काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले महासचिव विप्लवका बारे राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले दिएको अभिव्यक्ति तुरुन्तै फिर्ता लिएर आम जनतामाझ माफी नमागे परिणाम गम्भीर हुने कडा चेतावनी दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीेले आईतवार एक प्रेश विज्ञप्ति जारी गर्दै शाहीलाई जनतामाझ माफी नमागे परिणाम गम्भीर हुने कडा चेतावनी दिएका हुन ।
नेपाल कम्युनिष्ट पार्टीले निकै आक्रोशित हुदै शाहीको अभिव्यक्तिको अन्तर्यमा पार्टी र नेतृत्वका विरुद्ध गम्भिर षड्यन्त्र भएको भन्दै घोर निन्दा एवम कडा भत्सर्ना गरेको छ ।
राप्रपाका प्रवक्ता शाहीले शनिवार सिन्धुपाल्चोक सम्पर्क समितिको कार्यक्रममा नेकपाका महासचिव विप्लवलाई पक्राउ पूर्जी जारी भएर पनि प्रधानमन्त्रीसंग मिटिङ गर्दै हिडेको भन्दै कानुन सबैका लागि बरावर होकी होइन ? भनि प्रश्न गरेका थिए ।
उनको यसप्रकारको अभिव्यक्ति विरुद्ध नेकपाले ३ बुँदे सहमति भंग गर्ने, अराजकता मच्चाउने, देशलाई द्धन्द्वतिर धकेल्ने र वर्तमान सङ्कटग्रस्त अवस्थाबाट देशलाई नेपाली जनताको समाजवादी व्यवस्थामा लगेर क्रान्तिकारी समाधान दिनवाट रोक्ने नाङगो दलाल, अराजक, युद्धपिपाशु र प्रतिगामी अभिव्यक्ति भएको ठहर गरेको छ ।
नेकपाले विज्ञप्तिमा भनेको छ ‘साम्राज्यवाद र यो देशका नाङ्गा दलालहरु ३ बुँदे सहमतिलाई भङ्ग गरेर देशमा अशान्ति र द्वन्द मच्चाउन चाहन्छन् । हाम्रो पार्टीसँग ३ बुँदे सहमति गरेको झण्डे ३ वर्ष पुग्न लाग्दा पनि राज्यले त्यसको कार्यान्वयन नगर्नु र गर्न नदिनु यसको अकाट्य प्रमाण हो । मङ्सीर १० गते आदेश गरेर १८ गते सार्वजनिक गरेको काठमाण्डौ जिल्ला अदालतको पक्राउ पुर्जीको आदेश ३ बुँदे सहमति भङ्ग गर्ने षडयन्त्रको पछिल्लो कडी हो । जसको पार्टीले सशक्त प्रतिवाद गरिराखेको छ ।’
नेकपाले यदि पार्टी र नेतृत्वका विरुद्धको विषवमन सच्चाईएन भने त्यसबाट निस्कने गम्भिर परिणामको जिम्मेवार निज ज्ञानेन्द्र शाहीनै हुने चेतावनी दिएको छ ।
नेकपाले विज्ञप्तिको अन्त्यमा शाहीले दिएको गैर जिम्मेवार अभिव्यक्तिलाई तुरुन्तै सच्चाउन लगाउन सम्बन्धित पार्टी र नेतृत्वबाट अपेक्षा गरेको उल्लेख गरेको छ ।
विज्ञप्तिको पूर्णपाठ