१२ भाद्र,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले कुनै पनि मुल्यमा एमसीसी खारेजीको आन्दोलनको अगुवाई गर्नुपर्ने वताउनु भएको छ ।
एमसीसी परियोजना कार्यान्वयन विरुद्ध नेकपाद्धारा सोेमवार काठमाडौमा आयोजित वृहतअन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कट्टेलले एमसीसी खारेजीको आन्दोलनको अगुवाई गर्नुपर्ने वताउनु भएको हो ।
उहाँले एमसीसी कार्यान्वयन गर्ने कुरा साम्राज्यवादको युद्ध अपराध भएको भन्दै यो कुनै पनि हालतमा रोक्नुपर्ने वताउनु भयो ।
अध्यक्ष कट्टले भन्नु भयो “आम नेपाली जनता एमसीसीको पक्षमा छैनन् । यो कार्यान्वयन गर्ने पक्षमा पनि छैनन् । यो कार्यान्वयन गर्ने कुरा पनि हुनै सक्दैन । यो नेपाली जनताका विरुद्धको सैन्य रणनीति र आक्रमण हो ।”
उहाँले माधव नेपाल, प्रचण्ड,केपी ओली र शेरवहादुर देउवाका कारण एमसीसी पास भएको जिकिर गर्दै उनीहरु राष्ट्रघाती भएको वताउनु भयो । उहाँले राष्ट्रघातीहरुलाई जनतावाटै नंग्याउनु पर्ने विचार राख्नु भयो ।