१६, चैत कालिकोट । जिल्ला समन्वय समितका प्रमुख धनजित शाहीले पत्रकारिताको मर्यादामाथि प्रश्न उठ्न नदिने गरी समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।
बिहीबार कालिकोट मान्ममा नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा बाेल्दै समन्वय प्रमुख शाहीले पत्रकारितालाई स्वच्छ, निष्पक्ष, मर्यादित र विश्वसनीयतामा ध्यान दिनुपर्नेमा जाेड दिनुभयो ।
प्रमुख अतिथि समेत रहेका शाहीले नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान उच्च रहेको भन्दै सोही मर्यादा कायम राख्न आग्रह गर्नुभयो ।
उहाँले पछिल्लो समयमा मानिसलाई एकदमै निराश बनाउने खालका नकारात्मक समाचार आउन थालेको र त्यसले मिडियाको विश्वसनीयतामा नै प्रश्न उठेको बताउनु भयो ।
प्रमुख शाहीले मिडियाले पुर्वाग्रही नभई कसैलाई सकाउने भन्दापनि रचनात्मक रूपमा दबाब र सहयोग दुवै भुमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, ‘जिम्मेवार पत्रकारिताको मापदण्ड र न्यूनतम व्यवसायिक मर्यादा आवश्यक छ र पत्रकारिताका नकारात्मक सूचीहरुलाई सकारात्मक सूचिमा परिवर्तन गर्न आवश्यक छ ।’
कार्यक्रममा शुभकामना दिदै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटाले पत्रकारिता सामाजिक उत्तरदायित्व बहन गर्ने पेशा भएको बताउँदै सत्यतथ्य समाचार सम्प्रेषण गर्ने पत्रकारको दायित्व भएको बताउनुभयो ।
उहाँले राज्यका निकायका काम र गतिविधिको निगरानी गर्नुपर्ने बताउनुभयाे । उहाँले पत्रकारिता क्षेत्रका गल्ती र कमजोरी समीक्षाका लागि सार्वजनिक बहसको थालनी गर्नुपर्ने बताउनुभयो ।
विशेष अतिथि समेत रहेको अध्यक्ष देवकोटाले श्रमजीवी पत्रकारहरूका समस्या ज्यू का त्यू रहेको अवस्थामा नेपाली मिडिया उद्योगको संस्थागत विकास र श्रम अधिकारको स्थापनाका लागि सवैको साझा सरोकार हुनुपर्ने समेत बताउनु भयो ।
उहाँले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत भएसँगै केन्द्र, प्रदेश र स्थानीय तहमा निर्वाचनमार्फत् जनप्रतिनिधिहरूले सरकार सञ्चालन गरिरहेको बर्तमान अवस्थामा सञ्चार क्षेत्रले राज्यका सबै निकायका काम कारवाहीको निगरानी गर्नुका साथै सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजहरूलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्न जरुरी बताउनुभयो ।
स्थापना दिवसको अवसरमा शुभकामना दिदै प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझीले पत्रकारहरूको पेसागत शुरक्षामा गम्भिर हुने भन्दै मर्यादीत पत्रकारिता र गलत प्रबिर्ति बिरूद्व शसक्त प्रतिपक्षि हुन आग्रह गर्नु भयो ।
प्रमुख जिल्ला अधिकारी माझीले सञ्चार जगतले कालिकोटको बिकासको लागि साजेदार बनेको बताउनु भयो ।
कार्यक्रममा माओवादी केन्द्रका कर्णालि प्रदेश कमिटी सदस्य सद्दन बोगटी, एमाले कर्णाली प्रदेश कमिटी सदस्य खडानन्द चौलागाइ, नेकपा एकीकृत समाजवादीका नेता रंगलाल देबकोटा राप्रपा नेता धनबहादुर बटाला, कांग्रेस जिल्ला कमिटी सदस्य सबिन बिष्ट, पत्रकार महासंघ कालिकोटका सल्लाहकार तुलराम पाण्डे, प्रेस चौतारीका कर्णालि प्रदेश महासचिव प्रेम सिम्खाडा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रत्न कार्की नागरिक समाज कालिकोटका संयोजक दमनराज बम, जिल्ला बार एशाेसिएन कालिकोटका अध्यक्ष अमलराज शाहीले शुभकामना दिएका थिए ।
पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टको अध्यक्षता रहेको कार्यक्रमको संचालन महासंघका सचिव खडान्नद अधिकारीले गर्नुभएको थियो ।
प्रतिमा चाेकबाट सुरु भएको प्रभातफेरी र्याली जिराेपाेइन्ट हुदै हिमचुली कृषि सहकारी संस्थाको सहभाहलमा पुगेर समारोहमा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस