९ भदौ, काठमाडौं । नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौं महानगरपालिका मेयर वालेन शाहले डोजर चलाएका छन ।
अवैध संरचनाहरु हटाउने अभियान चलाउनु भएका मेयर साहले बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमन गर्नु भएको थियो ।
उहाँले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गर्नु भयो ।
तर अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको जिकिर गरेर मेयर शाहलाई डन नबन्न चेतावनी दिएका थिए । मेयर बालेनले घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने बताएका थिए ।
विवादपछि फर्किएका मेयर बालेन घरको नक्सा र डोजर लिएर अल्फबिटामा फेरी पुग्दै अवैद्य संरचना डोजर लगाएर भत्काउनु भयो ।
र अवैध रुपमा हालेको सटर हटाएको छ । फर्मेसी खाली गर्न लगाएर महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा जोडर चलाएको छ ।