८ मंसिर, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालमा दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवाद स्थापना नेपाली जनताको चाहना भएको बताउनु भएको छ ।
पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौँमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले नेपालमा दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवाद स्थापना नेपाली जनताको चाहना भएको बताउनु भएको हो ।
प्रवक्ता प्रकाण्डले भन्नु भयो ‘जनताको दुश्मन दलाल पुँजीवाद हो,दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना नेपाली जनताको चाहाना हो । यो चाहनालाई नेपाल कम्युनिस्ट पार्टीले पुरा गरेर छोड्ने छ ।’
उहाँले नेपाली क्रान्तिका नायक, जनताको विश्वास पात्र विप्लवको नेतृत्वमा नेपालमा दलाल पु्ँजीवादको अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना हुने ठोकुवा गर्नु भयो । उहाँले नेपाली जनता र देशको मुक्ति समाजवादबाट मात्र हुने दाबी गर्नु भयो ।
कार्यक्रममा विभिन्न समुदायले आ–आफ्नो झाँकी प्रस्तुत गरेका थिए । साथै सामना सांस्कृति परिवारले आफ्नो बेजोड प्रस्तुति दिएको थियो ।
प्रतिक्रिया दिनुहोस