सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित

माघ १२ काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपाको स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित हुनु भएको छ । आज वसेको प्रतिनिधि सभाको वैठक वाट उहाँ निर्विरोध निवार्चित हुनु भएका हो ।
रिक्त रहको सभामुख पदमा उहाँको मात्र उम्मेदवारी परेपछि सापकोटा निर्विरोध हुनु भएको हो । संसद बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उहाँलाई निर्विरोध निर्वा्चित भएको घोषणा गरिएको थियो । सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण रहनु भएको थियो ।
यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले माघ १२ का लागि निर्वाचनको मिति निर्धारण गरेको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महरा महिला माथिको यौन दुव्र्यवहारको विवादमा परेपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिनु भएको थियो । हाल उहाँ पुर्पक्षका लागि थुनामा हुनु हुन्छ । सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ ।

प्रतिक्रिया दिनुहोस