दलालसत्ता र राज्य प्रणाली विरुद्ध विद्रोहको आँट गर्न विप्लवको आग्रह, प्रेम प्रसाद प्रति श्रद्धाञ्जली र परिवारलाई २५ हजार सहयोग गर्ने घोषणा

११ माघ, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले नेपालका युवाहरुले आत्मदाह जस्तो गलत बाटो जान नहुने भन्दै दलालसत्ता र राज्य प्रणाली विरुद्ध विद्रोहको आँट गर्न आग्रह गर्नु भएको छ ।

महासचिव विप्लवले मंगलवार आत्मदाहको प्रयास गरी विहान उपचारका क्रममा निधन भएका इलामका प्रेम प्रसाद आर्चायको दुखद घटना वारे वुधवार एक भिडियो संदेश सार्वजनिक गर्दै नेपालको दलाल सत्ता र प्रणालीको निगम पूँजीवाद र एकाधिकार पूँजीवादका कारण प्रेम प्रसाद जस्ताको घटना घटेको भन्दै यस विरुद्ध विद्रोह गर्न अपिल गर्नु भयो ।

महासचिव विप्लवले प्रेम प्रसाद आचार्यको आत्मदाहको घटनाले आफ्नो पार्टीलाई अत्यन्त स्तव्ध वनाएको भन्दै यो घटना प्रेम प्रसादको घटना मात्र नभई सिंगो नेपालीले भोग्नु परेको घटना भएको वताउनु भयो ।

उहाँले भन्नु भयो “हाम्रो देशको नियति हो, घटनामा प्रेम प्रसाद आएपनि हिमाल,पहाड,तराईमा दृश्य र अदृश्य रुपमा सयौ व्यवसायी नागरिकहरुले यस्तो स्थिति भाग्नु परेको छ ,हामी दुखी छौ,यो प्रेम प्रसादको कुरामात्र होइन अर्थतन्त्र,शासन प्रणाली र राज्यको नीति जिम्मेवार छ ।”
महासचिव विप्लवले मंगलवार संसद भवन नयाँ वानेश्वर अगाडि आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गर्नु भएका र वुधवार विहान उपचारको क्रममा ज्यान गएका प्रेम प्रसादको घटना दर्दनाक र पीडादायिक भएको भन्दै उहाँको निधनमा पार्टीको तर्फवाट हार्दिक श्रद्धाञ्ली व्यक्त गर्दै पीडित घरपरिवारमा गहिरो समवेदना व्यक्त गर्नु भयो ।

उहाँले प्रेम प्रसादको घरपरिवारलाई तत्काल राहत स्वरुप नेकपाको तर्फवाट रु २५ हजार आर्थिक सहयोग गर्ने घोषणा पनि गर्नु भयो । महासचिव विप्लवले दलाल पूँजीवादी सत्ताको अत्याचार प्रति आत्मसमपर्ण र विघठनको वाटो नलिन सवै युवा तथा नागरिकहरुलाई विद्रोह गर्न आग्रह गर्नु भयो ।

महासचिव विप्लवले नेपालका एक डेढ सय जनाको हातमा नेपालको सम्पत्ति जाने अवस्था यो दलाल सत्ता र प्रणालीका कारण भएको औल्याउदै लाखौ युवाहरुले यो सत्ताको शोषण र अत्याचार सहनु परिरहेको वेला विद्रोह गर्नुको विकल्प नभएको ठोकुवा गर्नु भयो ।

उहाँले दलाल पूँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवादको वाटो भएको भन्दै हजारौं नागरिकको जीवन समाप्त पार्ने दलाल पूँजीवादका विरुद्ध वैज्ञानिक समाजवादको वाटो खोज्न विशेष अपिल गर्नु भयो ।

महासचिव विप्लवले राज्यले गम्भीरता पूर्वक देशका युवा व्यवसायीहरुको समस्यालाई सम्वोधन गर्न नसक्दा दुखत घटना हुन पुगेको औल्याउदै चीनले ३,अमेरिकाले ४, युरोपियन युनियनका देशहरुले १ प्रतिशत व्याज दरमा ऋण लगानी गरिरहेको परिपेक्षमा नेपालमा भने १८ प्रतिशतको चर्को व्याज दरमा ऋण लगानी भइरहेको दुखेसो पोख्नु भयो ।

महासचिव विप्लवले आफ्नो पार्टीले पाँच छ प्रतिशतले सहुतिलय ऋण नेपाली युवा व्यवसायीहरुले पाउनु पर्ने कुरा उठाएको वताउदै ,चक्रिय व्याजदरले आज तराई,हिमाल पहाडमा वैङ्क तथा लघुवित्तीय संस्थाहरुले नेपाली युवा व्यवसायीहरुलाई लुटिरहेको वताउनु भयो ।

महासचिव विप्लवले यस्तो अवस्थामा देशका सवै नागरिकहरु विकल्पको व्यवस्था र वाटोमा लाग्नु पर्ने धारणा राख्नु भयो ।

प्रतिक्रिया दिनुहोस