१५ जेठ,काठमाडौं । विप्लव नेतृत्वको नेकपा सहित विभिन्न १४ राजनीतिक पार्टी र संगठनहरुले अहिलेको संसदीय व्यवस्थाको रणनीतिक विकल्पका रुपमा जनगणतन्त्र/ वैज्ञानिक समाजवादी व्यवस्थामा जान सकिने सहमति गरेका छन ।
उनीहरुले आफ्नो कार्यगत एकता भएको घोषणा पनि गरेका छन । ती पार्टी र संगठनहरुको सुक्रवार वसेको वैठकले गरेका निर्णयहरु शनिवार प्रेश विज्ञप्ती मार्फत सार्वजनिक गर्दै जनगणतन्त्र /वैज्ञानिक समाजवादी व्यवस्थाको विकल्पमा जान सहमत भएको जनाएका हुन ।
ती राजनीतिक पार्टी र संगठनहरुले विज्ञप्तीमा विभिन्न ६ वटा वुदा मार्फत आफ्नो धारणा सार्वजनकि गरेका छन ।
उनीहरुको पहिलो वुदामा जनणतन्त्र ÷ वैज्ञानिक समाजवादी व्यवस्थाको विकल्पमा जाने सहमति छ ।
यस्तै दोस्रो वुदामा कार्यनीतिक रुपमा सरकार,व्यवस्थापिका,व्यवस्था,यसका प्रक्रिया आदि विकल्पलाई अझ ठोश वनाउनका लागि गृहकार्य गर्ने र वैठकवसी टुङगो लगाउने सहमति गरेका छन ।
राजनीतिक पार्टी र संगठनहरुले तेस्रो वुदामा कोभिडका विरामीले अक्सीजन नपाएर मृत्युवरण गर्नु परेको कुरामा दुख व्यक्त गर्दै उपचारलाई पहिलो प्राथमिकता दिन सरकार संगं आग्रह गरेका छन ।
उनीहरुले यो गैरजिम्मेवार र भ्रष्टचारी सरकारले खोपलाई पहिलो प्राथमिकता अझै नराखेको ठहर गर्दै तुरुन्त खोप ल्याएर सवै जनतालाई निःशुल्क खोप लगाउने व्यवस्था अविलम्व गर्न माग गरेका छन ।
विज्ञप्तीको ५ नम्वर वुदामा केपी ओली यतिखेर इण्डो अमेरिकी गठवन्धनको गोटीका रुपमा काम गरिरहेको आरोप लगाउदै एमसीसी पारित गरि नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेको उल्लेख गरिएको छ ।
ती राजनीति पार्टी र संगठनहरुले सरकारले ल्याएको नागरिकता सम्वन्धि अध्यादेश अल्पमतको सरकार जोगाउन र विदेशीको योजना लागु गर्ने उदेश्यका लागि ल्याएको भन्दै त्यसलाई फिर्ता लिन माग गरेका छन ।
उनीहरुले अन्तिम वुदामा नेकपा र सरकार विच ३ वुदे सम्झौता अनुसार सरकारले वन्दी रिहामा ढिला गरेको भन्दै तुरुन्त रिहा गर्न जोडदार माग पनि गरेका छन ।
विज्ञप्तीमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव किरण,नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोला, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुति, देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका संयोजक सीपी गजुरेल, नेकपा माओवादी केन्द्रका संयोजक कर्णजीत वुढा, राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी, जनवादी पार्टी नेपालका उप महासचिव डम्वर विक्रम कार्की, नेकपा वोल्शेभिकका रविन्द्र श्रेष्ठ, नेकपा माक्र्सवादीका रामहरी पोख्रेल, एमसीसी खारेज अभियानका संयोजक शम्भु कट्टेल, समाजवादी राष्ट्रिय मञ्चका संयोजक देवीदत्त पाण्डे लगायतका पार्टी र संगठनका नेताहरुले हस्ताक्षेर गरेका छन ।
विज्ञप्तीको पूर्णपाठ