यातायात व्यवसायी सर्वोच्च महासंघका अध्यक्ष सहित दर्जनौ व्यवसायी नेकपामा प्रवेस

१३ माघ,काठमाडौ । आज भोलि विप्लव नेतृत्वको नेकपामा धुव्रीकरणको लहर चलेको छ । देशको पूर्व मेची देखि पश्चिम महाकालीसम्म धुव्रीकरणको लहर चलेको हो ।
आईतवार मात्र काठमाडौंमा नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्र्वोच्च महासंघका अध्यक्ष तथा एमाले निकट विष्णु सिवाकोटी, वरिष्ठ उपाध्यक्ष विक्रम सापकोटा सहित ५ दर्जन बढी व्यवसायीहरु नेकपामा प्रवेस गरेका छन ।
प्रवेस गर्ने व्यवसायीहरुमा प्रलाद कार्की, तोक बहादुर खड्का, अनिल सिटौला, किरण लामा, बिक्रम मण्डल, उद्धव पण्डित, सुसिला तामाङ्ग,राना तामाङ्ग,पुण्य प्रशाद बराल बिर बहादुर ढकाल परमात्मा शाही,जित बहादुर थापा, धन बहादुर तामाङ, उर्मिला प्रजापति, पुष्पराज पनेरु, कुमार रायमाझी, राजकुमार ठकुरी, बिशाल घिमिरे, राम कुमार श्रेष्ठ,छबि निरौला, बिर बहादुर मुक्तान, राजकुमार पुडासैनी, बिपिन ठकुरी, बिकाश मगर, सुक्र मगर, नारायण गुरुङ, हिरा बहादुर मगर, बिनोद बिमली लगायत ५ दर्जन भन्दाबढी रहेका छन ।
नेकपामा प्रवेस गर्ने सबै जनालाई महासचिव विप्लव सीले स्वागत गर्दै हार्दिक बधाई दिनु भएको छ ।
उहाँले नेकपा मात्र देशको एकमात्र विकल्पको जनताको प्रतिनिधित्व गर्ने पार्टी भएकाले देशभर धुव्रीकरणको लहर चलेको बताउनु भयो ।
यसअघि पनि काठमाडौमा सयौको संख्यामा नेकपामा धुवीकरण भएका थिए । यस्तै नेकपाका महासचिव विप्लव सी पार्टी प्रशिक्षणका क्रममा देशभर जाँदै गर्दा कोशी प्रदेश,मधेस प्रदेश, गण्डक प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि सयौको संख्यामा धुव्रीकरण भएका थिए ।

प्रतिक्रिया दिनुहोस