कर्णाली नदीमा गाडी खस्यो, दुई जना बेपत्ता

१५ साउन, कैलाली । कर्णाली नदिमा गाडी खस्दा दुई जना बेपत्ता भएका छन ।

लम्कीचुहा नगरपालिकाको चिसापानीस्थित पिचमारी नजिक एक गाडी सडकबाट ३ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

गाडी डुबेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिनु भयो ।
उहाका अनुसार तीन जना बच्चा बाटोमा खसेर घाइते अवस्थामा फेला परेका छन् । उनीहरूको लालरत्न अस्पताल लम्कीमा सामान्य उपचारपछि कोहलपुर रिफर गरिएको छ ।

दुई जना गम्भीर घाइते छन् भने एक जना बोल्न सक्ने अवस्थाामा रहेको इन्स्पेक्टर पन्तले बताउनु भायो ।

‘एक जना बच्चाका अनुसार बुबा आमा पनि सँगै थिए । बुबाले गाडी चलाएका थिए । उनीहरू नदीमा डुबेकी भन्ने आशंका छ,’ ।
घाइते र बेपत्ताको नाम ठेगाना खुलेको छैन । कुन प्रकारको गाडी हो र सो गाडीको नम्बर र दुर्घटनाको कारण के हो त्यो पनि खुलेको छैन । उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस