रणनैतिक संयुक्त मोर्चा द्धारा क्रान्तिको झण्डा उठाउन उद्घोष

 

१४ फागुन कैलाली । विप्लव नेतृत्वको नेकपा सहित चार दलिय रणनैतिक संयुक्त मोर्चाले धनगढीमा विशाल जनसभा कार्यक्रम सम्पन्न गरेको छ । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), , विश्वभक्त दुलाल आहुतिको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी सहभागी संयुक्त रणनैतिक मोर्चाले धनगढीमा शुक्रबार विशाल जनसभा कार्यक्रम गरेको हो ।
कार्यक्रमा वोल्ने चारै पार्टीका नेताहरुले नेपालमा संसदीय व्यवस्था असफलत भएकाले त्यसको ठाउँमा नयाँ व्यवस्थाको खोजि गर्नु पर्ने वताएका छन । नेताहरुले फेरी पनि जनताले धाका पाउने संसदीय व्यवस्थालाई हटाएर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने वाटोमा लाग्नु पर्नेमा जोड दिएका छन ।
रणनैतिक संयुक्त मोर्चाका नेताहरुले संसदीय व्यवस्थाका विरुद्ध क्रान्तिको झण्डा उठाउने उद्घोष समेत गरेका छन् ।
शुक्रबार धनगढीको चोकमा आयोजित जनसभामा बोल्दै उनीहरुले संसदीय व्यवस्था जनताको व्यवस्था नभई दलालहरुको भएको भन्दैं यसको अन्त्यका लागि क्रान्तिको झण्डा उठाउंने उद्घोष गरेका हुन ।

 

प्रतिक्रिया दिनुहोस