सल्यानमा बस दुर्घटना हुदा २८ जना घाईते

१५ असार, सल्यान । सल्यानबाट बाँकेको नेपालगन्जका लागि छुटेको बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।
राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–सल्यान खण्डको सिरखोलामा मंगलवार बेलुका साढे ५ बजे रा १ ख २४३९ नम्वरको यात्रुबहाक बस दुर्घटना भएको हो ।

दुर्घटनामा परि २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचनाअधिकारी झलक शर्माले वताउनु भयो । उहाका अनुसार बस सल्यानको छत्रेश्वरी गाउँपालिकाबाट हिडेको भन्ने बुझिएको छ

बसमा सवार यात्रु रोजगारीका लागि भारत जान लागको प्रहरीले वताएको छ । बसमा चालक सहित २९ जना यात्रु थिए ।
बस सडक देखि झन्डै ५० मिटर तल खसेको छ ।

गाडी दुर्घटना भएको स्थानमा घुम्ती छ । त्यसैले पनि दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । गाडीमा करिब ३५÷३६ यात्रु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस