सबै खाले हिंसाको अन्त्य गर्नु पर्ने एक कार्यक्रमका सहभागीहरुको जोड

 मंसिर १२, कालिकोट । समाजमा हुने सबै खाले हिंसाको वारेमा वुझेर त्यसको अन्त्य गर्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले वताएका छन ।

सहभागीहरुले समाज विकासको वाधक हिंसा भएको भन्दै त्यसको चिरफार गर्दै जनचेतन फैलाउने काम पत्रकारको हुने पनि वताएका छन  ।

लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता, ब्यक्ति समाज सवैको ऐक्यबद्धता, भन्ने मुल नारा सहित पत्रकारको भुमिका बिषयक सुक्रवार मान्ममा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो वताएका हुन ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि हुरुन्डेक नेपाल कालीकोटका अध्यक्ष जजराज शाहीले सबै खाले हिंसाका वारेमा जानकारी राख्नु र त्यसको थप खोजि गरी न्यायका लागि आवाज उठाउनु पत्रकारको महत्वपूर्ण भुमिका रहने वताउनु भएको छ ।

प्रमुख अतिथि शाहीले सामुदायिक रेडियोको भुमिका र रेडियोले हिंसा बिरुद्ध चलाएको अभियानलाई कसैले पनि भुल्न नहुने वताउनुभयो  । उहाँले स्थानीय सरकारले खोलेका रेडियोले जनतालाई सुचना दिन नसक्ने भन्दै स्थानीय सरकारको वेथितीको वचाउका लागि हतियार मात्र भएको आरोप लगाउनु भयो ।

कार्यक्रममा सहभागी पत्रकार महाँसंघ कालीकोटका अध्यक्ष तुलाराम पाण्डे, गैरसरकारी सस्था महाँसंघका अध्यक्ष बिरेन्द्रवहादुर वुढा, पत्रकार कृष्णराज धमला, लगायतका पत्रकारले हिंसाको अन्त्यका लागि पत्रकारले अझै आवाज उठाउनु पर्नेमा जोड दिनु भयो

उहाँहरुले हिंसाका पीडक र पीडितहरु विच अन्तमा मिलोमतो गरेर घटनाहरुलाई लुकाउने काम हुने गरेको भन्दै त्यसो हुन वाट जोगाउन कानुनी वाटोमा लिने तिर मिडियाले भुमिका खेल्ने वताउनु भएको थियो । कार्यक्रम सन्चारिका समुहकी अध्यक्ष पबित्रा जैसीको अध्यक्षता भएको थियो ।

प्रतिक्रिया दिनुहोस