साम्राज्यवादका कुत्ताहरु नेकपावाट डराएका छन ः एटम


१४ पुस,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एटम विसीले नेपालका दलाल तथा साम्राज्यवादका कुत्ताहरु नेकपा वाट डराएको वताउनु भएको छ ।

सुर्खेतमा वुधवार सम्पन्न भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै जनताको साथ नेकपा संग रहेकाकाले साम्राज्यवादका कुत्ताहरु आतंकित भएको वताउनु भयो ।
उहाँले प्रतिवन्ध लगाएर दमन वाट नेकपालाई सिध्याउन नसकेपछि दलालहरुले विभिन्न भ्रामक समाचारहरु फैलाएर पार्टी फुटाउने षड्यन्त्र गरिरहेको वताउनु भयो ।

नेता एटमले भन्नु भयो “उनीहरुले जे गरेपनि नेकपा वलियो शक्तिको रुपमा एकतावद्ध भएर आगाडि वढेको छ । यो दलाल संसदीय व्यवस्था परिवर्तनको पक्षमा छ । राष्ट्रघाती एमसीसीको खारेजीको पक्षमा छ ।”

प्रशिक्षण कार्यक्रम वुधवार साझ नै सकिएको छ । प्रशिक्षण कार्यक्रममा जिल्लाभरका सयौं पार्टी सदस्य माथिका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस