एसपीपी सम्झौता गर्ने र बीआरआई रोक्ने षड्यन्त्र सुरुः विप्लव सी

८ मंसिर,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले एसपीपी सम्झौता गर्ने र बीआरआई रोक्ने षड्यन्त्र सुरु गरेको खुलासा गर्नु भएको छ ।
नेकपाले काठमाडौमा शनिवार आयोजना गरेको पार्टी पुनर्गठन दिवसको विशाल जनसभालाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो खुलासा गर्नु भएको हो ।
महासचिव विप्लवले भन्नु भयो, ‘एसपीपी सम्झौता गर्ने षड्यन्त्र गर्ने अनि चीनले अघि सारेको बीआरआई परियोजना चाहिँ ल्याउन दिनुहुँदैन भन्ने, जसरी पनि रोक्नुपर्छ, ऋणको पासो हो भनेर भ्रम छर्ने, अनि एसपीपी मार्फत विदेशी सेना ल्याउने सम्झौता चाहिँ जसरी पनि पास गर्ने खेल चलिरहेको छ ।’
उहाँले नेपालमा एसपीपी गरिए अमेरिकी सेना नेपालमा आउने बाटो स्पष्ट हुदा हुदै नेपालका दलालहरुले देशलाई दाउमा राखेको टिप्पणी गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस