नेकपा कालिकोटले भव्य जनसभा गरी पार्टी पुनर्गठन दिवस मनायो

८ मंसिर, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाको रास्कोट नगरपालिकाको आरसीपी बजारमा भव्य जनसभा गरी पाटीको ११ औं पुर्नगठन दिवस मनाएको छ ।
शनिवार गाउँ –गाउँवाट नारा जुलुस र सांस्कृतिक झाँकी सहित कार्यक्रम स्थलमा सहभागी भएका जनताको साथमा नेकपाले जनसभा गरी भव्यताका साथ पार्टी पुनर्गठन दिवस मनाएको हो ।
‘राष्ट्रिय स्वाधीनता रक्षाको लागि संघर्ष गरौ, नेपाली विशेषताको समाजवाद स्थापना गरौ’ भन्ने मुलनाराका साथ आयोजना गरिएको जनसभामा नेकपाका केन्द्रीय नेता सहित विभिन्न राजनीतिक पार्टीका नेताहरुले देशको वैकल्पिक शक्तिको रुपमा नेकपा आएको भन्दै शुभकामना व्यक्त गरेका छन ।
जनसभा कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सीले नेपालको राजनीतिक संकट दलाल पुँजीवादी व्यवस्थाले ल्याएको भन्दै यसको विकल्पमा समाजवाद आवश्यक भएको बताउनु भयो ।
उहाँले नेपालमा माओवादी जनयुद्धको लक्ष्य उद्देश्यहरु पुरा हुन नपाउदै माओवादीको एउटा हिस्ता संसदवादमा फसेकाले नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गर्नु परेको बताउनु भयो । उहाँले मंसिर ८ गते भनेको श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने पार्टी गठन भएको दिन भएकाले यसको महत्व र गरिमा धेरै माथि रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो ‘समान्तवादी सत्ताको विरोध धावा बोल्नका लागि जनमुक्ति सेना गठन गरेको दिन हो । क्रान्तिकारी पार्टी बनाउन प्रचण्डबाट वैद्यको नेतृत्वमा २०६९ सालमा विद्रोह गर्यौ । तर वैद्यवाट पनि क्रान्ति नहुने देखेर २०७१ साल मंसिर ८ गते फेरी विद्रोह गरी पार्टी पुनर्गठन गर्यौ । त्यही भएर यो दिनलाई उत्सवको रुपमा मनाएका हौं । यो दिन जनताको आफ्नै पार्टी बनेको दिन हो । यो दिनमा म सबै कालीकोटवासी आमा बुबा, दाजु भाइर्, दिदी बहिनी, सहिद परिवार, वेपत्ता परिवार, घाईते लगायत सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु ।’
कार्यक्रमका अतिथिहरु नेकपाका केन्द्रीय सदस्य अखिल सी, नेकपा माओवादी केन्द्रका रास्कोट नगर कमिटी अध्यक्ष पदम खड्का, नेकपा एमालेका नगर कमिटी अध्यक्ष कालि वहादुर शाही, नेपाली कांग्रेसका रास्कोट नगर कमिटी सभापति वीर फर्साल,नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य धनीराम सिम्खाडा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा, जिल्ला सल्लाहकार समिति सदस्य निर्माण सी, आईटम सी, मिना सी,सहिद परिवारको प्रतिनिधित्व गर्दै सहिद विमलको भाई नयाँ तिरुवा लगायतको आतिथ्यता रहेको थियो ।

नेकपाका जिल्ला सेक्रेटरी बलवान सीको अध्यक्षता, नेकपाका रास्कोट नगर इन्चार्ज समग्र सीको स्वागत मन्तव्य राखिएको कार्यक्रमको संचालन नेकपाका केन्द्रीय सदस्य रणदिप सीले गर्नु भएको थियो । कार्यक्रमामा विभिन्न सांस्कृति भाmँकी, देउडा लगायतका स्थानीय जनताका कलाहरु प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस