असोज ७, काठमाडौं । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका विशेष व्यूरो इन्चार्ज नविन विश्वकर्मा र बटला गिरफ्तार परेका छन् । सोमबार दिउँसो विश्वकर्मा र बटलालाई गिरफ्तार गरी वेपत्ता गराएको नेकपा निकट एक नेताले बताउनु भयाे ।
प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बिकलाई ललितपुरबाट गिरफ्तार गरेको हो । तर प्रहरीले भने औपचारिक रुपमा अहिलेसम्म केही बताएको छैन ।
बिक र बटलाको गिरफ्तार गरेर बेपत्ता पारेको नेकपाले बताउँदै सार्वजनिकको लागि मानव अधिकार, संचारमाध्यमहरुसँग आग्रह गरेको छ ।