गाउगाउमा वित्तिय साक्षरता कक्षा सञ्चाल

बैशाख १६, कालीकोट । जिल्लाको नरहरिनाथ गाउ पालिकाको माल्कोटमा हिमचुलि कृषि सहकारी सस्था र कर्णाली कृषि सहकारी संस्था लि.को आयोजनामा सहकारीका शेयर सदस्यहरुलाई वित्तिय साक्षरता कार्यक्रम शुरु गरिएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र कालीकोटको सहयोगमा साविकको माल्कोट गाविसका एक देखि वडा न. ५ सम्मका सदस्यहरुलाई साक्षरता कार्यक्रम संचालन गरिएको हो ।

माल्कोटको पांग्र,डांडागाउ,बाडिआउत, चौथा लगाएतका टोलमा सहकारीका शेयर सदस्यहरुलाई साक्षरता कक्षा संचालन गरिएको हो । हिमचुलि कृषि सहकारी सस्था लि. कुमालगाउ सेवा कार्यालयका वरिष्ठ फिल्ड सहयाक पुष्प प्रसाद उपाध्याय र कर्णा्लि कृषि सहकारी संस्था लि.का कोषाध्यक्ष दर्शना शाहीको सहजिकरणमा वित्तिय साक्षरता कक्षा संचालन गरिएको कृषि जेटिय जगत बहादुर विष्टले बताउनु भएको छ । विष्टका अनुसार पांच वटा टोलमा १ सय २५ जना महिला तथा पुरुषको सहभागिता रहेको छ ।

सदस्यहरुले आर्थिक आम्दानिको बचत र लगानि कसरी गर्ने पारिवारिक योजना कसरी तयार गर्ने बचत पछि खर्चको विवरण कसरी राख्ने भन्ने विषयमा सहजिकरण गरिएको बताइएको छ । आम्दानि र खर्चका श्रोतको तुलना कसरी गर्ने विविध विषयमा सदस्यहरुलाई स्पष्ट पारिएको छ ।

साथै आरएमडिसि लघुवित्त वित्तिय संस्था लि.काठमाडौंको सहयोगमा हिमचुलि कृषि सहकारी संस्था द्धारा जिल्लाका रास्कोट सेवा कार्यालय,मान्म सेवा कार्यालय लगाएतका क्षेत्रमा सदस्यहरुलाई वित्तिय साक्षरता कक्षा संचालन गरिएको मान्म सेवा कार्यालय प्रबन्धक मनिका बोहराले बताउनु भएको छ ।

सेवा कार्यालयमा रहेका सबै सदस्यहरुको घर दैलोमा पुगेर वित्तिय साक्षरता कक्षा संचालन गरिने वोहोराको भनाई छ । जिल्लाको रास्कोट नगरपालिकामा एक हजार पांच सय सदस्यहरुलाई वित्तिय साक्षरता कक्षा संचालन गरिएको संस्थाका बरिष्ठ प्रबन्धक जयचन्द्र अधिकारीले बताउनु भयो ।

दुवै सहकारी मार्फत नरहरिनाथ गाउँपालिकाको वडा न. ५ र ६ मा सहकारी नमुना गाउ घोषणा गर्ने योजना अनुसार कृषिमा आधुनिनिकीकरण,प्रविधिको प्रयोग, कृषि संकलन केन्द्रको स्थापना, होम स्टेको स्थापना, नर्सरी संचालन, कृषक पाठशाला संचालन लगाएतका क्रियाकलाप गर्ने योजना रहेको कर्णाली कृषि सहकारी संस्था लि.का सचिव पदमलाल विकले बताउनु भएको छ ।

उहांका अनुसार आगामी तिन वर्ष भित्र साविकको माल्कोटलाई सहकारी नुमना गाउ घोषणा गर्ने योजना रहेको छ । करिव एक करोड लगानिमा ३० प्रतिशत सहकारी सदस्यको लगानि हुने छ भने बांकी ७० प्रतिशत कृषि ज्ञान केन्द्र कालीकोटको लगानि रहेको छ ।

यस अघि नरहरिनाथ गाउ पालिकाको माल्कोटमा होम स्टे संबन्धि तालिम संचालन गरिएको छ भने प्राङ्गारिक तरकारी खेति तालिम संचालन भईरहेको छ । त्यसका साथै हिमचुलि कृषि सहकारी संस्था लि.कालीकोट र कर्णाली कृषि सहकारी संस्था लि.का तर्फबाट कृषकहरु अन्तर जिल्ला भ्रमणमा गएका थिए ।

सहकारीले जिल्ला बाहिरका सहकारीहरुको अवस्था बुझि लागु गर्ने उद्देश्यले सहकारी अवलोकन भ्रमणको आयोजना गरिएको हिमचुलि कृषि सहकारी संस्था लि.कालीकोटका अध्यक्ष काली बहादुर महताराले बताउनुभयो । जिल्लामा पहिलो पटक अवलोकन भ्रमणबाट ज्ञान लिएर व्यवहारिक प्रयोग गर्ने बलियो आधार भएको अध्यक्ष महतराको दावी छ ।

जिल्लाका नरहरिनाथ गाउंपालिकाको माल्कोटलाई सहकारी नमुना गाउँ कार्यक्रम र सान्नित्रिवेणि गाउपालिकाको मेहलमुडि अर्गा्निक मोडल निर्माण कार्यक्रम संचालन गर्दै अग्रानिकमा जोड दिने योजना रहेको कार्यक्रम संयोजक रुपेन्द्र ऐडीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस