वालअधिकार सम्वन्धिका ऐनहरु कार्यान्वयन भएनन्: सहभागीहरु

९ असोज, कालिकोट । वालवालिकाको अधिकार सम्वन्धिका ऐनहरु व्यवहारिक रुपमा कार्यान्वयन नभएको एक कार्याक्रमका सहभागीहरुले वताएका छन ।

सहभागीहरुले राज्यले नियम कानुनहरु वनाउने तर कार्यान्वयन गर्ने निकायहरुले कडाईपूर्वक कार्यान्वयन नगने प्रवृतिले वालअधिकार हनन् भइरहेको वताएका छन ।

कार्यक्रमका सहभागीले ऐनले व्यवस्था गरे अनुसार स्थानीय तहमा बालअधिकार अधिकृत र स्थानीय बाल अधिकार समिति नराखेको भन्दै यसतर्फ ध्यानाकर्षण गराएका थिए ।

हाल केही प्रयास भएपनि बालअधिकार अधिकृत राख्ने, स्थानीय बाल अधिकार समिति गठनमा ढिलाइ भएको सहभागीहरूकाे गुनासो रहेको थियो ।

शुक्रबारदेखि सदरमुकाम मान्ममा शुरू बालमैत्री स्थानीय शासन सम्बन्धि दुई दिने अभिमुखीकरण गाेष्ठीमा तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाका जनप्रतिनिधि, बाल क्लब, सञ्जाल, बिषयगत शाखाका प्रमुख र सराेकारवाला निकायकाे सहभागी रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस