माओवादी मात्र होइन सवै कम्युनिष्ट एक हुनुपर्छ: विमला केसी

१५ जेठ, सुर्खेत । नेकपा माओवादी (केन्द्र)का कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले माओवादी मात्र नभई सवै कम्युनिष्टहरु एक हुनुपर्ने वताउनु भएको छ ।

नेकपा सुर्खेतले सोमवार दशरथपुरमा आयोजना गरेको दशरथपुर विद्रोहका सहिदहरुको स्मृतिसभालाई सम्वोधन गर्दै नेतृ केसीले यस्तो वताउनु भएको हो । उहाँले नेपालका कम्युनिष्टहरु एक नहुदा र फुट्दै जाने कुराले सहिदहरुको सपना पुरा नभएको वताउनु भयो ।

नेतृ केसीले सुर्खेतको दशरथपुर ऐतिहासीक ठाउँ भएकाले यहाँको ऐतिहासीकतालाई वचाउनु पर्ने वताउनु भयो । उहाँले २०३६ साल जेठ १५ गते आफ्नो अधिकारको माग गर्दा पञ्चायत सरकारले गोली हानी ७ जनाको हत्या गरेको घटना राष्ट्रियकरण हुन नसकेको वताउनु भयो ।

नेतृ केसीले अहिले आफ्नो पार्टी सरकारमा भएको वेला हत्या गरिएका सात जनालाई राष्ट्रिय सहिद घोषणाका लागि पहल गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस