क्रान्ति जित्न कार्यकर्तालाई कार्यक्षमता डबल वनाउन प्रकाण्डको आग्रह

१४ पुस,सुर्खेत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेपालमा क्रान्ति जित्न कार्यकर्तालाई कार्यक्षमता वढाएर डवल वनाउन आग्रह गर्नु भएको छ ।

उहाँले नेपालको क्रान्ति, आन्दोलन र समाजले मागेको कुरा पुरा गर्न कार्यकर्तालाई आफ्नो कार्यक्षमता वढाउन र नेपाली क्रान्तिको कार्यभार पुरा गर्न निर्देशन दिनु भयो ।

नेकपा जिल्ला समिति सुर्खेतको संयुक्त राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई मंगलवार वीरेन्द्रनगरमा संवोधन गर्दै उहाँले आफ्नो पार्टी क्रान्तिकारी र जनताको लोकप्रिय पार्टी वन्दै गएकाले संसदवादीहरुमा जलन पैदा भएको वताउनु भयो । उहाँले क्रान्ति जिन्नका लागि क्रान्तिकारी विचार,राजनीति र नेतृत्वको टिम इमान्दार श्रमजीवी वर्ग प्रति प्रतिवद्ध हुनुपर्ने वताउनु भयो । त्यो टिम अहिले नेकपामा देखेकाले संसदवादीहरु आत्तिएको उहाँले टिप्पणी गर्नु भयो ।

प्रवक्ता प्रकाण्डले भन्नु भयो “प्रचण्डले विचार र राजनीतिमा कमजोरी गरेकाले, वर्ग विर्सिएकाले र जनताप्रति इमान्दार नभएकाले जितिसकेको १० वर्षिय जनयुद्ध प्रतिक्रान्तिमा पुग्यो । क्रान्ति भनेको दुईवटा वर्ग विचको लडाई हो । दुइ वटा वर्गका नेता विचको लडाई हो । जनताको नेता आफ्नो वर्गप्रति इमान्दार हुनुपर्छ । ”

उहाँले प्रचण्ड जस्तो अन्टसन्ट गर्ने व्यक्ति नेपालमा अर्को कोही नभएको भन्दै उनको वेइमानीका कारण र गद्धारीका कारण नेपालमा माओवादी आन्दोलनमा प्रतिक्रान्ति भएको खुलासा गर्नु भयो ।

नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको भन्दै प्रवक्ता प्रकाण्डले त्यसको ठाउँमा वैज्ञानिक समाजवाद अनिवार्य भएको वताउनु भयो । उहाँले त्यसका लागि तत्काल पार्टीेले जनमतसंग्रहको चुनावको विकल्प आगाडि सारेको वताउनु भयो ।

प्रवक्ता प्रकाण्डले पार्टीले एमसीसी विरुद्ध देशभर ठुलो आन्दोलन गरेको र त्यो देशभर सकरात्मक प्रभाव परेको जिकिर गर्नु भयो ।
एमसीसी सम्झौता नेपालको हितमा नभएको र लागु गर्न सकिदैन भनेर नेपालका कोही पनि प्रमुख संसदवादी नेताहरुले भन्न नसकेको भन्दै उनीहरु विदेशीको गुलाम भन्दा वाहिर जान नचाहेको टिप्पणी गर्नु भयो ।

उहाँले भन्नु भयो “प्रचण्डले जनतालाई भ्रमछर्न एमसीसीको वारे वोल्दा तीन वटा कुरा वोल्ने गरेका छन । आफ्नो पार्टीमा संसोधन गरेर पास गर्न सकिन्छ , अमेरिका संग वोल्दा जसरी पनि पास गर्छौ भन्छन र अनि जनता संग वोल्दा राष्ट्रिय सहमति चाहिन्छ भन्छन ।”

उहाँले प्रचण्ड आफ्नो पार्टी भित्रको संकट टार्न पार्टी एकताको हल्ला फैलाएको आरोप लगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस