जिते र लालीघाट वजार वाढी पहिरोको उच्च जोखिममा

११ साउन,कालीकोट । कर्णाली नदीको किनारमा रहेका कालीकोटका केही साना वजार बाढी पहिरोको उच्च जोखिममा परेका छन । जिल्लाको जीते तथा लालीघाट वजार सवै भन्दा वढी उच्च जोखिमा परेका छन ।

त्यस्तै शान्तिघाट बजार पादमघाट, नाग्म बजार, भुराबगर वजार पनि बाढी पहिरोको उच्च जोखिममा रहेका छन् ।
अविरल वर्षा भईरहेकाले ती ठाउँहरु वाढी पहिरोको उच्च जोखिममा परेका हुन ।

ती क्षेत्रमा वस्ने स्थानीयवासीहरुलाई सचेत रहन जिल्ला प्रशासन कार्यलय कालिकोटले अनुरोध समेत गरेको छ ।

नाग्म,शान्तीघाट,लालीघाट वजारमा हरेक वर्ष वाढी पहिरोले मानविय तथा भौतिक सम्पतिको क्षेती गर्दै आएको छ ।
विसं २०७३ सालमा आएको बाढी पहिरोले लालीघाट वजारमा मात्रै आठ जनाको ज्यान गएको थियो ।

कर्णाली राजमार्ग र कर्णाली करिडोर आसपासमा बनेका साना वजारहरु राजमार्ग बने संगै विस्तार भएका हुन ।
लालीघाट बजार र कर्णाली नदी किनारको दूरी पानी नपर्नु अघि २५ मिटर थियो भने आइतबार रातिदेखि पानीको बहाव बढेर नदीको छालले बजार छोएको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धिर वहादुर विष्टले वताउनु भएको छ ।

कालीकोटको पचालझरना गाउँपालिकाको भुराबगर बजार पनि बाढी पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताउनु भएको छ ।

जिल्लामा बाढी पहिरोको उच्च जोखिममा रहेका बस्ती तथा बजारहरु अन्यन्त्र सार्न आग्रह गरिएको भएपनि नसारिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनु भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वैशाख महिनादेखि नै जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा रहन तथा बस्ती नै सार्न आग्रह गरेको उहाँले जानकारी दिनु भयो ।

कालीकोटमा गत वर्ष मात्र बाढी पहिरोमा परी ५३ जनाले ज्यान गुमाएका थिए भने करोडौँको धनमाल नष्ट भएको थियो । यस्तै एक हजार घरपरिवार विस्थापित भएका थिए । कर्णाली प्रेसको सहयोग

 

प्रतिक्रिया दिनुहोस