८ मंसिर, काठमाठौं । आज मंसिर ८ गते नेपाल कम्युनिष्ट पार्टीको पूनर्गगठन दिवस । नेपाल कम्युनिष्ट पार्टीले आज पार्टी पूनर्गठन दिवसका अवसरमा देशभर विचार गोष्ठी, अन्तरक्रिया, जनसभा, दिपावली लगायतका विभिन्न कार्यक्रम गरी मनाउदैछ ।
नेकपाले केन्द्र, व्यूरो, जिल्ला र स्थानीयतहमा विकेन्द्रीत रुपमा पार्टी पूनर्गठन दिवसलाई आज दिउसो विचार गोष्ठी, अन्तरक्रिया, जनसभा गरेर मनाउदैछ भने साँझ दिपावली गरी एउटा भव्य उत्सवका रुपमा मनाउन लागेको छ । नेकपाका नेता कार्यकर्ताहरुले आजको दिन जनतासम्म खुसी साँटा साट गर्दै शुभकामना आदान प्रदान गरेर पार्टी पूनर्गठन दिवस मनाउने छन ।
नेपालमा सर्वहारा श्रमजीवीवर्गको प्रतिनिधित्व गर्ने एकमात्र कम्युनिष्ट पार्टी संसदवाद र जडसुत्रवादका विरुद्ध संघर्षगर्दै २०६९ साल मंसिर ८ गते आजैको दिन पूनर्गठन भएको दिनको सम्झनामा नेकपाले देशभर उत्सव मनाउन लागको हो ।
नेकपाले पार्टी पूनर्गठन दिवसका अवसरमा आज जनयुद्धको उद्गमस्थल रोल्पाको थवाङमा विशाल जनसभाको आयोजना गरेको छ । जनसभालाई पार्टीका महासचिव विप्लव सीले सम्धोधन गर्ने कार्यक्रम छ । नेकपाका स्थायी समिति सदस्य सन्तोस सी र अनिल सी पनि आज थवाङमा हुने जनसभामा सहभागी हुन महासचिव विप्लव सीसंगै रोल्पा पुग्नुभएकाे छ ।
यस्तै पार्टी पूनर्गठन दिवसको अवसरमा मंसिर ६ गते कालिकोटको मान्ममा आयोजित जनसभालाई सम्बोधन गर्न गृह जिल्ला कालिकोट पुगेका नेकपाका प्रवक्ता प्रकाण्ड सी जनयुद्धको आधारभूमीे माल्कोट पुग्नुभएकाे छ । । माल्कोटमा आज पार्टी पूनर्गठन दिवसको भेटघाट, खुसी तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुदैहुनुहुन्छ । मान्ममा सम्पन्न भएको विशाल जनसभालाइ प्रवक्ता प्रकाण्डले सम्बोधन गर्नुभएको थियो ।
नेकपाका अर्का स्थायी समिति सदस्य शिलु सी पार्टी पूनर्गठन दिवसका अवसरमा विद्यार्थी तथा मजदुर संगठनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी हुदैहुनुहुन्छ ।
नेकपाका अर्का स्थायी समिति सदस्य भरत सी पार्टी पूनर्गठन दिवसको अवसरमा कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाको रतिपुरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न कैलाली पुग्नुभएकाे छ । नेकपा कैलाली जिल्लाले जनसभा तथा भेटघाटसंगै खिर खाएर रमाईलो गरी शुभकामना आदान प्रदान गरेर पार्टी पूनर्गठन दिवस मनाउन लागेको जिल्ला इन्चार्ज प्रकाश सीले जानकारी दिनुभएको छ ।
यस्तै नेकपाका अर्का स्थायी समिति सदस्य शुशिल सी पार्टी पूनर्गठन दिवसको अवसरमा हुम्ला जिल्लामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न गृहजिल्ला हुम्ला पुग्नुभएकाे छ । यो दिन श्रमजीवी सर्वहारावर्गको खुसीको दिन हो । तत्कालिन नेकपा (माओवादी)ले जनयुद्धबाट नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने सपना दिएको थियो ।
तर शान्तिप्रक्रियामा आउदा माओवादीको एउटा हिस्सा संसदवादमा पतन भएपछि वैद्य र विप्लवको अगुवाईमा नयाँ पार्टी गठन भएको थियो । अढाई वर्ष वैद्यसंग रहनुभएका विप्लवले बैद्यबाट पनि पार्टी अलग गरी नेपाल कम्युनिष्ट पार्टी गठन गर्नुभएको थियो ।
आज नेपालमा क्रान्तिकारी विचारको अग्रणीय प्रतिनिधित्व गर्ने पार्टी नेकपा भएको छ । यसको पूनर्गठन दिवस उत्सवको रुपमा क्रान्तिकारीहरुले मनाउनु खुसीको विषय हो ।