गाउँपालिका अध्यक्ष चौलागाईको कमिसन धन्दा

मंसिर १२, कालिकोट । जिल्लाकाे शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईको कमिसन धन्दा सार्वजनिक भएको छ । गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखिनै सेटिङमा कमिशन लिने गरेको रहस्य खुलेको हो । जसमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तरर्गत फिल्ड साहायक पदमा जागिर मिलाईदिन्छु भन्दै एक लाख घुस लिएको प्रमाण भेटिएको छ ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष चौलागाईले स्थानीय भुपेन्द्र तिमिल्सेनाबाट १ लाख रुपैयाँ घुस लिनु भएकाे हाे । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले विभिन्न स्थानीय तहमा ठुलो संख्यामा कर्मचारी माग गरेको थियो ।

फिल्ड साहायक पदमा नाम निकाल्छु भन्दै रकम पैसाँ उठाउने गर्नु भएको हो । यता गाउँपालिका अध्यक्ष चौलागाईले एक लाख सापटी लिएको बताउनु भएकाे छ । नाम निकाल्न सकस भएपछि एक लाख फिर्ता दिने मौखिक सहमति भएको छ ।

एक लाख बरावरको घुस दिनेले व्याज मागेपछि ब्याज नदिएरै रकम फिर्ता गर्ने सुरमा अध्यक्ष चौलागाई हुनुहुन्छ । फिल्ड सहायकका लागि शुभकालीका गाउँपालिकाका २ जना अन्तरर्वाताका लागि छनोटमा परेका थिए ।

भुपेन्द्र तिमिल्सेना र गोविचन्द्र तिमिल्सेना, अन्तरवार्ताका लागि छनोटमा परेपछि आफ्नो नाम निकाल्नका लागि १ लाख घुस दिएका भुपेन्द्रको नाम सफल नभएपछि अध्यक्ष चौलागाईसँगको फोन रेकर्ड बाहिरीएको थियो ।

फोन रेकडमा आफुले १ लाख लिएको तर नाम ननिक्लेपछि फिर्ता गर्ने अध्यक्ष चौलागाईले बताउनु भएकाे छ । यता भुपेन्द्र तिमिल्सेनाले आफुले गाउँपालिका अध्यक्षलाई घुस भनेर एकलाख नदिएको बताउनु भएकाे छ । तर, उहाँले फोन रेकडमा भने आफुले नाम निकाल्दिने भन्दै रकम दिएको बताउनु भएकाे छ । उहाँको यी दुईवटै रेकड सुन्ने हो भने एक लाख भन्दा धेरै अन्यबाट आर्थिक चलखेल भएको अनुमान गर्न सकिन्छ ।

गाउँपालिका अध्यक्षको यो हर्कतले नेकपा शुभकालिकाका स्थानीय नेता आक्रोसित बनेका छन् । सरकारको कानुन तोड्ने चौलागाइलाई पार्टीबाट पनि निलम्वन गरिनुपर्ने चौतर्फी आवाज उठेको छ । यस्तै अन्य योजनामा पनि कसिन उठाउने गरेको स्रोतले बताएको छ । उहाँले पैसाँको वार्गेनिङ गरेका अन्य प्रमाण पनि भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस