कालिकोटमा प्रवक्ताको उपस्थितिमा नवौं पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सुरु

१४ साउन,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोट जिल्लाको नवौं पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सोमबार सुरु भएको छ ।

पार्टी प्रवक्ता प्रकाण्ड सीको प्रमुख आतिथ्यतामा जिल्लाको माल्कोट सेरापाटामा नवौं पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
केही समय अघि सुरु भएको नवौं पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमलाई नेकपाका प्रवक्ता प्रकाण्ड सीले सम्बोधन गर्नुहुनेछ

नवौं पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु विवेक सी, रणदिप सी,अविचल सी, अर्जुन सी, बलवान सी,दिनेश सी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । नवौं पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम बलमान सीको अध्यक्षतामा सुरु भएको जिल्ला सदस्य निर्देशन सीले जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस