८ असोज, कालिकोट । स्थानीय तहको योजना निर्माणमा बालबालिकाको सहभागीता औपचारिकतामा मात्रै सीमित भएको एक कार्यक्रमका सहभागीहरुले वताएका छन ।
सदरमुकाम मान्ममा किडार्क नेपालले आयोजना गरेको ‘बालबालिका सम्बन्धि स्थानीयतहले बनाएका नीति र कार्यन्वयनको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन ।
उनीहरुले स्थानीय तहको नीति, निर्माण र योजना छनौटमा बालबालिकाहरुको अर्थपूर्ण सहभागीता हुनुपर्नेमा जोड दिएका छन ।
शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले औपचारिकतामा मात्र सीमित हुन नदि बालबालिकाका विषयमा भएका नीतिगत व्यवस्थालाई व्यवहारिक रुपमा प्रयोग गर्नु पर्ने बताउनुभयो ।
स्थानीय सरकार संचालन ऐन २०७४ र बालबालिका सम्बन्धि मुख्य प्रावधानका बारेमा जानकारी गराउदै उहाँले शुभकालिका गाउँपालिकामा बालबालिकाको क्षेत्रमा भएको असल अभ्यासबारे पनि जानकारी गराउनु भयो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले नेपालको संविधान २०७२, बालबालिका सम्बन्धिको प्रावधान र कार्यक्रममा बाल सहभागीता र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका साथै अन्य सीमान्तकृत बालबालिकालाई बालमैत्री स्थानीय शासनको अवधारणामा मूलप्रवाहीकरण र समावेशीकरणका विषयमा सहभागीहरुलाई अभिमुखिकरण गराउनु भयो ।
सरकारी वकिल दिपेन्द्र दुनुवारले बालबालिका सम्बन्धि बनेको राष्ट्रिय प्रावधान (बालबालिका सम्बन्धि ऐन २०७५ का मुख्य प्रावधान बारेमा जानकारी गराउदै बालमैत्री स्थानीय शासन बाल सहभागीता सहित बालबालिकाको अधिकार प्रभावकारी र दीर्घकालीन रुपमा स्थापित गर्न सबै सरोकारवाला निकाय लाग्नुपर्ने बताउनुभयो ।
सहयात्रा परियोजनाका कार्यक्रम संयोजक प्रकाश शाहीले बालमैत्री स्थानीय शासन कार्यन्वयन रणनीति २०७८, स्थानीय सरकार संचालन ऐन २०७८ का बारेमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रमका वक्ताहरुले ऐनले व्यवस्था गरे अनुसार हरेक स्थानीय तहमा बालअधिकार अधिकृत र स्थानीय बाल अधिकार समिति राखिनुपर्ने वताएका छन । स्थानीय बालअधिकार समिति सबै स्थानीयतहले वताउन नसकेको सहभागीहरुले वताएका छन ।
किडार्क नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डेको अध्यक्षता, शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चाैलागाईकाे प्रमुख आतिथ्यता, शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फा शाही, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र जिल्ला सरकारी वकिल दिपेन्द्र दुनुवार, सेभद चिल्ड्रेन कालिकोटका कार्यक्रम संयोजक बाले बिश्वकर्मा आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाका जनप्रतिनिधि र बालविवाह बिरूद्व अभियानता, बाल संरक्षक बिषयगत शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियाे । गाेष्ठी शनिबार सम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस