई के नेपाली जेलेन्स्की बन्न लालायित छन ? भनि प्रश्न गर्नु भएको छ ।

नेता भरत सीले विप्लव माथि एमसीसीको पक्ष लिएको आरोप लगाएर भ्रम छरेको भन्दै आपत्ति जनाउनु भएको छ ।

उहाँले लेख्नु भएको छ “के रवि नेपाली जेलेन्स्की बन्न लालायित छन ? हैन भने विप्लवलाई एमसीसी पक्षधर भएको हावादारी भ्रम छरेर दिउँसो नै रात पार्न किन दुस्साहस गर्छन त ?”

उहाँले एमसीसी विरुद्धको आन्दोलनको अग्रमोर्चामा रहेको विप्लव नेकपा माथि विभिन्न बहानामा हमला गर्नु भनेको सारतः रवी नै अस्सली एमसीसी पक्षधर हुनु र बन्नु रहेको लेख्नु भएको छ ।

उहाँले यदि थबाङ र रोल्पाले आफूलाई नवीकरण गर्न नसके प्रतिक्रियावादी तथा साम्राज्यवादीहरुको षड्यन्त्रमा पर्न सक्ने चिन्ता समेत व्यक्त गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस