१३ पुस सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडक वहादुर विश्वकर्मा (प्रकाण्ड)ले जनमत संग्रहबाट वैज्ञानिक समाजवादमा जानुको विकल्प नभएको वताउनु भएको छ ।
जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा मंगलवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई प्रवक्ता प्रकाण्डले सम्वोधन गर्दै संसदीय व्यवस्थामा गम्भीर संकट आएकाले जनमतसंग्रहमा जानुको विकल्प नभएको वताउनु भएको हो ।
उहाँले अहिलेको व्यवस्था पूर्ण असफल मात्र होइन चरम संटक तर्फ धकेलिएको भन्दै यसको निकास संसदीय व्यवस्था ठिक कि वैज्ञानिक समाजवाद ठिक भन्ने विषयमा जनतामा जानु पर्ने वताउनु भयो ।
प्रवक्ता प्रकाण्डले अहिलेको मुख्य समस्या राज्य व्यवस्थाको चरित्र मुठ्ठीभर दलालहरुको हातमा भएको र जसले गर्दा राष्ट्रघात र जनघातहरु वढिरहेको ठोकुवा गर्नु भयो ।
उहाँले पत्रकारको प्रश्नको जवाफ दिदै जनताको लोकतान्त्रिक तथा प्रजातान्त्रिक अधिकार भनेको चुनाव हो र जनमतसंग्रहको चुनाववाट जनतालाई आफ्नो व्यवस्थाको फैसला आफै गर्न पाउने अधिकार दिनु पर्ने वताउनु भयो ।
उहाँले इतिहाँसको सवै भन्दा वढि राष्ट्रघाती सम्झौता एमसीसी सम्झौता भएको र यो सम्झौताले देशलाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा वनाउन खोजिएको दावी गर्नु भयो । उहाँले जनुसुकै मुल्यमा पनि सवै नेपालीहरुले एमसीसी खारेज अभियानमा लाग्नु पर्ने वताउनु भयो ।
प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी विरुद्ध अफवाह फैजाउने गरिएकाले त्यो सत्य नभएको भन्दै पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशामा प्रतिवद्ध भएर लागेको र विचार मिल्ने क्रान्तिकारी,प्रगतिशील र राष्ट्रवादी शक्ति संग सहकार्य गर्न तयार भएको वताउनु भयो ।
एमसीसी जस्तो राष्ट्रघाती कदम विरुद्ध जनताको खवरदारी भइरहदा पनि दलालहरुले वेवास्था गरे र नेकपा संग भएका तीन वुदे सहमति कार्यन्वय नगरे आफ्नो पार्टीले शान्तिपूर्ण धक्का दिने पनि चेतवानी दिनु भयो ।
पत्रकार भेटघाट कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एटम,नेकपा सुर्खेत जिल्ला सेक्रेटरी धुव्र, पूर्वी सुर्खेत सेक्रेटरी सरिता, विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।