१२ साउन,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य विक्रम सीले जनपत्रिका डट्कम अनलाईनमा यही साउन ९ गते मधेश प्रदेश समितिको लेटर प्याडमा चन्दाको विषयमा आफ्नो नाम जोडेर छापिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
केन्द्रीय प्रतिनिधि समिति सदस्य विक्रमले शनिवार एक प्रेश विज्ञप्ति जारी गरी उक्त समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै समाचारको पूर्ण खण्डन गर्नु भएको हो ।
मधेश प्रदेश इन्चार्ज अनिल सीको नाममा जारी भएको विज्ञप्तिमा व्यावसायीलाई धम्क्याएको, चन्दा असुली गरेको र मधेश प्रदेशमा कार्यकर्ता भड्काएको भनेर तिनवटा गम्भिर अरोप लगाईएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा विक्रमले उक्त आरोपहरु निराधार,कपोकल्पित,पूर्वाग्रही र नितान्त व्यक्तिगत आक्षेपकालागि मात्र गरिएको प्रचारवाजी भएको भन्दै यो प्रचारवाजीको म खारेज गर्दछु भन्नु भएको छ । उहाँले यस्तो निराधार हल्लाको भ्रममा नपर्न पनि सवैलाई अनुरोध गर्नु भएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘समस्याको समाधान गर्ने विधिहरु हुन्छन र हाम्रो पार्टीमा यस्ता विषय आउदा समाधान गर्ने नीति विधि छ, छलफल हुन्छ, त्यसलाई ख्याल नगरी पार्टीको विधि सिस्टम विपरित गरिएको मनोगत निर्णय हो । अनिल शर्मा विरहीले मलाई नचिनेको होईन उहाँलाई पनि म राम्रोसँग चिन्छु । नेता भनेको समाधान हो, नेता भनेको सामुहिक अभिव्यक्ति र वैचारिक अभिभावक पनि हो ।’
विक्रमले जव नेता समस्या बन्छ, गुटको अभिव्यक्ति हुन्छ र नेता मनोगत भएपछि नेता समग्र बन्न सक्दैन भन्नु भएको छ ।
समस्या छ भने पार्टी केन्द्र र स्वयम आफैसंग पनि छलफल गर्न सकिने विकल्प हुदा हुदै पनि नेता अनिलले आफ्नो हैशियत गुमाई विज्ञप्ति सार्वजनिक गरिएको कुराले उहाँलाई नै घाटाहुने जारी विज्ञप्तिमा चेतावनी दिएको छ ।
विक्रमले आफु विगतमा बारा जिल्लामा रहेर २ वर्ष सेक्रेटरी र इन्चार्जको भूमिकामा काम गर्दा पनि त्यस्तो अनुचित काम नगरेको स्पष्ट पार्दै अहिले आफू केन्द्रिय कार्यालयमा रहेर काम गरिरहेको विज्ञप्तिमा जनाउनु भएको छ ।
विज्ञप्तिको पूर्णपाठ
प्रतिक्रिया दिनुहोस